धरान, २० पौष ः अहिले युवा पुस्ता समेत सेवाभावबाट प्रभावित बन्दै सामाजिक कार्यमा अग्रसर बन्न थालेका छन् ।
यसको पछिल्लो उदाहरण समर्पण अभियान नेपाल, युथ एण्ड स्टुडेन्ट फर पिस र युथ फेडेरेशन वल्र्ड पिस नामक संस्थाले गरेको सामाजिक कार्य उदाहरणीय बनेका छ ।
यी तीन संस्थाले प्राथमिकत तहमा अध्ययनरत स साना बालबालिकाहरुलाई विद्यालयमै गएर न्यानो लुगा वितरण गरेका छन् । सहयोगप्राप्त र परिश्रम गरेर जुटाएको रकम लिएर धरानबाटै गएर उनीहरुले रामधुनी नगरपालिका वडा नं. २ मा रहेको रामजानकी आधारभूत प्राथमिक विद्यालयमा अध्ययनरत मुसहर बस्तीका करिब एक सय जना बालबालिकालाई जाडोमा लगाउने ट्राउजर, ज्याकेट लगायतका न्याना कपडाहरु वितरण गरेको छ ।
सामाजिक कार्यमा अभिप्रेरित भएर गठन गरिएको यो संस्थाले गठन भएदेखि नै यस्ता सामाजिक कार्यमा अग्रसर हुदै आएको समर्पण अभियानका अध्यक्ष युनेश भण्डारीले बताए ।

धरानमा रहेका विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको समूहले संस्था गठन गरेर यसरी सामुहिक रुपमा सामाजिक कार्य शुरु गरेका छन् । समर्पण अभियानको यो कार्यको पंं्रशसा गर्दै देश तथा विदेशबाट समेत सहयोगका लागि रकम जुटने गरेको छ । यतिमात्र हैन उनीहरुले समय समयमा सामाजिक कार्यमा युवाको सहभागिताका विषयमा अन्तरक्रिया समेत गर्ने गरेका छन् । सहयोगी मनले स्थाना भएको समर्पण अभियानले एक बर्ष अगाडि यही समयमा धरानको भानुचौकमा चिया र सेलरोटी बेचेर जम्मा गरेको रकमबाट पकलीमा रहेको रामजानकी बृद्धाश्रममा गएर आश्रित बृद्धाहरुलाई २५ हजार बराबरका जाडाको सिरक तथा न्याना कपडाहरु वितरण गरेको समर्पण अभियानकी सदस्य रुविना कटुवालले बताइन् । यस्तै उनीहरुले स्वच्छ धरान सफा धरान अभियान बोकर समय समयमा धरानका महत्वपूर्ण स्थानमा सरसफाइसमेत गर्ने गरेका छन् । उनीहरुले ०७६ वैसाख ७ गते धरान १७ मा रहेको किरात पार्क सरसफाइ गरेका थिए । यी र यस्ता धेरै उदाहरणीय काम गरिसकेको समर्पण अभियानको कामको उदाहरणीय काम देखेर धरानका सर्वसधारणले समेत उनीहरुको प्रशंसा मुक्त कण्ठले गर्ने गरेका छन् ।
