सरकारलाई थाहै छैन
मृगौला चार, जिबो हजार, दिमाग झार, सुत्केरी जसरी सुति राख्या ओली सरकारलाई देशभित्र के के भइराख्या छ भन्ने कुरा कसरी थाहा हुन्छ ? भारतले लिपुलेकबाट मान सरोवर जाने बाटो बनायो भनेर खुंखार राष्ट्रवादीको खोल ओढेका राष्ट्रघातीहरु यतिबेला सामाजिक सञ्जालमा चिच्याएको देख्दा घण्टाघरलाई च्व….च्व भन्न मन लाग्या छ । कस्ले देख्यो बाटो बनाएको ? परराष्ट्रमन्त्रीलाई भुत्लोभांग थाहा छैन । झन पर्धानमन्तरीलाई थाहा हुन कुरै भएन । सिंहदबार अगाडि चिनियाँ ठेट्नाहरुबाट प्रहरीले ड्याम कि ड्याम भुकुरिदा त प्रधानमन्ततरीलाई थाहा हुँदैन । लिपुलेक र कालापानीको को त कुरै छाडिदिउँ । कुनै बेला च्वास्स सुने भने पर्धानमन्तरी पड्कन बेर छैन । लिपुलेकमा बाटो बनेको प्रहरीलाई थाहा छैन, सिडियोलाई थाहा छैन, प्रदेश सरकारलाई थाहा छैन, सेनालाई थाहा छैन । पत्रकारलाई चाहिँ कसरी थाहा भयो हँ भन्न बेर छैन । कुनचाहिँ पत्रकार क्यामेरा बोकेर त्यहा पुगेछ हँ भनेर बम्कन बेर छैन । अस्ति नै पनि त्यसैगरी बम्किएका थिए । पत्रकार र पर्धानमन्तरी ओली पूर्व जन्ममा कौरव पाण्डप थिए कि क्या हो ?
पेन्डुलम वामदेव
आफू चिताउँछु मुढो बञ्चरो ताक्छ घुँडो जस्तै भएको छ यतिबेला नेकपाका नेता वाउदेउ गौतमलाई । विचरालाई पर्धानन्तरी हुन मात्रको रहर छ । कसैलेपनि उनको भित्री कुरा बुझिदिएन , दुई बर्ष मात्र पर्धानमन्तरी बन्न पाएँ भने चीन भन्दा अगाडि देशलाई पु¥याउछु भन्दा पनि सबै तर्किन्छन् , विचरा कहिले वाल्वाटार पुगेर वह विसाउँछन् । कहिले प्रचण्ड निवास पुगेर रोइकराई गर्छन् । कहिले कास्कीबाट चुनाव लड्छु भन्छन्, कहिले झापा ताक्छन्, कहिले रोल्पा र रुकुमको नाम लिन्छन् । तर वाउदेउलाई कसैले निर्वाचन क्षेत्र छोड्ने कुुरा
गर्दैनन् । उनलाई चाहिँ पर्धानमन्री नभइ भा’छैन । हुन त बाउदेउले कसरी चित्त बुझाउलान ? झल्ला झलु पर्धान
मन्तरी भैसके, माकुने पर्धानमन्तरी भैसके, बाउराम भैसके, प्रचण्डाउ भैसके । विचरा पर्धानमन्तरीका लागि यता र उता दौडधूप गर्दा गर्दै पेन्डुलम भइसके ।
नानी पाउनु कहिले कहिले..
हाम्रा बाबु बाजेले उखान तुक्का चाहिँ साह«ै मनन गरेरै बनाएका रै’छन् । अब हेरम नानी पाउनु कहिले कहिले कोक्रो बन्नु अहिले भनेझै खप्रओ सरकारले पानी जहाज कार्जेलयेलाई गाडी खरिद गर्न डेढ करोड प्रदान गरेछ । हाँस्न पनि कति हाँनु ? पानी जहाजको टुंगो छैन, कहाँ दौडाउने हो ठेगान छैन तर पानी जहाजका कार्जेलय प्रमुखलाई डेड करोडको गाडी ? भाग्येमानी रै’छन् पानी जहाज कार्येलयका हाकिम । बरु यसो ढुंगा सुंगा किनेर फेवातालतिर दौडदै गर है अनुभव पनि हुन्छ भन्या भए चित्त बुझाउनु । न नेपालमाँ पानी जहाज दौडाउने ठाम छ ? के रमिता ग¥या होला ? लक डाउनको बेला त्यो पैसोले राहत बाड्या भएपनि त भोका पेटले आर्शीवाद दिन्थे । अर्थमन्तरीले ढुकुटीमा पैसो सिद्धियो किन भन्या रै’छ भन्ने कुरा त बल्ल पत्तो लाग्दैछ । कि कसो हौ ?
राम्रै चाकडी बजाउदा रा’न
पर्देश नं. १ का कन्ने मुख मन्तरी पर्धानमन्तरी खप्रओको राम्रो चाकडी बजाउँदा रै’छन् । अस्तिका दिन तिन्ले खप्रओले अध्यक्षे, प्रधानमन्तरी दुवै पदबाट राजीनामा दिनुु हुँदैन । दुवै पदमा खप्रओ नै हुनुपर्छ भनेर प्याक्क बोलेछन् । एक व्यक्ति एक पटक हुनुपर्छ भनेर नेकपाभित्र बहस हुन थालेसी कन्ने मुख मन्तरीले मुख खोलि हाले । खप्रओकै तथास्तुमा मुख मन्तरी भाको सबैलाई थाहौ छ । अब त्यति चाकडी पनि नबजाए मुखमन्तरी पद नै धरापमा पर्ला जस्तो छ । हुन त एैरे नत्थु खैरे सबैलाई थाहै छ । मुखमन्तरीले खप्रओको आर्शिवादमा आफ्नो पद जोगाउन खोज्या हुन् । ताप्लेजुङ्गतिरका एक जना मुखमन्तरीको दाबी गर्न थाल्या छन् रे । अनि बेलैदेखि खप्रओको चाकडी बजाउनु परेन ? चलाख हुन प्रदेश नं. १ का कन्ने मुखमन्तरी ।
राजीनामा मागेछन्
उँधो बगाएर उँभो खोज्न जानुपर्ने जस्ता नेपालका एक जना मुर्धन्य विद्वान बाउराम भट्टराई । नामको अगाडि डा. लेख्छन् । तर कसैले पत्तो पाउनै सक्या छैनन् कस्ता खालका डा. हुन् भनेर , कहिले हिन्दु धर्म मास्ने कुरा गर्छन् । कहिले आफूचाहिँ जनै, कन्दनी र टुप्पी
राखेर अरुको चाहिँ विरोध गर्छन् । कहिले क्रिश्चियन राष्ट्र बनाएरै छोड्छु भन्छन् । कहिले आफ्नो जात आफै काढेर अरुलाई उल्लु बनाउँछन् । खोज्दा पनि पाइदैनन होला त्यस्ता दुर्लम मनुवा । न हिजो थिए न भोलि फेला पर्लान् । नेप्लीज लाँग्रेससँग हार गुहार गरेर गोरखाबाट साँसद सम्म भा’छन् । कहिले आफै पार्टी खोल्छन् कहिले अरुको पार्टीमा गएर मिसिन्छन् । वडो गज्ज्बका छन् ती डाक्टर । यस्तै कुरामा पारंगत भएर होला तिन्ले डाक्टरी उपाधी पाएका । अस्तिका दिन तिन्ले पर्धानमन्तरी खप्रओको राजीनामा मागेछन् । उदेक लाग्दो ? राजीनामा दिएर आराम गरेर बस्नु भनेछन् । खप्रओ भन्या खप्रओ नै हुन् । यस्ता आयाराम गयारामले राजीनामा माग्दैमा दिने कुरा पनि भएन ।
जसले बजाउदा पनि हुने
पर्धानमन्तरी खप्रओको राष्ट्रवाद अस्तिका दिन छताछुल्ल भयो । खप्रओको मात्र होइन नेपालका कम्युनिस्टहरुकै
राष्ट्रवाद सडकम धक्का मुक्का हुँदा अर्का थरिले भरपुर आनन्द लिइएको हुनुपर्छ । चीनलाई मातृ देवो भव, वितृ देवो भव भनेर विहान विहान घण्टी हल्लाउने कम्निष्टहरु त्यसमाथि झन सत्तासीन नेकपाको राष्ट्रवाद पत्याई नसक्नुको रै’छ । अस्तिका दन चिनियाँ नागरिकले सिंहदबारको नाकै मुनि नेपालका पुलिसलाई भकुर्न भकुरे छन् । कसैको चिउडो ताछिदिएछन्, कसैका गर्दन कोतरेछन् । अहिलेसम्म नेपाल पुलिसलाई कसैले छुन सक्या थिएनन् । तर चिनियाँहरुले उत्पादै गर्दिएछन् । त्यत्रो उत्पादन मच्चाउदा पनि नेपापाको सरकार चुइक्क नबोला मौन ब्रत लिएर बस्या छन् । प्रहरी भकुर्नै चिनियाँको विरोध गरम, कारबाही गरम भने चीन रिसाउला भन्ने त्रास । त्यसैले अब नेपाल प्रहरी मन्दिरका घण्ट जस्ता भा’छन् । जस्ले बजाउदा पनि हुने । कि कसो हौ ?
राजिन्दरको बक बक
राजिन्दरको महताको पार्टीको नाम खै के जाति पो हो ? एउटै नामको भए पो याद हुन्छ कहिले सद्भावना, कहिले राजपा, कहिले खै के खै के ? पार्टीको नाम जे भए पनि मनुवाचाहिँ राजिन्दर महतो नै हुन् । अस्तिका दिन तिन्ले संसदमा नेकपाको झाको झारेछन् । अझै सम्म पनि खप्रओबाले के मन्तरी दिने टुंगो ग¥या रै’नछन् कि क्या हो ? मन्तरी दिने गुन सिंगल पाएका भए महतो
त्यसरी उफ्रने नै थिएनन् । उनले वर्तमान सरकार तानाशाह भएको, अरुको पार्टी फुटाउन सांसद अपहरण गरेको, अपहरणकारीका विरुद्धछमा
प्रहरीले उजुरी लिन नमानेको भन्दै नाकमा पोरा फुलाएका थिए । नेकपाको सरकार दुई तिहाइको हो भन्ने कुरा
राजीन्दरलाई हेक्कै भएन छ । त्यसरी जथाभावि बोलेर दुई तिहाइको
सरकारलार्इी हेप्नी । हेप्नीको पनि एउटा सीमा हुन्छ नि । फेरि राजीन्दरका वक वकले खपइ्रओ गले पो ?
विचारा आफै मच्चिए मच्चिए अन्तमा थच्चिए ।
अन्तेमा
नेपालमा यतिबेला चाइनिज बुइनीको खेलो फडको निकै बाक्लिएको छ । चाइनिज बुइनी माने नेपाला लागि चाइनजि राजदूत । पर्धानमन्तरी बाट खप्रओलाई उछ्यिाउन लागेका थिए चाइनिज बुइनिले थामथाम थुमथुम पारिदिइन् । नेकपा छोडेर प्रचण्डाउ निस्कन निस्कन लाग्या थिए चाइनिज बुइनिले आएर टालटुल
पारिदिइन् । अर्काको देशको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने भन्ने त चाइनिजको देखाउने दाँत पो रै’छ । चपाउने दाँत मेरी बास्सै अर्कै पो रै’छ । यतिबेला नेपालमा चाइनिज बुइनिको सक्रियता निक्कै बढेका छ तिनलाई भ्याइ नभ्याई भा’छ । कहिले प्रचण्डाउलाई भेट्न भैसे पार्टी पुग्छिन् त कहिले खप्रओलाई भेट्न बाल्वाटार तन्किन्छिन् । जे होस् चाइनिज बुइनीको सक्रियता ह्वात्तै बढेको छ । नेपालमा नेकपाको सरकार भएपछि चाइनिज बुइनीको सक्रियता बढ्नु राम्रो हो । कि कसो हौ ?
