धरान÷ धरानमा उप निर्वाचनको मिति नजिकिदै गए पनि सुकुम्बासी, गरिब, असहाय र उपेक्षितहरुलाई चुनावको रौनकता नै छाएको छैन ।
मंसिर १४ गते हुने उप निर्वाचनका लागि प्रमुख पदकालागि दलका तर्फ १३ र १० वटा स्वतन्त्र उमेद्वारी परे पनि सुकुम्बासी, गरिव तथा सहायहरुले विगतमा समेत निर्वाचित भएर गएकाहरुले केही नगरेको गुनासो पोखेका हुन् ।
दलहरुहरुले घर दैलोलाई व्यस्त बनाएको बेला धरान १६ एक अपांगले अपांग तथा सहायकहरुका लागि नेतृत्वले कहिल्यै केही नसकेको बताएका छन् । अपांगका लागि शिक्षा, स्वास्थ्य, रोजगारका विषयलाई नेतृत्वले अहिलेसम्म केही नगरेकोे गुनासो धरान १६ का सुकुराम लिम्बुले गर्नुभएको छ ।
त्यसो यस भन्दा अगाडि निर्वाचित भएर गएका जनप्रतिनिधिहरुले सुकुम्बासी बस्तीको विकासमा खासै ध्यान नदिएको गुनासो सुम्बासीबस्तीका सर्वसाधारणले गुनासो गरे । सुकुम्बासीलाई भोट माग्ने माध्यम बनाएर नेतृत्व माथि पुग्ने तर जितिसकेपछि उनीहरुका जीवनस्तर, त्यस ठाउका विकासमा ध्यान नदिने गरको गुनासो उनीहरुको छ । विगतको स्थानीय चुनावमा सुकुम्बासीको व्यवस्थापन, शिक्षा, स्वरोजगार, स्वास्थ्यका साथै बाटाघाटा, ढल, बाढी नियन्त्रणका लागि काम गर्ने भनेर जितेर गएपछि एक पटक फर्केर नहेरको गुनासो धरान १६ लोकतान्त्रिक बस्तीकी कमला राई बताउनुहुन्छ ।
उनीहरुले अझै पनि आफ्नो गाउको विकास हुने विश्वास गर्न भने अझै छोडेका थिएनन । धेरै कुरा नभए पनि खानेपानी समस्या, विजुलीबत्ती, ढलको समस्या, बाटोको समस्या र बर्षेनी सर्दु खोलाको बाढीले पु¥याउने भएकोेले खोलामा तट्बन्द मात्र लगाइदिए हुन्थ्यो भन्नुहुन्छ धरान १६ नौला पथकी दुर्गा श्रेष्ठ ।
चुनावी घोषणापत्रमा नेताहरुले आदिवासी जनजाति, सुकुम्बासी, गरिब असहायका विषयमा ठूलो योजना लिएर आए पनि १ प्रतिशत काम समेत नगरेको गुनासो उनीहरुको छ । उनीहरुले चुनाव जितेर गएपछि पहुचवाला, नजिकका आ आफन्तहरुको जालोमा पर्ने तर गरिब, असहाय, सुकुम्बासीको काममा कहिल्यै ध्यान नदिने आरोप लगाए । पटक पटक मतदानको प्रयोग गर्दै आएका उनीहरुले आफूले गरेको मतको सदुपयोग कहिल्यै नभएको बताउदै यसपटक भने सोचेर, बुझेरमात्र मत हाल्ने बताए ।
