धरान÷दिल्ली पब्लिक सकूल धरानले प्रत्येक बर्षको फागुन अर्थात फ्रेबुअरी महिनामा हिउँदे उत्सवको आयोजना गर्दै आएको छ । वि.स. २०७० साल अर्थात सन् २०१४ देखि हिउँदे उत्सवको आयोजना गर्दे आएको विद्यालयले यसपटक सम्पन्न गरेको सातौ हिउँदे उत्सव विगतको बर्षहरुको तुलनामा थप परिस्कृत तथा उत्साहपूर्ण रहेको थियो ।
हिउँदे उत्सवमा विद्यार्थीहरुले आÏना शैक्षिक गतिविधिका अलावा अतिरिक्त खुवी प्रस्तुत गरेका थिए । विद्यालयका प्रिन्सिपल पि.के. संकरालिंघम भन्नुहुन्छ कार्निभलको आयोजना गर्नुको मुख्य उद्देश्य विद्यालयमा अध्ययनरत प्रि–नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुले शिक्षासँगै अतिरिक्त क्रियाकलाप के के सिके भनेर देखाउनु नै हो । पढाइका बारेमा परीक्षामा आइहाल्छ तर उनीहरुले अतिरिक्त ज्ञान के के पाए भनेर कार्निभलमा देखाउने मौका पाउँछन् । उहाँ भन्नुहुन्छ पढाईसँग रिलेटेड करिकुलम, एक्स्ट्रा करिकुलम अरुका लागि पनि हामीले एनियुल अफेर्स राख्ने गरेका हौं ।
प्रिन्सिपल सकरालिंघम भन्नुहुन्छ हामीले यस प्रकारको कार्यक्रमको आयोजना गरेको सात बर्ष भयो । अध्ययनरत विद्यार्थीहरुले आफूहरु के के गर्न सक्छौं भनेर आफ्ना अनुभव, योग्यता देखाएका थिए । विद्यार्थीहरुले आर्ट, डान्स, म्युजिक प्रस्तुत गर्दा उनीहरुका अभिभावकहरु समेत उत्साहित भएका थिए । दिल्ली पब्लिक स्कूलका लागि यसपटकको कार्निभल विगतका बर्षहरुको भन्दा थप महत्वपूर्ण देखिएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहलमा स्थापना भएको दिल्ली पब्लिक स्कूलले स्थापनाको २५ औं बर्ष पूरा गरेको छ । विद्यालयको सिल्भरजुब्ली समेत भएकोले यसपटकको हिउँदे उत्सव महत्वपूर्ण भएको प्रिन्सिपल शंकरालिंघमको कथन छ । हिउँदे उत्सवका लागि विद्याललयले एक महिना अगाडि देखि नै तयारी शुरु गरेको थियो । दिल्ली पब्लिक स्कुलको मान्यता के पनि रहेको छ भने आफ्ना विद्यालयका विद्यार्थीहरुमात्र जेहेन्दार नभएर अन्य विद्यालयका विद्यार्थीहरु समेत जेहेन्दार हुनुपर्छ । यही मान्यता अनुरुप उत्सवमा अन्य विद्यालयहरुलाई समेत अवलोकनका लागि आमन्त्रण गरिएको थियो ।
बाहिरका विद्यालयबाट विद्यालयका प्रिन्सिपल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका निर्देशक र विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रिन्सिपल संकरालिंघमले भन्नुभयो हामीले आमन्त्रण गरेका सबै विद्यालयले सहभागिता जनाउनु भएको थियो, यसले कार्यक्रमम हामीलाई थप उत्साहित बनाएको थियो । आफना नानीहरुको ट्यालेन्सी अर्थात अतिरिक्त प्रतिभा देखेर अभिभावकहरु समेत दंग हुनुहुन्थ्यो ।

दिल्ली पब्लिक स्कुलको एउटा छुट्टै कन्सेप्ट रहने गरेको छ । विद्यार्थीहरुको स्किल डेभलपमा उसले विविध कार्यक्रकमको आयोजना गर्दै आएको छ । कक्षाका अलावा अन्य क्रियाकलापले विद्यार्थीमा थप ऊर्जा प्रदान हुने उसको ठम्याई छ । भारतमा इन्टर डिपिएस कम्पिटिशन हुने गरको छ । तर नेपालमा दिल्ली पब्लिक स्कूल धरानमा मात्र एउटा रहेको छ । जसका कारण यहाँका विद्यार्थीहरुलाई बाहिर लगेर कम्पिटिशन गराउन सम्भव नभए पनि आगामी दिनमा बाहिर लौजाने सोच बनाएको प्रिन्सिल पि.के. संकरालिंघमले बताउनुभयो । हिउँदे उत्सव अगाडि विद्यालयले एक महिनासम्म २३ वटा विद्यालयको सहभागिता गराएर फुटबल, क्रिकेट, बास्केट बल, इन्टर स्कूूल लोक गीत प्रतियोगिता समेत सम्पन्न गरेको थियो । ती प्रतियोयिगतामा उत्कृट हुने विद्यार्थीहरुलाई नगद पुरस्कार,पमाणपत्र समेत वितरण गरेको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डेपुटी हस्पिटल डाइेक्टर प्रा.डा. दिलिपकुमारले विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै भन्नुभयो विद्यार्थीहरुले देखाएको अतिरिक्त क्रियाकलाप अत्यन्तै उत्साहप्रद थियो । शैक्षिक गतिविधिमा दिल्ली पब्लिक स्कूल अब्बल र उत्कृष्ट त छँदैछ अतिरिक्त क्रियाकलापमा समेत उसले धरानका अन्य विद्यालयलाई सहभागी गराएकोमा प्रशंसा गर्नुभएको थियो ।
विद्यालयका प्रिन्सिप पि.के. संकरालिंघम भन्नुहुन्छ इन्टर डिपिएस कम्पटिशनमा यहाँका विद्यार्थीहरुलाई सहभागिता गराउन आफूले चाहे पनि त्यो सम्भव भएन । विद्यार्थीहरुलाई भारत पठाउँदा
रिक्स मात्र हुँदैन धेरै खर्च समेत हुन्छ । त्यसैले यहीका विद्यालयको सहभागितामा कार्यक्रम सञ्चालन गर्दे छौं । सेप्टेम्बर महिनामा विद्यालयका प्रिन्सिपलहरुको भेला बोलाएर देशका सातै प्रदेशबाट दुई तीन वटा विद्यालयको सहभागिता गराएर आगामी दिनमा पुन कार्यक्रम गर्छौं । सम्भवत आगामी कार्यक्रम डिसेम्बतिर हुनेछ ।
