भ्रष्टाचारको समाचार लेख्दा धम्की

आज संसार कोरोनको भाइरसका काण आतकित भएको छ । आफ्ना नागरिकको सुरक्षामा संसारका हरेक राष्ट्रका राष्ट्र प्रमुखहरुे अनेकौ उपायहरुको अवलम्बन गरिरहेका छन् । कतिपय राष्ट्रका राष्ट्र प्रमुखहरु आफ्ना नागरिकहरुलाई बँचाउन नसकेकोमा रुइरहेका छन् । तर नेपालका शासकहरु (जनप्रतिनिधिहरु ?) ले यसलाई आय आर्जनको अवसर बनाएका छन् ।
पछिल्लो पक स्वास्थ्य सामाग्री खरिदमा प्रधानमन्त्री केपी शर्मा ओलीका सबैभन्दा विश्वासपात्र एवम् स्वास्थ्यमन्त्रीले एक अर्ब ४० करोड भ्रष्टाचार गरको तथ्य सहितको समाचरा बाहिर आएपछि आम नेपाली जनताका माझबाट मात्र नभएर संसारका अन्य देशको नजरबाट समेत सरकार नांगिएको छ ।
आफ्नो नांगोपनलाई छोप्न सरकरका केही मन्त्री, स्वयम् प्रधानमन्त्रीका लालबुझक्कड प्रेस सल्लाहकारको रवैयाको जतिसुकै निन्दा गरेपनि कम हुन भएको छ । आफ्ना कर्तुतहरुलाई ढाकछोप गर्न उनीहरुले हत्केलाले सूर्यलाई छोपेझै वास्तविकताबाट बच्न अनेकौ उपायको खोजीइ गरिरहेका छन् । प्रानमन्ीका आइटी सल्लाहकारले सामाजिक सञ्जाल नै ह्याक गरी दिएका छन् भने प्रेस सल्लाकार सूर्य थापाले नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टलाई धम्क्याएका छन् ।
भ्रष्टाचारीको मुखै हेर्दिन, भ्रष्टाचारीलाई भागाभाग हुने गरी कार्वाही गर्छु भनेर भट्याउन नछाड्ने तर कुनै माखो नमार्ने प्रधानमन्त्री केपी शमौ ओली सतही रुपमा इमन्दार होलान् तर उनका विश्वास पात्रहरुले आफनो गोरस धन्दा राम्रैसँग चलाएा छन् कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम र नियन्त्रका लागि नेपाललाई आवश्यकपर्ने स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको पुष्टि भएपछि पधानमन्त्री ओलीले स्वास्थ्य मन्त्री भानुभत्तः ढकाल र रक्षा मन्त्री ईश्वर पोख्रेललाई वालुवाटारमै बोलाएर हप्काएका थिए । आफूलार्य ाहै नदिई, गुमराहमा राखेर अनियमितता गर्ने भन्दै ओलीले दुबैलाई हप्काएका थए । मृगौला प्रत्यारोपणपछि वालुवाटारमै आराम गरी बसेका ओलीर्ला गुमराहमाराखेर उपप्रधानमन्त्री एवम रक्षामन्त्री ईश्वर पोखेल, प्रधानमत्रीका पमुख सल्लाहकार विष्णु रिमाल, आइटी विज्ञ अलि असगर, स्वस्थ्य मन्त्री भानुभत्तः ढकाल, हिमालयन ह्वाइट कलेजका सञ्चालक युवराज शर्मा, स्वास्थ्य विभाग सेवाका महा निदशक महैन्द्र श्रेष्ठठ लगायतको संलग्नतमा ती सामान अत्यन्तै चर्को मूल्यमा चाइनबाट खरिद गरिएको थियो । खरिद गरिएका सामानहरु मेत सक्कली नभएकोले हाल ती सामानहरु गोदाममै थन्किएका छन् ।
उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पाोख्रेलले आm्ना छोरा स्वरुप पोखेल, रिमालमा छोरा क्षितिज रिमाललाई अगाडि सारेर महँगो दररेटमा ती सामान ल्याउन खरिद सम्झौता गरेका थिए । जब ती सामाग्रीमा भएको घोटला बाहिर आयो तव स्वास्थ्यमन्त्रीले खरिद गरेका सामानका सम्बन्धधमा स्पस्टीकरण दिनु नपर्ने हाँस्यास्पद तर्क अगाडि सारे भने मन्त्री पोखेलले राजनेतिक गर्नेहरुले गरेका करेक कामको जवाफ नहुने दलिल पेश गरे भने प्रेस सलाकार सूर्य थापाले पत्रकारलाई धम्क्याउने काम गरे । गत विहीबार उनले महासंघका महसचिव रमेश विष्टलाई देखाइदिने सम्मको धम्की दए । भ्रष्टाचार सम्न्धी समचार बाहिर आउनााथ ओली सरकरका मन्त्री, सल्लहकार पत्रकारलाई धम्क्याउने, देखाइने चेतावनी दिन थालेका छन् । यसबाट नेपालमा स्वतन्त्र पत्रकारिताको भविष्य नै अन्यौलमा परेको छ । उनीहरुले जस्तासुकै हरकत गरेपनि थपडी मारेर त्यसको समार्थन पत्रकारहरुले गरिदिनुपर्ने मानसिकता उनीहरुमा देखिएको छ । यो चरित्र र प्रवृत्तिले उनीहरुकै पतनको खाल्डो खन्ने निश्चित छ ।

तपाईको प्रतिक्रिया