धरान÷ कोराना भाइरस (कोभिड १९) विश्वव्यापी रुपमा गाजेको बेला धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत यो रोगबाट सावधानी अपनाउन तयारी शुरु गरेको छ ।
प्रतिष्ठानले केही समय अगाडि कोरोना भाइरसको संक्रमणबाट सावधानी राख्ने र उपचारमा सहज होस् भन्ने उद्दे्रश्यले प्रतिष्ठानले अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहको संयोजकत्वमा गठन भएको रेस्पोन्स टिम सक्रियतापूर्वक लागेको छ भने त्यस्ता विरामीका लागि प्रतिष्ठानको पेइङ्ग वार्डमा रहेको १० वटा वेडलाई छुट्टै आइसुलेसन वार्ड बनाइसकेको र शंकास्पद व्यक्तिलाई आइसुलेसनमा राखेर उपचार गर्ने तयारीमा जुटेको छ । ।
विश्वका धेरै मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला विश्व स्वास्थ्य संगठन (आइएलओ) नेपाललाई समेत कोरोनाको उच्च जोखिममा ््राखेपछि प्रतिष्ठानले समेत सतर्कता अपनाउन शुरु गरेको हो । प्रतिष्ठानले नेपाल सरकारले दिएको निर्देशन अनुरुप १३ औं दिक्षान्त समारोह स्थगित गरेको छ । शंकास्पद विरामीलाई छुट्टै राखेर उपचार गर्न १० वेडको आइसुलेसन तयार गरेको प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरु खनालले बताउनुभयो । उहाँले अस्पताल निर्देशकको अध्यक्षतामा गठन भएको रेस्पोन्स टिममा मेडिसिन विभाग, आकस्मिक कक्ष विभाग, पेडियोयाट्रिक विभाग, माइक्रो बाइलोजी लगायतको टिमले छुट्टै आइसुलेसन राखेर काम थालेको बताउनुभयो ।
उहाले कोरोना भारस हो या होइन भन्ने कुरा एकै पटक थाहा नहुने भएकोले शंकास्पद व्यक्तिलाई आइसुलेसन वार्डमा राखेर अनुसन्धान गर्ने उहाले बताउनुभयो ।
कोरोना भाइरस भित्रिन नदिन बीपीले सरोकारवालासँग समन्वय गरेर छुट्टै स्थानमा क्वारेन्टाइन राख्ने तयारी गरिएको प्रतिष्ठानका सह प्रवक्ता डा. अशोक ऐरले बताउनुभयो । उहाँले लक्षण देखिएका विरामीहरुलाई धरान उपमहानगरपालिकासंग समन्वय गरेर छुट्टै क्वारेन्टाइनमा राख्ने र पहिचान भएपछि प्रतिष्ठानमा उपचार गराउने तयारीमा जुटेको पनि सह प्रवक्ता
ऐयरले बताउनुभयो ।नेपालमा हालसम्म कोरोना भाइरस नभेटिएको भएपनि भोलिका दिनमा यसले भयावह अवस्था सिर्जना नहोस् भनेर नै बीपीले सम्पूर्ण तयारी थालेको उहाले बताउनुभयो ।
चिनको बुआन प्रान्तबाट शुरु भएको कोरोना भाइरसले पछिल्लो समय विश्वका धेरै मुलुकमा फैलिएका कारण डब्लुएचओले नेपाललाई समेत उच्च जोखिममा राखेपछि भने धरानको बीपी कोइराला स्वास्थ्यमात्र हैन मुलककै ठूला अस्पतालहरुमा छुट्टै आइसुलेसन
राखिएको छ भने नेपाल भित्रिने नाकाहरुमा चेकजाँचलाई कडाई बनाइएको छ ।
