पूर्व राजालाई भेट्न सर्वसाधारणदेखि नेतासम्म

दमक (झापा)÷यतिबेला नेपालका पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाह केही दिनको विश्रामका लािग झापाको दमक स्थित हिमायल चिया बगानमा रहनु भएको छ ।
गत हप्ता काठमाण्डौ भद्रपुर नियमित उडानबाट झापा आइपुग्नु भएका पूर्व राजालाई हजारौ सर्वसाधारणले एयरपोर्टमै भव्य स्वागत गरेका थिए । स्वागतमा पुगेकाहरुले राजा आउ देश बचाउ भन्ने नारा समेत लगाएका थिए । पत्नी कोमल राज्य लक्ष्मी देवी शाहसँगै चिया बगान आइपुग्न पूर्व राज दम्पत्तिलाई हम्मे हम्मे परेको थियो । पूर्व राजाको आगमनको सूचना पाएका सर्वसाधारण पूर्व पश्चिम राजमार्गको चौक चौकमा हातमा पुष्पगुच्छा लिएर स्वागतका लागि घण्टौदेखि प्रतिक्षामा रहेका थिए ।
पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहलाई भेट्न यतिबेला झापाको दमकस्थित हिमालय चिया बगानमा दैनिकजसो हज्जारौ सर्वसाधारणका अलावा राष्ट्रिय राजनीतमा सक्रिय राजनैतिक दलका नेता, उद्योगी, व्यापारी, बुद्धिजीविहरु पुग्ने गरेका छन् । राज्य संयन्त्रप्रति असन्तुष्ट जनाउँदै दैनिक जसो चढाइएको ज्ञापनपत्र मात्र हजारौ पुगेको बताइएको छ ।

तपाईको प्रतिक्रिया