झापामा दुर्घटनामा एकको मृत्यु

झापा÷झापाको कन्काई नगरपालिका–४ स्थित पूर्व पश्चिम राजमार्गको कोटीहोम स्थितमाट्रक र कार संग मोटरसाईकल ठक्कर खाँदा एक जनाको मृत्यु मृत्यु भएको छ ।
मंगलबार बिहान ६ बजेको समयमा सडकको छेउमा रोकी राखेको ना ५ ख ७६६० नम्बरको ट्रकमा पश्चिम बाट पूर्व तर्फ आउँदै गरेको को ३९ प ७५४ नम्बरको मोटरसाईकल ट्रकको पछाडी आफै ठोकिएर उछिटिएको थियो । सोही समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च ४२८१ नम्बरको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो । कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोरङको अमरदह नगरपालिका–२ बस्ने बर्ष २३ को किशन शाह रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका साहलाई उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड पु¥याएको थियो । तर पु¥याउने वितिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । ट्रक, ट्रक चालक, कार र कार चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया