धरान १४का बृद्धबृद्धा जानकी मन्दिरमा दर्शन गर्न पुगे

धरान÷धरान १४ का बृद्ध लालबहादुर गिरी जनकपुरको जानकी मन्दिर पुग्दा अन्त्यन्तै दंग देखिन्थे । मिथिल्ला राज्यमा रहेको जनकपुरधामको महिको बारेमा आफूले थाहा पाएदेखि नै ७० बसन्त पार गरेका उनले जाने इच्छा नगरेका हैनन् । घरायसी समस्या, आर्थिक अवस्थाका कारण उनी त्यहाँसम्म जान पाएका थिएनन् । उनले धरान १४ विजयपुरमा बर्षौदेखि बसोबास गर्दै आएका ६० देखि ९० बर्ष उमेरका बृद्धबृद्धालाई जनमपुरधाम भ्रमणमा लादा उनले यस्तो बताएका हुन् । उनले भने–‘जनकपुर धाम कस्तो छ भन्ने खुल्दुली भएपनि आउन पाएको थिइन, आज आएर हेर्दा अत्यन्तै राम्रो धार्मिक क्षेत्र रहेछ, वडा न. १४ का वडाअध्यक्षलाई धन्यवाद दिन्छु ।’
भ्रमण टोलीमा गएका विजयपुरका सबैभन्दा बृद्धा मानिएका दिलबहादुर गिरीले समेत जीवनमा आउन नपाएको ठाउमा आएर दर्शन गर्न पाउदा अत्यन्तै खुशी लागेको बताए । उनले भने–‘छोराछोरीलाई यहाँ ल्याउन धेरै कर गरे, उनीहरुले कहिल्यै भ्याएनन्, धरान धरान १४ का वडाअध्यक्षले आफ्नो इच्छा पूरा गरिदिए ।’
यी दुई त प्र्रतिनिधि पात्र मात्र हुने शुक्रबार धरान १४ विजयपुरका वडाअध्यक्ष भट्टराइले तीर्न वटा सवारी साधनमा राखेर १ सय ५० जना बृद्धबृद्धालाई लिएर जानकी मन्दिर पुगेका थिए । त्यहा पुग्ने वित्तिकै बृद्धाबृद्धाहरु सबै नै प्रफुल्ल देखिन्थे । कहिल्यै नपुगेको यो स्थानमा पुग्दा उनीहरुले आफूलाई धन्य भएको समेत बताएका थिए । टोलीमा ९४ जना बृद्धा र ५६ जना बृद्ध रहेका थिए ।
वडाको कार्य विवरण लक्षितबर्ग योजना अनुसार यो जेष्ठ नागरिक भ्रमण गराइएको वडाअध्क्ष कृष्ण प्रसाद
भट्टराईले बताउनुभयो । भ्रमणको प्रमुख उद्देश्य बृद्धबृद्धाको सम्मान गर्नुका साथै धरान १४ लाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित गराउन रहेको उहाले बताउनुभयो ।
टोलीमा धरान १४ का सबैभन्दा बृद्धा नन्दकुमारी श्रेष्ठ र बृद्ध दिलबाहादुर गिरीको समेत उपस्थिति रहको थियो । टोलीमा वडाअध्यक्ष भट्टराई सहित बृद्धाहरुलाई स्वास्थ्यमा समस्या नआओस र प्राथमिक उपचार गर्न सकियोस् भन्ने अभिप्रायले स्वास्थ्य क्लिनिक कर्मचारी ४ जना समेत लगिएको वडा सदस्य शोभा पुलामी
राईले जानकारी दिनुभयो । बृद्धाबृद्धालाई केही समस्या नहोस् भनेर खाना ,खाजा, रोटी, फलफुल समेत लगिएको वडाअध्यक्ष भट्टराईले बताउनुभयो । लक्षित वर्ग अन्तर्गत भ्रमण गराइएको बताउदै उहाले वडाबासी जेष्ठ नागरिकहरूलाई जानकी धाम पु¥याउन पाउदा आफूलाई अत्यन्तै खुशी लागेको बताउदै भ्रमणपछि उहाहरुले आफूलाई धन्यवाद दिएको समेत बताउनुभयो ।

तपाईको प्रतिक्रिया