धरान÷२२ औ बुढासुब्बा गोल्डकपको क्वार्टर फाइनलका खेलहरु सम्पन्न भइसकेका छन ।
धरान १६ रंगशालामा शनिबारबाट शुरु भएको प्रतियोगितामा हालसम्म युनाइटेड खार्साङ फुटबल क्लब भारत, नेपाल पुुलिस क्लब काठमाण्डौ, मनाङ मस्र्याङ्दी र मच्छिन्द्र क्लब सेमी फाइनलमा प्रवेश गरेका छन् ।
उद्घाटन खेलमा टाइबेकरमा युनाइटेड खार्साङ फुटबल क्लब भारतले धरान फुटबल क्लबलाई ४–२ गोलको अन्तरले हराएसंगै धरान फुटबल क्लब पहिलो चरणबाटै बाहिरिएको हो ।
प्रतियोगितामा सिक्किमका वार्डेन तामाङ म्यान अफ द म्याच घोषित हुदै नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेका थिए भने्
धरानका सुनिल खड्काले प्रतियोगिताको पहिलो गोल गरेवापत १ हजार ५ र उत्कृष्ट गोल गरेवापत ५ हजार प्राप्त गरेका थिए ।
यस्तै दोस्रो दिनको खेलबाट पाँचपटक बुढासुब्बा गोल्डकप उचालीसकेको विभागीय टिम नेपाल पुलिस क्लब काठमाण्डौ मेची नेत्रालय कांकडभिट्टा टूेनिङ सेन्टर झापालाई १ का विरुद्ध ३ गोल गर्दै आफ्नो सेमी फाइनल यात्रालाई सुनिश्चित बनाएको थियो ।
दोसो दिनको खेलको म्यान अफ म्याच पुलिसका जुमानु राई घोषित हुदै नगद १५ हजार प्राप्त गरेका थिए भने उत्कृष्ट गोलकर्ता पुलिसकै सुमन सुवेदी घोषित हुदै नगद ५ हजार प्राप्त गरेका थिए ।
यस्तै तेस्रो दिनको प्रतियोगितमा तीनपटकको बुढासुब्बा गोल्डकप विजेता मनाङ मस्र्याङदीले जीत हात पार्दै गोल्डकपको सेमी फाइनलमा प्रवेश गरको छ ।्
प्रतियोगितामा मनाङले भर्खरै भएको १ नं. प्रदेश लिंग प्रतियोगिताको उपविजेता बनेको बेलबारी फुटबल क्लबलाई ४–० गोल गर्दै फराकिलो जितसंगै सेमी फाइनलको यात्रा तय गरेको हो ।
प्रतियोगिताको म्यान अफ म्याद दुई गोल गर्ने दयानन्दसिंह घोषित हुदै नगद १५ हजार प्राप्त गरे भने उत्कृष्ट गोलकर्ता बन्दै मनाङका निशान लिम्बुले ५ हजार नगद प्राप्त गरेका थिए ।
यस्तै मंगलबार भएको अन्तिम सेमी फाइनलमा मचिन्द्र क्लब काठमाण्डौ विजयी बन्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको छ ।
प्रतियोगितामा मच्छिन्द्रले सन्डे क्लब एचविविसी कोलकत्तालाई पराजित गर्दै सेमी फाइनल प्रवेश गरेको हो ।
प्रतियोगिताको विजेताले नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछन ।ं
