गत डिसेम्बर अर्थात पौषबाट चीनको बुआन प्रान्तबाट अचानक फैलिएको कोराना भाइरस (कोभिड १९) को प्रकोपले यतिबेला विश्वलाइ आतंकति बनाएको छ । कोरोना प्रकोपकै कारण हजारौ मानिसले ज्यान गुमाइसकेका छन भने लाखौ प्रभावित बनेका छन् ।
कोरोनाको विश्वव्यापी आतंकबाट यतिबेला सबै भन्दा बढी प्रभावित यरोप बन्न पुगेको छ । कोरोनाका सन्त्रासका कारण संसारका सबै मुलुकले उच्च शतर्कता अपनाएका छन् । हवाई मार्ग, स्थल मार्ग, जल मार्ग भएर आवात जावत गर्ने अन्य देशका नागरिकहरुलाई प्रवेशमा पूर्ण रुपले बन्देज लगाइयो, नागरिकहरुलाई राज्यकै तर्फबाट आर्थिक सहयोग गरेको, आवश्यकता अनुसार क्रेन्टाइन र आइसोलोसनको व्यवस्था गरेको, आफनै नागरिकहरुलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको अवस्था विद्यमान छ ।
भारतले समेत आफना नागरिकको सुरक्षाको लागि नेपालसँग जोडिएका प्रमुख नाकाबाहेक सम्पूर्ण नाकाहरु हाललाई बन्द गरेको छ । उसले पूर्वको काँकडभिट्टा, वीरगञ्ज, भैरहवा र महेन्दनगरको वनवासा नाकामात्र खुल्ला राख्ने निर्णय गरी कार्यान्यनमा ल्याइसकेको छ । खुल्ला नाकाबाट कार्गो ढुवानी यस अघिका नियमित प्रक्रिया अनुसार नै हुने तर मानिसको आवातजावतमा कडाइ, स्वास्थ्य परिक्षण गर्ने व्यवस्था गरेको छ । नेपाल भारत बीचमा १७५१ किलोमिटर खुल्ला सीमाना रहेका छन् । जहाँ दर्जन भन्दा बढी प्रमुख नाका र सैयौको संख्यामा अन्य खुल्ल नाका रहेका छन् । सैयौ ंसंख्यामा रहेका खुल नाकाहरुमा भारतले नेपाल जाने आफ्नै नागरिकलाई समेत कडाइ गरेको छ । छिमेकी राष्ट्रमा यस्तो सवेदनशील भएर कोरोना रोकथाममा एकपछि अरु कदम उठाइरहँदा नेपाल सरकरको कुनै प्रकारको तयारी देखिदैन ।
विडम्बना नै भन्नुपर्छ नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले केही दिन अगाडि कोरोनाको सम्बन्धमा जुन अभिव्यक्ति दिए त्यसले आम नेपाली नगारिकलाई चिन्तित र सरकारप्रति आक्रोसित बनाएको छ । उनले कोरोनाको आशंका भएका नागरिकहरुलाई सरकारले केही गर्न सक्दैन, आफै क्वारेन्टाइनमा बस्नु भन्नु वर्तमान अवस्थाका कतिको युक्ति संगत हो ? राज्यको अनुभूति नागरिकहरुले आपतविपदका बेला गर्ने हो । त्यसकालागि हरेक नागरिकले राज्यलाई कर तिरेका हुन्छन् । नागरिकले तिरेको कर सरकारमा बस्नेहरुको भरणपोषणका लागि होइन । नागरिकप्रतिको सरकारको सोच नै नकरात्मक छ । नागरिकले कर मात्र तिर्ने हो, राज्यले नगारिकका लागि केही गर्नै होइन भन्ने मान्यता स्वस्थ्य मन्त्रीको अभिव्यक्तिबाट पुष्टि भएको छ । वैदेशिक रोजगारमा गएका हजारौ नागरिकहरुले उद्धारका लागि सरकारसँग गुहार मागिरहेका छन् । अन्य दशले बाहिरी देशमा रहेका आफ्ना नागररिकहरुको उद्धार गरिसकेका छन् । तर नेपाल सरकारले उनीहरुको उद्धारमा कुनै चासौ देखाएको छैन, कुनै पहल गरेको छैन ।
औपचारिक रुपमा कोरोना भाइरबाट आफू पनि बचौ र अरुलाई पनि बचाऔ भनेर सरकार नियन्त्रित सञ्चार माध्यमहरुकबाट भट्याउने भन्दा अरु काम गर्न सकेको छैन । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिमा रहेको मुलुक भनेर सरकारलाई सचेत रहन आगह गरिसकेको छ । उसले अरबौ रुपैया आफ्ना नागरिकको उपचार, सुरक्षा र चेतनाका लागि सहयोग गरेको छ । अरुका देखासिखी गरेर विद्यालय, विश्व विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आजसम्म दुई चार जनामा बाहेक अन्यमा कोरोना भाइरसका पुष्टि नभएको भन्दै सरकारले जुन उदासिनता देखाएको त त्यो एकदिन आम नेपालीका लागि अभिषाप हुने निश्चित छ । चीनले बुआन प्रान्तमा रहेको जैविक हतियार परिक्षण पश्चात देखा परेको कोरोना भाइरस संक्रमितहरुको संख्या नेपालमा उच
रहेको चिकित्सकहरुको आशंका रहेको छ । यसको प्रमाणितका लागि नेपाल सरकारसँग न कुनै उपकरण रहेको छ न त नेपालले आफ्ना नाकाहरुमा चेक जाँच गर्ने प्रबन्धका लागि कुनै हेल्थ डेस्क नै राखेको छ । झारा टराई, लोक लाजले केही स्थानमा रािखएको हेल्थ डेस्कहरुमा नत दक्ष प्राविधिक छन् न त उनीहरुमा इमान्दारिता छ । विराटनगर रानी भन्सार नाकाबाट हजारौ सर्वसाधारण निर्वाध आवात जावत गरिरहेका छन् । संक्रमित भएर कसैको मृत्यु भएको छैन भनेर ढुक्कले बस्ने अवस्था यो होइन । त्यसैले कोरोना भाइरसको उच्च जोखिमलाई नियन्त्रण गर्न पहिला राज्य इमान्दार हुनुपर्छ ।
