भारत र अमेरिकाबीच विश्वासिलो सम्बन्ध ः ताजमहल भारतीय संस्कृतिको धरोहर

एजेन्सी (नयाँ दिल्ली)÷संसारकै शक्तिशाली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सोमबार र मंगलबार भएको दुई दिने भारत भ्रमणले यतिबेला विश्वको ध्यान केन्द्रित गरेको छ ।
उदयीमान शक्ति सम्पन्न राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आमन्त्रणमा भारत आउनु भएका राष्ट्रपति ट्रम्पले भारतको खुलेर प्रशंशा गर्नुभएको छ । दुई दिने भारत भ्रमणमा आउनु भएका डोनाल्ड ट्रम्पले सावरमति आश्रम, मोटेरा स्टेडियममा सम्बोधन गरेपछि आगरा पुग्नु भएको थियो । जहाँ उहाँले ताजमहलका बारेमा मुक्त कण्ठले प्रंशंसा गर्नुभएको थियो ।
आगरा भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी तथा अमेरकी प्रथम महिला मेलानिया ट्रम्प, छोरी इवांका र उनका पति समेत साथै रहेका थिए । मोटेरा स्टेडियममा उपस्थित भएका हज्जारौ भारतीय नागरिकहरुलाई सम्बोधन गर्दै उहाँले भारतीय प्रधानमन्त्री, भारतीय जनताको प्रशंसा गर्नुभएको थियो । सम्बोधन पश्चात स–परिवार नै ट्रम्प आगरा पुग्नु भएको थियो । ट्रम्पका साथ रहनु भएका गाइड नितिन सिंह रिंकुले ताजमहलको बारेमा जानकारी गराउनु भएको थियो । त्यसबेला इवांका ट्रम्पका आफना पतिका साथ ताजमहलको अवलोकन समेत गर्नुभएको थियो । ताजमहल भ्रमणमा फोटो पत्रकारहरुहरुले हरपलको तस्वीर लिएका थिए भने इवांका आफैले पनि मोवाइलमा फोटो खिच्नु भएको थियो । ताजमहलको भिजिटर तथा आगन्तुक पुस्तिकामा अमेरिकी राष्ट्रपति रोनाल्ड ट्रम्पले आफ्नो सन्देशमा लेख्नु भएको छ ताजमहल भारतीय संस्कृतिको समृद्ध धरोहर हो । ताजमल भारतीय संस्कृतिको विविधतापूर्ण सुन्दरता हो । ट्रम्प भन्दा पहिला सन् २००० मा  अमेरिकी राष्ट्रपति विल क्लिन्टर र १९५९ मा आइजनहावरले ताजमहलको  सुन्दरताको प्रशंसा गर्नुभएको थियो । अहमदावादमा ट्रम्पको स्वागत प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको थियो भने  आगरामा युपीका राज्यपाल आनंदीवेन पटेल र मुख्यमन्त्री योगी आदित्य नाथले गर्नुभएको थियो ।
मोटेरामा ट्रम्पले भारतको प्रशंसा–आतंकमाथि पाकिस्तानलाई चेतावनी


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अहमदावादको मोटेरा स्टेडियममा नमस्ते ट्रम्पलाई सम्बोधन गर्नुभएको थियो । त्यसभन्दा पहिला–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एयरपोर्टमा ट्रम्पलाई अंगालो हालेर स्वागत गर्नुभएको थियो । त्यसबेला गुजरातका मुख्यमन्त्री विजय रुपाणीसमेत उपस्थित हुनुहुन्थ्यो ।
राष्ट्रपति ट्रम्पको साथमा उहाँकी धर्मपत्नी मेलानिया ट्रम्प, छोरी इवांका ट्रम्प, ज्वाइ जारेड कुशनर र अन्य अमेरिकी अधिकारीहरु समेत उपस्थिति रहेका थिए । त्यसबेला भारतीय प्रधानमन्त्री मोदीले छोरी इवांका ट्रम्पसँग समेत सिष्टाचार भेट गर्दै स्वगत गर्नुभएको थियो ।
सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्रीले भारतमा भइरहेको परिवर्तनमा अमेरिका सहयोगी बनेको बताउनु भएको थियो । उहाँले एक हजार पाँच सय बर्ष पुरानो कानुन, तीन तलाकमाथि कानून बनाएको बताउनुभएको थियो । यसैगरी अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका र भारत एक अर्काका सबैभन्दा ठूला निर्यातकर्ता देश हुन् । दुवै देश मिलेर आतंककारी, कटरपंथीको खतम गर्ने र हरेक अवस्थामा त्यस्ता गतिविधिलाई रोक्न दुवै साथ साथ हिड्ने बताउनुभएको थियो । उहाँले भन्नुभयो हाम्रो शक्ति सेना हुन उनीहरुलाई थप मजबुत बनाउनुपर्छ । भारत र अमेरिकाको अर्थ व्यवस्था अत्यन्तै मजबुत रहेको, अमेरिकामा बसोबास गर्ने भारतीय नागरिक इमान्दारितापूर्वक मेहनत गर्छन्, वलीउडको फिल्मले समेत देखाउछ रचनात्मकता, देशभक्त सरदार बल्लव भाइ पटेलको मूर्ति बनाएर भारतले विश्व इतिहास रचेको बताउनुभयो । राष्ट्रपति ट्रम्पले डिडिएलको प्रशंशा गर्दै क्रिकेटर सचित तेन्दुलकरको नाम समेत लिनुभएको थियो । आज भारतका हरेक गाउँमा विजुली तथा अन्य आधारभूत आवश्यकता नगारिकले पाउनुमा प्रधानमन्त्री नरेन्द्र मोदीको सवल नेतृत्व नै हो भन्दै प्रशंसा गर्नुभएको थियो । उहाँँले आज विश्वकै लागि भारत विश्वासको आधार भएको छ, संसारले भारतमाथि गर्व गरेका छन् भन्दै भारतीय प्रधानमन्त्री अमेरिकको खास मित्र बनेको समेत ट्रम्पले बताउनुभयो । उहाँले आफनो शानदार स्वागतका लागि धन्यवाद दिँदै अमेरका भारतका लागि सदैव वफादार रहने बताउदै बारम्बार प्रधानमन्त्री मोदी आफ्नो सच्चा मित्र रहेको बताउनुभयो ।
प्रधानमन्त्री मोदीको गर्भिलो मन्तव्य

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफनो मन्तव्यमा भन्नुभयो अमेरिकी फस्ट लेडी यहाँ हुनु सम्मान र गर्भको कुरा हो । Healthy / Happy America का लागि तपाईहरुले जे गर्नुभएको छ त्यसको आज राम्रो परिणाम आइरहेको छ । समाजमा बच्चाका लागि तपाईले जे गर्नुभएको छ त्यसको जति प्रशंसा गर्दा पनि कम हुन्छ ।
प्रधानमन्त्री मोदीले भन्नुभयो सिडेंट ट्रम्पको यो यात्रा भारत र अमेरिकको सम्बन्धमा नयाँ आयाम थपिएको छ । यो एक यस्तो अध्ययाय हो जसले अमेरिका र भारतका नागरिकका Progress / Prosperity को एउटा नयाँ दस्ताबेज बन्छ । प्रधानमन्त्री मोदीले भन्नुभयो अमेरिकी राष्ट्रपतिका पूरा परिवार अहमदावाद आउनु र सिधै सावरमति आश्रम जानु गर्वको कुरा हो । यो धर्ती गुजरातको हो तर आज पूरै भारतका लगि उदाहरणीय बनेको छ । आफ्नो स्वागत भाषणमा प्रधानमन्त्री मिोदीले भन्नुभयो अमेरिका र भारतको सम्बन्धले आज शिखर छोएको छ । प्रधानमन्त्री मोदीले सम्बोधन गर्नुभन्दा पहिला भारत माताको जय होस भन्दै भारत अमेरिका फ्रेन्डसीप लङ्गलिभ भन्ने नारा समेत लगाउनु भएको थियो ।
एक घण्टामा तीन पटक अंगमाल
दुई दिने भारत भ्रमणमा आउनु भएका अमेरिकी राष्ट्रपति र भारतीय प्रानमन्त्री बीचमा एक घण्टामा तीन पटक हार्दिकतापूर्वक अंगमाल भएको थियो ।
राष्ट्रपति ट्रम्प सबैभन्दा पहिला अहमवाद एयरपोर्टमा उत्रिएपछि सावरमति आश्रम जानु भएको थियो । त्यसबेला करिब २२ किलोमिटर रोड सो गर्दै उहाँहरु मोटेरा स्टेडियम पुगेर सभालाई सम्बोधन गर्नुभएको थियो । मोटेरा स्टेडिममा करिब एक घण्टाको कार्यक्रममा दुवै बीचमा तीनपटक अंगमाल भएको थियो । एकपटक मोटेरा स्टेडियममा, दोसो पटक ट्रम्पले आफनो सम्बोधन समाप्त गरेपछि र तेस्रो पटक जब नरेन्द्र मोदीले धन्यवाद सम्बोधन गर्नुभयो । त्यसभन्दा पहिला जब नरेन्द्र मोदी अहमदावाद एयरपोर्ट आफै ट्रम्पको स्वागत गर्न पुग्नुभएको थियो त्यसबेला समेत दुवैबीचमा अंगमाल भएकने र दुवैले एक अर्काको प्रशंसा गर्नुभएको थियो ।
ट्रम्पको भारत भ्रमणले पाकिस्तान चिन्तित भारत र अमेरिकाले आतंकवादलाई जरैदेखि फाल्ने प्रतिबद्धता जनाएपछि बर्षौदेखि आतंकवादको पक्षपोषण गर्दै आएको पाकिस्तान शक्ति राष्ट्रबाट एक्लिएको महुस गरिएको छ । पाकिस्तानी आतंवादीहरुका कारण भारतले धेरै ठूला ठूला क्षतिहरु व्यहोर्दै आएको छ । आतंकवादसँग लड्नकै लागि अमेरिकासँग भारतले आगामी दिनमा झण्डै ३ अर्ब बराबरको हातहतियार समेत खरिद गर्ने भएपछि पाकिस्तानको यतिबेला होसह्वास उडेको छ ।

तपाईको प्रतिक्रिया