धरान÷पूर्वाञ्चलकै पहिलो र आम पूर्वेली उपभोक्ताका बीचमा विश्वासिलो ब्राण्ड बनिसकेको गोरखा डिपार्टमेन्ट स्टोरले दैनिक भान्सामा प्रयोग हुने हरियो आर्गनिक सागसब्जीको मूल्य बजार मूल्य भन्दा पचास प्रतिशत कम मूल्यमा आफ्ना ग्रााहकहरुलाई विक्री गर्न थालेको छ ।
बजारमा हरियो सागसब्जी, आलु, गोलभेडा, काउली, ब्रो काउली, करेला, सिमी, गाजर, मुला लगायतका सम्पूर्ण सामानमा पचास प्रतिशत भन्दा कम मूल्यमा विक्री गर्न थालिएको स्टोरका प्रवन्ध र्निेशक बलराम आर्चाले बताउनुभयो ।

यतिबेला गोरखा डिपार्टमेन्ट स्टोरमा सब्जीका आइटमहरु सबैभन्दा बढी खपत हुन थालेको छ । यसको प्रमुख कारण बजार मूल्य भन्दा अत्यन्तै कम मूल्यमा अगानिक सब्जी पाउनु नै हो । स्टोरले सब्जीका आइटमहरु सोझै किसानकहाँ पुगेर उठाउन थालेको छ । पहिला विचौलिया मार्फत सब्जी ल्याउँदा बजार मूल्यकै हाराहारीमा मूल्य निर्धारण गर्नुपरेको थियो । अब भने सिधै किसानबाट खरिद गर्दा उपभोक्ताले बढी मूल्य तिर्नु नपर्ने भएको छ भने किसानले समेत तत्काल आफ्नो उत्पादनको मूल्य पाउने भएका छन् ।
गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना पाँच शााहरु मध्ये तीनवटा शाखा ैधरान, इटहरी र दमकमा सब्जी विक्री वितरण गदै आएको छ । यतिबेला बजारमा काउलीको मूल्य ५० रुपैया रहेको छ तर गोरखा डिपार्टमेन्ट स्टोरमा २० रुपैया प्रति किलो पाइन्छ । टमाटर बजारमा ३०–३५ रुपैया प्रतिकेजी रहेको छ तर गोरखामा मात्र २० रुपैया प्रतिकेजी, ब्रोकाउली बजारमा ३० रुपैया छ भने गोरखामा १५ रुपैया, मूला बजारमा १० देखि १५ रुपैया प्रतिकेजी रहेको छ भने गोरखामा ७ रुपैया प्रतिकेजी पाइने गरेको छ । अन्य सब्जीहरुको समेत यही अनुपातमा मूल्य रहेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतम बताउनुहुन्छ । गोरखा डिपार्टमेन्ट स्टोरमा सब्जी ल्याउने जिम्मा विगतदेखि नै एक विचौलियाले गर्दै आएका थिए । तर यतिबेला स्टोरका कर्मचारीहरु सोझै किसानकोमा पुग्ने गगरेका छन् । कर्मचारीहरु आफै कृषककोमा गएर उत्पादन उठाउन थालेपछि मूल्यमा आकाश जमिनको फरक आएको प्रवन्ध निर्देशक बलराम आचार्य बताउनुहुन्छ ।
गोरखा डिपार्टमेन्ट स्टोरले सुनसरी जिल्लाको दक्षिणी भाग हरिनगरा, लौकही, भोक्राहा, बबिया, पानमारा, इनरुवा लगायतका स्थानहरुबाट कृषकहरुबाट सोझै खरिद गरेर ल्याउने गरेको छ । यसका अलावा हिले, धनकुटा लगायतका पहाडी क्षेत्रत्रहरुबाट समेत कृषकहरुसँग सोझै खरिद गरेर ल्याउने गरेको छ । हाल गोरखाका तीन वटा शाखामा सब्जी किन्नेहरुको अत्याधिक भीड लाग्ने गरेको छ । इटहरी शाखाबाट मात्र दैनिक एक ट्रक सब्जी विक्री हुने गरेको छ भने धरान र दमक शाखामा विगतको तुलनामा दैनिक चार गुणा ग्राहक बढेको निर्देशक आचार्य बताउनुहुन्छ ।
कोरोनाको हल्ला भएपनि होटल राम्रो चलेको छ
गोरखा डिपार्टमेन्ट स्टोरले पौषदेखि सञ्चालनमा ल्याएको पाँचतारे होटलमा पाइने सेवा सुविधा सरहको गोरखा होटल प्रालि. अत्यन्तै राम्रोसँग सञ्चालन भइरहेको छ ।

चीनको बुहान प्रान्तबाट फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) को सन्त्रास विश्वभरि फैलिरहेको अवस्थामा नेपालका अन्य स्थानमा भएका होटलहरु पर्यटन आवागमन ठप्प भएसँगै धमाधम बन्द हुन थालेपनि गोरखा होटल प्रा.लि. मा त्यसको हालसम्म कुनै असर परेको छैन । विश्व स्वास्थ्य सगठनले नेपाललाई समेत उच्च जोखिममा राखेको र नेपाल सरकारले समेत कोरोनाबाट बच्न अनेकौ निर्देशनहरु जारी गरिरहेको अवस्थामा गोरखा होटल प्रा.लि.मा भारतको विहार, पश्चिम बंगालको सिलगुढी, दार्जीलिङ्ग, सिक्किमका विभिन्न जिल्ला र आसामका पर्यटकहरुसँगै नेपालकाले समेत अग्रिम बुक गराएर बस्ने गरेका छन् ।
सम्पूर्ण उपभोग्य वस्तुहरुको प्रसस्त स्टक
कोरोना भाइरसको सन्त्रास फैलिएसँगै बजारबाट दैनिक अत्यावस्यकीय उपभोग्य सामानहरुको एकाएक अभाव हुन थाले पनि गोरखा डिपार्टमेन्ट स्टोरमा त्यस्तो अवस्था देखिएको छैन ।

कुनै न कुनै बहानामा व्यवसायीहरुले उपभोक्ताहरुलाई कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने गरेको कुरा नौलो होइन । तर गोरखा डिपार्टमेन्ट स्टोरले आÏना सबै शाखाहरुबाट ५÷६ महिनाका लागि पुग्ने सम्पूर्ण सामान स्टक गरेको छ । हामीसँग दैनिक उपभोग्य देखि लिएर अन्य सम्पूर्ण समानहरु प्रसस्त रहेको छ प्रबन्ध निर्देशक बलराम आचार्य बताउनुहुन्छ ।
कोरोनाका कारणले बजारमा उपभोग्य समान अभाव भएको भन्ने कुरा आचार्य मान्न तयार हुनुहुन्न । हाल चाइनिज सामान आउन पूर्ण रुपमा बन्द भएको छ । चीनका उद्योग धन्दा, व्यवसायिक प्रतिष्ठानहरु सबै बन्द भएका छन् । चीनमा गएर सामान ल्याउन सक्ने अवस्था पनि छैन तर हामीसँग भएको स्टकले ५÷६ महिना राम्रोसँग धान्छ । कसैले एउटै सामान धेरै परिमाणमा खरिद गर्न खोजेमा हामी त्यसलाई रोक्छौं । विगतमा समेत आफूहरुले यसै गरेको आचार्य सुनाउनुहुन्छ ।
