घण्टाघरबाट हेर्दा

जुत्ता हानेको फिर्ता लिए ?
नेकपाका द्वितीये अध्येक्षे प्रचण्डाउको ग्रहदशा सदैव बिग्रदो रै’छ कि क्या हो ? विचरा ग्रहदशा सपार्न कहिले भैसीको पूजा गर्दै हिड्छन्, कहिले के गर्दै हिडछन तर ग्रहदशा छुट्टिने छाँटकाँट देखिदैन , कोही सत्तरी करोड बजाउने, कोही नेपालको नक्सालाई केक बनाएर काटेर खाने, कोही वाल्वाटारको जग्गा खाने । तर विचरा प्रचण्डाउचाहिँ जहिल्यै थप्पड, चप्पल र जुत्तामात्र खाने । यो त साह«ै हजम भएन हौ । एक हप्ता अगाडि पनि विचरामाथि जुत्ताको घुएत्रो प्रहार भएछ । धन्न थोपडामा लागेन । लाग्या भए वित्यासै पर्ने थियो । जे हुनु भैगयो जुत्ता प्रहार गर्ने प्रचण्डाउकै पुराना चेला रै’छन् । पचण्डाउले बन्दुक हान्न सिकाएका चेला परिवर्तन नभएर जुत्ता प्रहारमा ओर्लेका रै’छन् । जुत्ता हान्नेलाई एक बर्ष कैद र जरिवाना गर्ने रे । यो चाहिँ अलिकति हजम नहोला है ? विचाराले जुत्ता प्रहार गरेको फिर्ता लिन्छु भनिरा’छन् । विष्णु पौड्यालले वाल्वाटारको जग्गा फिर्ता गर्छु भन्दा कारबाही भएन । अब जुत्ता प्रहार गर्नेलाई नि गर्नु भएन । कानुन सबैका लागि बराबर भन्थे फुइøयाँ हुनु ?
मृत्यु पनि मेड इन चाइना
संसारका कसैले पनि सोच्या थिएनन् मृत्यु पनि मेड इन चाइना हुन्छ भनेर । माने कोरोना भाइरस । चाइना आज छ भोलि छैन भन्थे । खुब जिस्क्याउँथे । यतिबेला विश्वले चाइनाको शक्ति देखेका छन् । कसैले अर्डर नगरीकनै संसारका सबै देशमा चाइनाले कोरोना निर्यात गरिरहको छ । कोरोनाले विश्व हल्लाई दिएको छ । अमेरिका, युरोप जस्ता देशहरु लुगलुग काँपेर बस्या छन । खुबै चाइनालाई हेप्थे नि । मेड इन चाइनाको कोरोनाले लाखौ डल्लो परेर बसेका छन् भन्ने हजारौले परलोकको यात्रा गरिसकेका छन् । जे होस चाइनालाइ साधुवाद त दिनैपर्छ कोराना उत्पादन गरेकोमा ।
थरिथरिका मास्क्
कोरोना भाइरसले आफनो साम्राज्य फैल्याउदै गएपछि थुतुनो छोप्ने मास्कको मूल्य सुनको जस्तै ह्वात्तै बढेको छ । पाँच रुपैयाँको मास्क पचास रुपैयाँ पुगेको छ । सितिमिति माक्स पाउनै गाह«ो माक्स नै नपाएसी कोरोनाबाट बच्न थुतुनो कसरी छोप्ने भन्ने चिन्ता बढ्या थियो । तर नेपालीहरु हुन मौका पाएसी गर्छन् । यतिबेला बजारमा थरिथरिका माक्स देख्न पाइन्छ । कुनै प्राकृतिक, कुनै अप्राकृतिक माक्सले बजार पिटेपछि कोरोना भाइरस पठाउने चाइना पनि छक्क प¥या छ । कसैले महिलाका ब्रा काटेर एकै पटक दुईवटा माक्र्स बनाएका छन्, कसैले भित्री वस्त्र काछी टाउकोमा हुलेका छन्, कसैले दुना टपरीलाई माक्स बनाएका छन । नेपालीहरु यति ट्यालेन्ट भएसी जाबो कोरोनाले छुनै सक्दैन ।
पन्द्र बर्ष बाच्छु रे
हाम्रा पर्धानमन्तरीले भन्या अब उनी १५ बष बाँच्छन् रे । मृगौलाको सफल प्रत्यारोपण भएसी’ डाक्टहरुलाई उन्ले यो कुरा खुसक्क सुनाएका थिए । विचारा डाक्टरहरु पनि खप्रओको कुरा सुनेर जिल खाएछन् । डाक्टरहरुले खप्रओको मृगौला पो सफलतापूर्वक प्रत्यारोपण ग¥या हुन् त । उमेर बढाइद्या त होइनन नि । जे होस् खप्रओका मृगौला प्रत्यारोपण सफल भयो राम्रो हो । तर खिसी टिउरी गर्नेहरुले कति साह«ो खेद्या हँ । कसैले ओली बाले महिलाको मृगौला लगाएकोले महिनावारी होला कि नहोला भनेर सोध्या छन्, कसैले ओली वालाई अब पाठेघर पनि
प्रत्यारोपण गर्नुपर्छ भन्या छन् । असत्तिहरु हुँदै नहुने कुरा गर्छन् ।
स्यालबहादुरले हुने नन्दीभृंगी
नेप्लिज लाँग्ेसका भाइरस, बुढानिलकण्ठे मुखिया स्यालबहादुरले यतिबेला गतिलो र साहसिक कार्जे ग¥या छन् । विचरालाई ल्याङ्ग ल्याङ्गे बाजेहरुले यतिका बर्ष सम्म काम गर्न द्या थेनन् । अहिलेचाहिँ स्यालबहादुरले साहस देखाएकै हुन् । अब हेरम न अस्तिका दिन स्याल बहादुरले आफ्ना वरिपरिका नन्दी, भंगी, भूत पिसाच सबैलाई केन्द्रीय सदस्ये बनाएछन् । चौधौ महाधिवेशन आउँदै
छ । नन्दीभृंगी, भूत पिसाचलाई वरिपरी नराखे ल्याङ्गल्याङ्गे बाजेहरुले सभापतिबाट चिप्लाइ देलान् । अब भने स्यालबहादुर ढुक्क छन् । अब चौधौ महाधिवेशन कुनै माइकालालले हराउन सवालै उठ्दैन । कि कसो हौ ?
अरथ मन्तरीको अ“ध्यारो मुख
एक दिन अगाडि सिद्धिएर अर्को दिन फेरि वौरिएका अरथ मन्तरी, सूचना एवम् प्रविधि मन्तरी जुवराज खतौडाले अस्तिका दिन अँध्यारो मुख लगाएको देख्दा घण्टाघरलाई नि अलि नरामो लाग्यो । पत्रकारहरु पनि साह«ै काम नलाग्ने । भा’को कुरा किन दनादन सोध्नु ? नभाको कुरा सोध्दा पो अहिलेका मन्तरीहरुले भटाभट जवाफ दिन्छन् त । भाको कुरा सोधेर अनुहार किन अमिलो बनाइदिनु ?
राष्ट्र बैंकमा काम गर्दा तिन्का छोरी ज्वाईले राम्रै हिनामिना ग¥या रै’छन् । सामसुम पारिसकको कुरा किन उठाइ दिनु ? तिन्ले नि पत्रकारलाई कड्केर भनेछन् विचार पु¥याएर बोल्नु । ठीकै हो । अरथ मन्तरीले राम्रै भन्या हुन विचार पु¥याएर बोल्नुपर्छ, साोध्नुपर्छ । जथाभावि सोध्दा अरुको त कन्पारो तात्छ भने अरथ मन्तरीका नतात्ने कुरै भएन ।
बिग्रेछन् लारान वा पनि
नेकपाका प्रवक्ता लारायनकाजी पनि बिग्रेछन् । सबै बिग्रेका विचरा उनी मात्र सप्रने कुरा पनि भएन । तन्वा राष्ट्रिये सभाको सांसद बन्नु भन्दा अगाडि लारायन काजी राम्रै थिए । भेडा भेडाकै बथानमा भनेझै सांसद भएसी अब काजी पनि हात चाट्न पाउने आशामा सरकारको बचाउमा लागेछन् । अस्तिका दिन त उन्ले सरकारले गरेको विकास देख्न नसकेर विपक्षीहरु आत्तिएका छन् सम्म भनेछन् । वास्तवमा लारायन काजी बिगेको हुँदै होइनन् । अहिले केही मन्त्रालयमा मन्तरी छैनन् । सरकारले भरमार काम गरेको छ भनेर फलाके पछि एउटा न एउटा निश्चित ।
अन्तेमा
कसैले हेप्नी नसक्ने दुईतिहाइको सरकार भएको नेकपामा साँस्कृतिक विकृति आयो भनेर नेकपाका सज्जन भनाउँदा नेताहरुले चिन्ता व्यक्त गर्न थालेका रै’छन् । सत्तामा हुँदा नि सांस्कृतिक विकृति नआए कहिले आउँछ त ? पैसा र शक्ति भएसी’ कस्ता कस्ता गुइँठेहरुका त मन बरालिन्छ । नेकपाका नेताहरुको, मन्तरीहरुको, सांसदहरुको मन नबरालिने कुरै भएन । ती पनि त मनुवै हुन, तिनका पनि मन हुन्छ । जस्ले हान्यो त्यसले जान्यो । जवानी र पानी सधै एकै ठाममा हुँदैन भन्ने कसलाई थाहा छैन । सभामुखले रोशनी च्यापे, पर्देश नं. १ का मुख मन्तरीले बालिका च्यापे । मन मिल्यो च्यापे । मन नमिलेसी हातपात ग¥यो, बलात्कार ग¥यो भनेर खुट्टा बजारेर उफ्रेर त भएन नि । पहिला पहिला सुँघासुघ गर्ने अनि अहिले आएर ढुंगाठुंग गर्न त भएन नि ।

तपाईको प्रतिक्रिया