कोरोनाका कारण होली पर्वमा देखिएन उत्साह

धरान÷प्रत्येक बर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाउदै आएको होली पर्व विश्वभर फैलिएको कोरोना
भाइरसले नेपालमा पनि संक्रमण बढने त्रासले होली पर्व प्रभावित बनेको छ ।
कोरोना भाइरस (कोभिड १९) ले विश्वका धेरै मुलुकमा संक्रमणसंगै त्रास फैलिएको बेला नेपालमा पनि यसको जोखिम बढ्ने भन्दै नेपाल सरकारले भेला, सम्मेलन, भोज भतेर लगायतका जमघट हुने स्थानमा नजान सर्वसाधारणलाई अपिल गरेपछि यस बर्षको होली प्रभावित बनेको हो ।
खासगरी होली पर्व नेपालमा दुई दिन मनाउने गरिएको छ । सोमबार काठमाण्डौ लगायत पहाडीक्षेत्रमा र मंगलबार तराइ क्षेत्रमा होली खेलिने भए पनि कोरोनाका त्रासका कारण कही पनि होली खेल्नेको उपस्थिति देखिएको थिएन । विगतमा चौक चौकमा होली विशेष कार्यक्रमको आयोजना गरेर होलीमा मस्त हुने नेपालीहरु यसबर्ष त्यस्ता होली विशेष कार्यक्रमको आयोजना समेत भएका थिएनन् ।
दुई चारजनाले घरमै रंग दलेर होलि मनाएको लालीगुरास नगपालिकाका मणिकुमार सुब्बाले बताउनुभयो । विगत बर्षहरुमा हर्षोल्लासको होली यस बर्ष घरका परिवारसंग सामान्य रंग दलेर होली मनाएको उहाको भनाई थियो । ‘सोमबार सडकमा समेत होली खेल्नेको जमात शून्य प्रायः थियो त्यसै कारणले
पारिवारिक होली खेलियो’ सुब्बाले बताउनुभयो ।
कोरोनाकै सन्त्रासका कारण होलि विशेष खेलिने तराइका जिल्लाहरु मोरङ, सुनसरी, झापाका अधिकांश ठूला सहरहरुमा समेत होली खेलिएन । विहानैदेखि रंग दलेर होलि खेलिने धरानमा विहानैदेखि त्यस्तो देखिएन । पत्रकार भरतराज शर्माले विहान होलिको
रिर्पोटिङ गर्न जादा धरानको मुटु मानिएको भानुचौकमा सुनसान रहेको बताउनुभयो । उहाले भन्नुभयो–‘म विहानै भानुचौक पुगेको थिए, होलि खेल्ने एक जना पनि भेटिएन ।’
होलीलाइ त्रेता युगमा भगवान विष्णुको परम भक्त प्रहलादसंग जोडेर हेरिन्छ । हिरण्यकस्यपुका पुत्र प्रहलादलाई आफ्नै फूपू होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफै भष्म भएको कथासंग जोडेर होलिपर्व मनाउन थालिएको किवदंन्ती छ ।

तपाईको प्रतिक्रिया