धरान÷ नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले कसैले पनि लोकतन्त्र कमजोर हुने काम गर्न नहुने बताउनुभएको छ ।
बुधबार धरानमा आयोजित ७० औं राष्ट्रिय प्रजातन्त्र दिवशको अवसरमा सम्बोधन गर्नुहुदै सभापती देउवाले लोकतन्त्र बचाउने सबै एक जुट हुनुपर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुएका देउवाले कुनै पनि बहानामा लोकतन्त्रलाई खतरामा पार्न नहुने बताउनुभयो ।
सभापती देउवाले स्वतन्त्र न्यायपालिका, प्रहरी, ब्यूरोकेसीमाथी बिना कारण कसैले पनि हस्तक्षेप गर्न नहुने बताउनुभयो । लोकतन्त्रमा जनता सर्वसत्तावाद भएको औल्याउदै उहाँले जनताको भावना विपरीत कोही जान नहुने धारणा राख्नुभयो । देशमा विभिन्न कालखण्डमा भएको आन्दोलनबाट अहिलेको व्यावस्था ल्याउन सफल भएको बताउदै प्राप्त उपलब्धी रक्षा गदै देशलाई समृद्धतर्फ अगाडी बढाउन सके मात्र शहिदले देखेको सपना पूरा हुने उहाँको तर्क थियो ।
देशमा अहिले एकताको खाँचो रहेको औल्याउदै कांग्रेस लोकतन्त्रको विधि साशनलाई सधै अंगाल्ने पार्टी उहाँको भनाई थियो । धरान उपमहानगरपालिकाको आयोजनामा धरानमा ७० औं राष्ट्रिय प्रजातन्त्र दिवशको अवसरमा प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीले धरान बजार परिक्रमा गरेको थियो । सोही अवसरमा सभापती दउवाले धरानको भानुचोकमा राष्ट्रिय झण्डाको झण्डोतलोन समेत गरेका थिए । कार्यक्रममा पूर्वमन्त्रीहरु, संघीय संसद, प्रदेश संसद, धरानका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीयबासीलगायतको उपस्थिती रहेको थियो ।
यस्तै आजै नेपाली काँग्रेस धरान नगर समितिको भवनको शिल्यान्यास गरिएको छ । धरान १७ एन्फा एकाडेमी छेउमा रहेको डेढ कट्टा जग्गामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अर्का नेता रामचन्द्र पौडेलले भवनको संयुक्त रुपमा शिल्यान्सास गरिएका थियो । धरान १ भाडामा बस्दै आएको नेपाली काँग्रेस धरान नगर समितिको कार्यालय भवन निर्माणका लागि धरान १८ की वडा सदस्य दिलकुमारी राईले कार्यालय भवनको लागि डेढ कट्ठा जग्गा प्रदान गर्नुभएको थियो ।
