प्रतिष्ठानको परीक्षणमा पोजटिव पाइएको छैन

धरान÷कोरोना भाइरस परीक्षणका लागि पूर्वाञ्चलमै केन्द्रको रुपमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म भएका ल्याव टेष्टबाट कसैमा पनि पोजेटिव पाइएको छैन ।
प्रतिष्ठानका सह प्रवक्ता डा. अशोक ऐरका अनुसार हालसम्म प्रतिष्ठानमा ५० वटा स्याम्पलहरु आएकोमा ४८ वटाको ल्याव टेष्ट परिणाम नेगेटिव पाइएको छ भने दुई जनाको रिपोर्ट आउन बाँकी रहेको छ । विदेशबाट आएका तथा शंकास्पद व्यक्तिहरुको प्रहरी प्रशासन तथा स्थानीयहरुको सहयोगमा प्रतिष्ठानमा कोरोना भाइरसको ल्याव टेष्ट हुने गरेको छ । सह प्रवक्ता ऐरका अनुसार हालसम्म सप्तरी, उदयपुर, सुनसरी, मोरङ्ग, झापा, इलाम,पाँचथर, तेह्रथुम, ओखलढुंगा, धनकुटाबाट आएकाहरुको ल्याव टेष्ट गरिएको छ र यसरी टेष्टका लागि आउने क्रम जारी रहेको छ । ल्याव टेष्टका लागि आउनेहरुको नाम, ठेगानाका सम्बन्धमा सह प्रवक्ता ऐयरले बताउन नमिल्ने जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयलाइ मात्र जानकारी दिन निर्देशन दिएको समेत उहाँले प्रष्ट पार्नुभयो । आवश्यक स्वास्थ्य समाग्री पिपिइ, किटका सम्बन्धमा उहाँले भन्नुभयो, प्रतिष्ठानको आफ्नै आन्तरिक स्रोत, नेपाल सरकारले उपलब्ध गराएको ल्याब र प्रदेश सरकारले दिएका केही सामाग्रीबाट हाल परीक्षणको कार्य भइरहेको समेत जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया