लागू औषधसहित एक जना प्रक्राउ

धरान÷लागू औषध गाजा र अवैध मानिएको सालकको खपडा सहित एक युवकलाई धरान प्रहरीले प्रक्राउ गरेको छ ।
प्रक्राउ पर्नेमा सागुरीगढी गाउपालिका वडा नं. ३ घर भएका र हाल धरान ३ पुरानो बजारमा डेरामा बस्दै आएका २६ बषीय निरज लिम्बुलाई गाजा र सालकको खपडासहित आइतबार प्रक्राउ गरेको हो ।
प्रक्राउ परेका लिम्बुबाट प्रहरीले ५ सय ग्राम गाजा र ६ सय ५० ग्राम सालकको खपडा बरामद गरेको इलाका प्रहरीक कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो । प्रक्राउ परेका लिम्बुलाई लागू औषध कारोबारीमा मुद्दा चलाइएको डिएसपी न्यौपानेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया