धरान÷ आज २५ गते धरानमा प्रदेश १ स्तरिय पहिलो स्टेट वान सिङ्गिङ आइडलको ग्राण्ड फिनाले हुँदैछ । ग्राण्ड फिनाले धरान ८ स्थित सभागृह हलमा हुने भएको हो ।
१ नं प्रदेशका ओझेलमा परेका गायन प्रतिभालाई उजागर गर्ने उद्देश्ले रेडमुन इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको स्टेट वान सिङ्गिङ्ग आइडलमा विभिन्न चरणको अडिशन तथा निर्णायकहरुको विभिन्न चरण पार गर्दै फिनालेको लागि नौ जना प्रतियोगीहरु भिड्दैछन् । भोजपुरको सुदेश राई, झापाकी जस्मिन बराल, सुनसरीकी प्रिया लामा, उदयपुरकी शोभा तामाङ, पाँचथरको डेबिट लिम्बु, धनकुटाकी शान्ता लिम्बु, धनकुटाको हिमाल मगर, सुनसरीकी गोमा कुलुङ्ग र झापाको समिर मोते लगायत नौ प्रतिस्पर्धीहरुले ग्राण्ड फिनालेमा देखाउने आफ्नो गायन प्रस्तुतिबाट पहिलो स्टेट वान सिङ्गिङ्ग आइडलको छिनोफानो हुनेछ ।
बरिष्ठ गायक दीप श्रेष्ठ प्रमुख निर्णायक रहने स्टेट वान सिङ्गिङ्ग आइडलको अन्य निर्णायकहरुमा दक्षिण कोरियामा एक समय कोरियन गीतहरु गाएर नाम कमाउनु भएका तथा हाल एनआरएन कोरियाका सल्लाहकार गंगाराज राई र संगीतकार, गायक तथा प्राज्ञ
रामकुमार राजधामी रहने छन् । स्टेट वान सिङ्गिङ्ग आइडलको बिजेताले भेस्पा स्कुटी, दोस्रोले ७० हजार र तेस्रोले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
