धरान÷ पछिल्लो समयमा शाहसीक खेल पर्यटकहरुका लागि रोजाइमा पर्ने गरेको छ । पूर्वमा शाहसीक खेलको रुपमा मानिएको प्याग्लाइडिङ, ¥याÏिटङ भित्रिसके पनि जिपलाइज भने भित्रिन सकेको थिएन । काठमाण्डौको धुलिखेलमा सञ्चालनमा आएको साहसिक खेल जिपलाइन धरानमा समेत भित्र्याइएको छ । यस खेलको विधिवत रुपमा प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले उद्घाटन गर्नु भएसंगै धरानमा शुरुवात भएको छ । यसले पूवको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने अपेच्छा राखिएको छ ।
धरान ४ भेडेटारबाट देवी थानसम्मकोे जिपलाइनको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएसंगै यसको शुरुवात गरिएको हो् ।
धरान ४ भेडेटारबाट देवीथानसम्मको ६ सय ५० मिटरको दूरीमा सञ्चालन भएको जिपलाइनमा धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदी लगातले उद्घाटनकै दिन जिपलाइन गरेर यसको मज्जा लिएका थिए ।
पहिलो पटक जिपलाइन गर्नुभएकी धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले जिपलाइन गर्दा डरसगै रमाइलो पनि हुने बताउनुभयो । उहाले यस खेलले पूर्वको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने समेत उल्लेख
गर्नुभयो ।
चीनको बुआन प्रान्तबाट फैलिएको कोरोना भाइरस(कोभिड १९)को संक्रमणले विश्वलाई गाँजेको बेला नेपालले समेत संक्रमणबाट बच्नका लागि भ्रमण बर्ष २०२० नै स्थगित गर्दा निराश बनेका पर्यटन व्यवसायीहरु यो जिपलाइन सञ्चालनमा आएपछि नयाँ आयाम थपिएको बताउदै यसले पूर्वको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने अपेक्षा
राखेका छन् । कोरोना भाइरसका कारण पर्यटकीय स्थल मानिएको धनकुटाको भेडेटारमा भारतबाट आउने पर्यटक आउन छाडेको बेला सुनसरी र धनकुटाको संगम स्थलमा राखिएको जिप लाइनले पर्यटक आउने आशा पलाएको होटल एसोसिएसनका भेडेटारका अध्यक्ष जितेन्द्र रु्म्दालीले बताउनुभयो ।
धरान ४ मा पर्ने यो स्थान धनकुटाको सागुरी गढी र धरान उपमहानगरपालिकाको संगम स्थल भएकाले दुवै नगरपालिकाका प्रमुखहरुले यस खेलले दुवै नगरपालिकाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताएका थिए ।
प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले पूर्वका पर्यटन प्रवद्र्धनमा प्रदेश सरकारले नीति बनाए पनि सोचेजस्तो काम गर्न नसकेको समयमा नीजि क्षेत्रले यसरी धमाधम पर्यटनसम्बन्धी काम गर्दा प्रदेश सरकारको लक्ष्य पूरा हुन सहयोग पुग्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले समेत नीजि क्षेत्रसंग सहकार्य गरेर काम गर्न चाहेको बताउदै भविष्यमा पनि सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।
वल्डवाइड ग्रुप नेपाल प्रा.लिको ३ करोडको लागितमा सञ्चालनमा ल्याएको जिपलाइनमा क्लासिक, सुपरम्यान र कपल जिपलाइन गरी ३ प्रकार रहेको छ । कम्पनीले जिपलाइनमा प्रयोग गरिएका सामग्रीहरु अन्तर्राष्ट्रिय स्तरका सामाग्री प्रयोग गरेको बताएको छ ।
कम्पनीका सञ्चालकमध्ये एक केदार थापाले जिपलाइन्को तारको भार क्षमता ११ हजार किलोग्रामको छ भने हार्नेसको भार क्षमता २२ देखि २७ सय किलोग्रामको छ । यस्तै, क्यारा विनरको भार क्षमता पनि २७ सय किलोसम्मको रहेको बताउनु भएको छ ।
धुलिखेलपछि प्रदेश नं. १ मा नै धरानमा पहिलो पटक सञ्चालमा ल्याएको जिपलाइनले पर्यटनमा व्यवसायलाई मजबुत बनाउने कुरामा स्थानीय पर्यटन व्यसायीहरुको छ । यसमा अब सरकारका तीन तह अर्थात स्थानीय, प्रदेश र संघले समेत सहयोग गर्नुपर्ने माग उनीहरुको छ ।
