धरान÷बराह ग्रुपले पर्वाञ्चलमै पहिलो पटक स–साना नानीहरुलाई मानसिक रुपमा तयार गरी, बौद्धिक क्षमता अभिवृद्धि गर्दै मेडिकेटेड ढंगले कपाल काट्ने बराह किड्स सैलुन शनिवारदेखि सञ्चालनमा ल्याएको छ ।
स्थापनाको २५ औं दब्रियानमा २५ वटै व्यवसाय सञ्चालन गर्दै आएको बराह ग्रुपले हाल ६ सय भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएर राज्यलाई बार्षिक सवा करोड भन्दा बढी राजस्व बुझाउँदै आएको छ । बराह किड्स सैलुनको धरान उपमहानगपालिकाका प्रमुख तिलक राईले एक समारोहबीच उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै बराह ग्रुप धरान शाखाका प्रबन्ध निर्देशक मानबहादुर विक दियालीले भन्नुभयो राज्यले रोजगारीको अवस्था सिर्जना गरी युवा युवतीलाई रोजगारी दिनुपर्नेमा बराह ग्रुपले थोरै अंश भए पनि त्यसमा टेवा पु¥याएको छ । उहाँले भन्नुभयो बराह ग्रुप २५ बर्षे व्यवसायिक यात्रामा पछिल्लो पटक अत्याधुनिक सुविधा सम्पन्न बराह किड्स सैलुन सञ्चालनमा ल्याएको हो । यसभन्दा अगाडि धरान, भेडेटार, पोखरा, चितवन, काठमाण्डौ हुँदै युके, हङकङ, दुवई सम्म आफ्ना ग्राहकहरुलाई नुनदेखि सुनसम्मको सेवा सुविधा पु¥याउदै आएको छ । आफ्ना ग्राहक एवम् शुभचिन्तकहरुमा थप सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले धरानमा किड्स सैलुन सञ्चालनमा र भेडेटारमा बराह फेमिली किचन सञ्चालनमा ल्याएको हो । उहाँले भन्नुभयो बराह किड्स सैलुनमा अत्याधुनिक सुविधा सम्पन्न सामाग्री र दक्ष अनुभवि कर्मचारीबाट १५ बर्ष मुनिका बालबालिकलाई मनोरञ्जन प्रदान गर्दै कपाल काट्ने, छाला तथा नङका सम्पूर्ण सुविधाहरु उपलब्ध गराइएको छ ।
उद्घाटन समारोहमा बराह सपिङ्ग कम्प्लेक्स, बराह ज्वेलरी इण्डष्ट्रिजबाट बार्षिक रुपमा सर्वाधिक समानहरु खरिद गर्ने इन्दिरा आचार्य, अल्का गुरुङ्ग, सुष्मा श्रेष्ठ, रिता राई, अञ्जु आचार्य, फुलकुमारी लिम्बु, दिपा घिमिरे, लिला लिम्बुलाई गोल्ड मेडलबाट सम्मानित गरिएको थियो । बराह वाल संसार अन्तर्गत सञ्चालन हुने बराह किड्स सैलनु बाल संसारकै इकाई रहेको कार्यक्रमका सञ्चालक बराह ग्रुपका
धरानका प्रसासकीय प्रमुख गंगा कालिकोटेले जानकारी दिनुभयो ।
