कैलाली / कैलालीमा सर्वसाधारणले बन्दको प्रतिकार
गरेका छन् । सर्वसाधारण सडकमा उत्रिएर एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चा, नेकपा–माओवादी र पद्मरत्न तुलाधर नेतृत्वको आदिवादी जनजाति राष्ट्रिय आन्दोलन नेपालले गरेको बन्दको प्रतिकार गरेका हुन् ।
सर्वसाधारण अखण्ड सुदूरपश्चिम एकता समाजको अगुवाईमा बन्दको विरोधमा उत्रिएका हुन् । धनगढीको चटकपुरबाट सुरु भएको विरोध र्याली क्याम्पस रोडमा पुगेको थियो । उनीहरुले व्यवसायीहरुलाई पसल खोल्न आग्रह गरेका छन् । उनीहरुले व्यापारी–व्यापारी एक हौं अखण्ड सुदूरपश्चिम टक्र्याउन पाइदैन लगायतका नारा लगाएका छन् ।
माघ ८ नजिकिदै गर्दा धनगढीको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । बजारमा सबैजसो चोकमा सशस्त्र
प्रहरी र नेपाल प्रहरीलाई तैनाथ गरिएको छ । अघिल्लो संविधान सभामा
सुदूरपश्चिम अखण्ड रहने वा कैलाली र कञ्चनपुर अलग गर्ने भन्ने बारेमा विवाद हुँदा ३२ दिने आन्दोलन भएको थियो ।
