(एजेन्सीहरु) धरान÷कोरोना भाइरस (कोभिड १९) को कारण यतिबेला संसारका दुई सय चारवटा देश नराम्रोसँग प्रभावित भएका छन । भाइरसकै कारण यतिबेला मर्नेहरुको संख्या ७० हजार नागेको छ भने १३ लाख मानिसहरु यसको चपेटामा परेका छन् ।
जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार आइबार मात्र ५ हजार मानिसको मृत्यु भएको छ । विश्व विद्यालयको तथ्याक अनुसार कोरोना भाइरसबाट निको हुनेको संख्या २ लाख ५९ हजार रहेको छ । कोरोना भाइरसले यतिबेला युरोप र अमेरिकालाई सबैभन्दा बढी गाँजेको छ ।
अमेरिकामा संत्रमित हुने र मृत्यु हुनेहरुको संख्या दैनिक रुपमा बढिरहेको छ भने बेलायतका प्रधानमन्त्री जोन्स संक्रमित भएर क्वारेन्टाइनमा बस्न पुगेका छन् ।
अमेरिकामा आइबारमात्र एक हजार ५१ जनाको मृत्यु भएको छ । मर्नेहरुमा न्युयोर्कमा मात्र ५ सय रहेको विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ । हालसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६२ पुगेको ३ लाख ३५ हजार ५ सय २४ जना सक्रमित रहेका छन् । उता युरोपको सबैभन्दा बढी प्रभावित मुलुक इटालीमा विगतको तुलनामा मृत्यु दर घटेको छ । त्यहाँ हालसम्म १५ हजार ८ सय ८७ जनाको मृत्यु भइसकेको छ । स्पेनमा १२ हजार ६ सय ४१, जर्मनीमा १ हजार ५ सय ७६, फ्रान्समा ८ हजार, इरानमा ३ हजार ६ सय ३, बेलायतमा ५ हजारको मृत्यु भइसकेको छ । रुस, टर्की, स्विजरल्याण्ड,क्यानाडा, अष्ट्रेलिया, बेल्जियम, लगायतका देशमा संक्रमित र मृत्यु हुनेको संख्या बढ्न थालेको छ । भारतमा हालसम्म मृत्यु हुनेको संख्या १ सय २४ पुगेको छ भने पाकिस्तानमा ५७ जनाको मृत्यु भइसकेको छ ।
