धरान रनलाई गोर्खा व्लड समुह हङकङको सहयोग

धरान÷गोर्खा ब्लड हङकङले प्रभु बैंक १० के धरान रन ८ औ नेवा च्यारटीलाई १० हजार बराबरको १२ जोर जुत्ता र मोजा प्रदान गरेको छ । सोमबार शिवमार्ग स्थित झुनाज फिटनेसमा एक कार्यक्रमको आयोजना गरी गोर्खा ब्लडका सदस्य प्रभात
राई र धरान उपमहानगरपालिका वडा १८ का अध्यक्ष प्रविण राईले संयुक्त रूपमा उक्त सामग्री धरान रनका अध्यक्ष रमु राईलाई हस्तान्तरण
गरेका थिए ।
प्रभात राईका अनुसार गोर्खा ब्लड समुहको सदस्यहरूबाट रकम संकलन गरी सामाग्री सहयोग गरिएको हो । प्राप्त जुत्ता यहि फागुन १० गते हुने धरान रनको १२ र १६ वर्ष समुहको महिला र पुरूष विजेता खेलाडीहरूलाई नगद संगै पुरस्कारको रूपमा प्रदान गरीने रमु राईले जनाए ।
हस्तान्तरण पश्चात बोल्दै वडाध्यक्ष राईले धरान रनका लागी सहयोग गरेकोमा गोर्खा ब्लड हङकङलाई धन्यवाद दिएका थिए । वडाले समेत रनका लागी वडा १८ का बाल क्लबको करिब २० जना बालबालिकाहरूको रनमा सहभागि गराउने उनले जनाए । धरानको
गौरवकोसंग जोडिएको रनका लागी निरन्तर रूपमा अरू संस्थाहरूबाट समेत सहयोग होस, वडाध्यक्ष
राईले आग्रह गरेका छन । युवाहरूलाई खेलकुदमा लागी अनुसाशित बनाउन रनले महत्वपूर्ण भुमिका खेलेको बताउँदै उनले ८ औ संस्करणको रनलाई शुभकामना समेत व्यक्त गरेका थिए ।
हङकङ निवासी नेपालीहरूको समुहको रूपमा रहेको गोर्खा ब्लड करीब ५ वर्ष देखि नेपाल र हङकङमा सकृय रूपमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएको सदस्य प्रभात राईले बताएका छन । यस समुहले विशेष गरी शिक्षा, स्वास्थ र हङकङमा हुने हरेक कार्यक्रमहरूमा स्वंयमसेवकको रूपमा सहयोग गर्दै आएको उनले बताए ।
हङकङका नेपालीहरूलाई स्वास्थ्य संगै सामाजिक कार्यमा संलग्न गराइ आवश्यक परेको बेला एक अर्कामा सहयोग सद्भाव होस भन्ने उद्देश्यका साथ समुह सुरू भएको राईले बताए । हाल यस समुहमा ३० जना सकृय सदस्यहरू रहेका छन । समुहको कुनै कोष नभएपनि सहयोगका लागी भने आवश्यकता अनुसार सदस्यहरू र हङकङमा बस्ने नेपालीहरू माझ रकम संकलन गर्ने गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया