छात्रा तथा छात्र दुवै समूहलाई समेटेर प्रदेश स्तरीय वास्केटको आयोजना हुने भएको छ ।
विद्यालयस्तरबाट नै बास्केटबल खेलको विकास तथा प्रबद्र्धन गर्ने उद्देश्यले धरानमा ‘प्रदेश १ स्तरीय बराह ग्रुप छात्र तथा छात्रा अन्तर कलेज बास्केटबल प्रतियोगिता’ आयोजना हुने भएको छ ।
आयोजक धरान बास्केटबल संघले पत्रकार सम्मेलन गर्दै आगामी चैत्र ७ देखि १२ गतेसम्म प्रतियोगिता हुन लागेको जानकारी दिएको छ । धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटबल संघको सहयोगमा हुन लागेको प्रतियोगिता धरान–१८ स्थित डिपो उच्च माविको बास्केटबल कोर्टमा हुन लागेको प्रतियोगिताका संयोजक विकास चाम्लिङले बताउनुभयो । विद्यालय स्तरबाट बास्केटबल खेलको विकास गर्ने, विद्यालय विद्यालयबीचमा भाइचाराको सम्बन्ध कायम गर्ने र भविष्यमा राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको उहाँले बताउनुभयो ।
प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ८ टिम सहभागी रहने छन । प्रतियोगितामा इलाम, बिर्तामोड, दमक, विराटनगर, इटहरी, तरहरा, उदयपुर, धनकुटा र धरानका टिमले सहभागीता जनाउने धरान बास्केटवल संघका अध्यक्ष एवं केन्दीय उपाध्यक्ष सुरज लामाले जानकारी दिनुभयो ।
प्रतियोगितामा कक्षा ११ देखी स्नातक तहसम्मका विद्यार्थीहरुले सहभागीता जनाउन पाउने छन् । महिलातर्फ उमेरको सिमा तोकिएको छैन भने पुरुषतर्फ २२ वर्षसम्मका विद्यार्थीहरुले मात्र भाग लिन पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको छात्रतर्फको विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार रुपैयाँसहित टूफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने छात्रा तर्फको विजेताले नगद १० हजार र उपविजेताले नगद ५ हजार रुपैयाँसहित टूफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई बराह ग्रप धरानले प्रायोजन गरेको छ । सामाजिक कार्यसंगै खेलकुदमा समेत आर्थिक सहयोग पु¥याउदै आएको बराह ग्रुपका सञ्चालक समितिका सदस्य मानबहादुर विश्वकर्माले बराहले नाफा गरेको केही अंश सामाजिक कार्यमा खर्च गर्ने गरेको बताउदै धरानको खेलकुदको विकासमा सहयोग पुगोस भन्ने हेतुले बास्केट प्रतियोगितालाई सहयोग गरेको बताउनुभयो ।
विगतदेखि नै बास्केट बल प्रतियोगिता गराउदै आएको धरान वास्केट बल संघको आफ्ना् खेल भने छैन । विगतदेखि नै डिपो मावि धरान १८ मा यस्ता खेलहरु खेलाउदै आएको छ । यो मैदान अन्तर्राष्टिूय मापदण्ड अनुसार रहेको बताइएको छ ।
