घण्टाघरबाट हेर्दा

झुण्ड्याउनु पर्छ रे
नेकपाका नेता झल्लाझलु माने झलनाथ खनाल बाजे कहिलेकाही गतिलै गफ गर्छन् । अकबरे बाजे उनी गफ गर्ने मात्र त हुन । केही लछारपाटो लगाउने होइनन् । अस्तिका दिन उनले भन्या कोरोनाले साह«ा जगत कोतारेको बेला चिकित्सा सामाग्री खरिमा भ्रष्टाचार गर्नेलाई झुण्ड्याउनु पर्छ  रे । थुतुनो चाहिँ अलि कम चलाउनु प¥यो है बाजे । चिकित्सा समाग्री चीनबाट खरिद गर्ने लत्तरा आदमी होइनन् । तिनका थाप्लामा बडे आदमीको हात छ । जबसम्म ती बडे आदमीको हात उन्का थाप्लामा रहन्छ तबसम्म संसार हल्लाएको कोरोनाले पनि हल्लाउन सक्दैन । त्यही सामान अरुले खरिद गर्दा तीन हजारमै खरिद गर्छन् तर स्वास्थ्ये मन्तरीले नक्कली खरिद गर्दा पनि १५ हजार हाल्दिन्छन् । मन्त्री जस्तो मान्छेले दुई चार हजारमा खरिद गर्ने कुरा पनि भएन । इज्जतको सवाल हुन्छ । जति बढीमा खरिद ग¥यो त्यति त्यति इज्जत बढ्छ थाप्लोमा हात राख्ने पनि खुशी हुन्छन्  घण्टाघरलार्ई एउटा कुरा झट्ट याद आयो । कारोनाले त्राही मच्चाउन थालेपछि घर आएका स्वास्थ्य मन्त्रीले घरमा पाहुना आएका छन । कसैसँग बोल्न मिल्दैन भन्या थे । ती पाहुना को थिए भनेर गाठी कुरा त अहिले पो खुस्कन थाल्यो । नबोल है झलु बाजे नबोल । वित्याँस पर्ला ?
इटाली पठाइदिम
चमडी जाए पर दमडी नजाए भनेर भारुमा त्यसै उखान बनाएको होइन । अहिले यो उखान नेपालका मन्तरी, सचिव,प्रशासकहरुले राम्रैसँग कार्यान्वयनमा ल्याएका छन् । उपरको सिको गरेर स्थानीय तहका प्रतिनिधिहरुले झन दमडी आर्जन गर्न कुनै कसर बाँकी राख्या छैनन् । खप्रओ बा बडो गुड्डी हाक्थे म पर्धानमन्तरी भएँ भने भ्रष्टाचारीहरु भागा रे भाग हुन्छन् । तर कुनै पनि भ्रष्टाचारी कही भागेको घण्टाघरले अहिलेसम्म सुइँको पाएको छैन । झन पर्धानमन्तरीकै वरिपरि झुम्म भएर बस्या छन् । ईश्वर, भानुभक्त, गोकुल त प्रष्ट देखिएका मात्र हुन् । नदेखिएका त कति छन् कति ? यिन्लाई जन्ता र देशसँग वाल मतबल छैन । बस दमडीचाहिँ आउनु प¥यो । यी दमडी सौकिनहरुलाई बरु खप्रओबाले बोरा दिएर इटालीतिर पठाइदिए तिनको मन कतिखुस हुन्थ्यो होला ? इटालीमा त अहिले त्यहाँका धनाढ्यहरुले सडकभरि पैसा फाल्या छन् रे । लौन बरु उतै पठाइदिम् ।
अम्रिकाका नेपालीको चिन्ता
हाम्रो देशकी राष्ट्रपति साह«ै कोमल दिल भा’की छन् । संसारभरि कोरोनाले उत्पात मच्चाएको त सबै लाटा गाडा, तरुनी, तन्नेरी, बुढापाकालाई थाहै छ । यस्तो बेलामा राष्ट्रपतिलाई अमेरिकामा बसेका नेपालीहरुको चिन्ता लाग्नु स्वभाविक हो । आखिरी राष्ट्रपति हुन त यस्तो गाँठे । त्यसै पनि चिन्ता लागि हाल्छ नि उन्ले अस्तिका दिन अम्रिकातिर फोन गरेर नेपालीहरुको हाल खबर बुझिछन् । तर उन्लाई छिमेकी भारतबाट नेपाल आउँदै गरेका नेपालीहरुले सीमा नाकामा पाएको दुःख बारेमा फुट्टीभाङ्ग केही पत्तो भएनछ । नेपालमा आफ्नो घर जान नपाएर खेतका गरामा सुतेका महिला पुरुषको बारेमा विचरीलाई अत्तो भएन छ । होस पनि कसरी कसैले उन्लाई सुनाइ दिएनन् । फेरि राष्ट्रपति भन्या दूरदुृष्टि भएको हुनुपर्छ । भारतबाट आउने, भरतमा मजदुरी गर्नेहरुको पनि राष्ट्रपतिले वास्ता गर्ने कुरा भएन । कि कसो हौ ?
आरजुले लाइछन् फुई
बूढानिलकण्ठे कजिनीले अस्तिका दिन रामै्र फुइँ लगाइछन् । कहिलेकाही तिन्लाई के सनक चढ्छ कुन्नि ? धेरै दिनको मौनता तोडेर तिन्ले फुइँ लगाईछन् । भारतबाट फर्किएका नेपालीहरुलाई सीमाबाट नेपाल प्रवेश गर्न नदिएपछि उनले फुइँ लगाकी रै’छिन् । सक्दैनौ ल्याउन भने हात उठाउ हामी उद्धार गरेर ल्याम्छम भनिछन् । ह्याउले पुग्छ भने ल्याउँदा भैहाल्छ नि † आफूचाहिँ बुढा निलकण्ठे दरबारमा कोरोनाको डरले बुइकेलमा बस्या होलिन काजीलाई कज्याएर कोठामै राखेकी होलिन् । अनि सरकारलाई गाली गर्दै फुइँ लगाउनु त भएन नि । यस्ता बेलामा पनि राजनीतिक गर्नु त भएन नि । फेरि अहिलेको सरकार दुइ तिहाइको हो भन्ने कुरा कजिनीलाई पत्तै भएन त कि क्या हो ? दुई तिहाइको सरकारलाई हेप्नी ।
ठ्याक्कै पुग्यो
हाम्रा पर्धानमन्तरी खप्रओ बा साह«ै दूरदर्शी । ऐरे, गैरे, नत्थु खैरे हुन र ? अब हेरम न हाम्रा पर्धानमन्तरीले ०७४ सालमा भएको निर्वाचनका बेला देशभरि नै ठाम ठाममा गएर भाषन ठोक्या थिए । उन्ले त्यसबेला भाषन ठोक्दा कतिले पत्याएनन्, कत्तिले पत्याए । नपत्याउनेले ओलीको भाषण सुनेर थुतुनो विगारे, पत्याउनेले ताली ठोके । उन्ले भन्या थिए म पर्धानमन्तरी भएँ भने कसैले
काम गर्नुपर्दैन । घरमै बसी बसी खानुपर्छ । सरकारले युवाहरुलाई यही भक्कु रोजगारी दिन्छ । कोही विदेश जानु पर्दैन । विदेश जानेले पनि आउनु पर्दैन । उन्ले बोलेका कुरा अहिले ठ्याक्कै पुग्या छ । अहिले सबै घर घरमै खाएर उत्तानो परेर बस्या छन् । कुनै टेन्सिन छैन । कसैले काम गर्नु परेको छैन । खप्रओ बाले घर घरमा सामान पु¥याइदेउ भने निर्देशन द्या छन् । हैट † खप्रओ बालाई चाहिँ मान्नैपर्छ ।
पर्तिपक्षे मौन ब्रतमा
पर्मुख पर्तिपक्षे माने नेप्लिज कँग्रेस यतिबेला मौन व्रतमा बसेको छ । जब जब दुई तिहाइ सरकारका मन्तरीहरु भ्रष्टाचार काण्डमा मुछिन्छन् त्यसबेला पर्तिपक्षे मौन ब्रत लिन्छ । कोरोना भाइरसको महामारी चल्या बेला दुई तिहाइ सरकारका स्वास्थ्य मन्त्रीले एकै बाजी करोडौ मुनाफा हुने स्वास्थ्य नक्कली सामाग्री किनेछन् । त्यत्रो मुनाफा गरेसी बुढानिलकण्ठे मुखियाको भागमा पनि पक्कै प¥यो । माथि पुग्नेहरु बीचमा भागशान्तिको सिस्टम बस्या छ भन्छन् । नत्र त्यत्रा बालुवाटार काण्ड भए, वाइडवडी काण्ड भए, न्यारो काण्ड भए, मेलम्ची काण्ड भए, गोकुल बास्कोटा काण्ड भए तर मुखिया बा चुइँक्क बोल्दैनन् । न आफू बोल्छन् न अरुलाई बोल्न दिन्छन् । यतिबेला घोक्रो फुटुन्ज्याल चिच्याउनुपर्ने हो । हैन हौ बोल्नलाई त कोरोनाले छेक्या छैन होला ? तै काले मै काले काले काले मिलेर खाम भाले भन्या यही हो ।
छुट गर्न निर्नय
हैन हौ यो खप्रओको लुटेरा समूहको सरकारै हो ? नेप्लिज जन्तालाई भालुको कन्पट भैसक्यो । स्वास्थ्ये समाग्री खरिद गर्दा लाखौ करोडौ आफूचाहिँ कुम्लाउने अनि घर धनीहरुलाई एक महिनाको घर भाडा छुट गर्दैउ भनेर निर्देशन दिने । सरकारले जन्तालाई के द्या छ ? सरकारले जन्तालई एक महिनाको लागि विजुली, खानेपानी, खाद्यान्न, इन्टरनेट, बैंक ऋणको व्याज मिनाहा, ग्याँस, औषधि फिरी ग¥या छ र । आफूचाहिँ जनतासँग डल्लो पारेर उठाउने अनि घरधनीहरुलाई चाहिँ मिनाहा गर्देउ भनेर निर्देशन दिने ? हैन हौ अर्काको निजी सम्पत्तिमा कसरी त्यसो निर्देशन दिन सक्या होला ? जन्ता दुहेर खान पल्केकाले आफूचाहिँ फुट्टीभाङ्ग केही नदिने । ताली त दुई हातले पो बज्छ त ? राहतका लागि त्यत्रा विधि रकम जम्मा भइसक्या छ तर सरकार छिरिक्क कही चुहाए त मरिजाउ । अर्काको मात्र खाने बानी त रामो हैन है ।
अन्तेमा
संकट पर्दा मान्छेको सही पहिचान हुन्छ भन्ने हो कि क्या हो ? मुलुकाँ यतिबेला लकडाउन भा’छ । कोरोना भाइरसले सबैलाइ घरैभित्र थुन्दिएको छ । हुनेले खाएका छन् नहुनेहरु उत्तानो परे कोठाभित्र बस्या छन् । चन्दा उठाएर भए नि केही राजनैतिक दल, स्थानीय निकायका शासकहरु उत्तानो परेर घरिभत्र बसेकाहरुलाई राहत बाँड्न व्यस्त छन् । पाँच केजी चामल,दुई पुरिया चाउचाउ, गोडा दुएक पकेट विस्कुट, एक केजी नुन दिँदैमा आफूलाई महान समाजसेवी सम्झन थाल्या छन् । कसैले पार्टीको झण्डा अँठ्याउन दिएर राहत दिन्छन्, कसैले के अँठ्याउन दिएर राहत दिन्छन । उदेक लाग्दा कुरा त के भने त्यति जाबो समान दिएर विचरा गरिरबहरुको पद पटक फोटो खिचेर फेसबुक, सामाजिक सञ्जालमा हाल्छन् गरिबको पनि इज्जत हुन्छ भन्ने कुरा तिन्लाई थाहा छैन । अर्काको इज्जतको त्यसरी धज्जी त उडाउनु भएन नि गाँठे ? फेरि यिन्ले आफ्नो सम्पतिबाट राहत बाँडेका पनि होइनन् फुइøया खान छाती फुलाउनु ? दान भन्या त एउटा हातले दिएको अर्का हातलाई थाहा नहोस् भन्छन् । तर के गर्नु अहिलेका आधुनिक समाजसेवीहरु सबै कुरा उदागो पारेर गरिबको हुर्मत लिन्छन् ।

तपाईको प्रतिक्रिया