नेपाल मेरो जन्म थलो हो भने भारत मेरो कर्मथलो : मिसेस युनिभर्स विजनेश लेडी–पिंकी प्रशान्त राजगरिया

पिंकी प्रशान्त राजगरिया ÷संघर्षले चुमेका सफलता पछिको एक चर्चित पात्र । पारिवारिक संकीर्णता भित्रबाट ग्लामर दुनियाँमा नक्षत्रका रुपमा उदाएकी राजगरियाले भारतमा विविध क्षेत्रमा एक चर्चित ग्लामरको छवि बनाउन सफल हुनु भएको छ । भारतको मुम्बइलाई कर्मक्षेत्र बनाउनु भएकी राजगरियाको जन्म थलो भने नेपालको  धरान नै हो ।
मानिसले चाहना र अठोट भए के गर्न सक्दैन ? उत्कट चाहना र अठोटसँगै आफ्नी आमा चन्द्रकलादेवी अग्रवालको प्ररणाबाटै आफू विविध क्षेत्रको ग्लामर दुनियाँमा स्थापित भएको राजगरिया बताउनुहुन्छ । उहाँल Mrs Universe Business Lady 2017, Mrs Asia She is Asia 2017, Mrs Asia Universe 2017, Mrs Eastern India 2016, Mrs India Fitness 2016, Mrs Most Popular Mrs India 2016 को उपाधि हाँसिल गरिसक्नु भएको छ । बाल मनोविज्ञ समेत रहनु भएकी राजगरियाले माता चन्द्रकला भवन ट्रष्ट समेत सञ्चालन गर्दे आउनु भएको छ । Brand Ambassador of VDIS समेत रहनु भएकी उहा Global Infrprojects Developers (Developers and Builders), Global Metal Forgings Limites (MFR. and Exporter of closed Die fogrings and Precision Mochined Componets) को CEO समेत हुनुहुन्छ ।
सन १९७६ अक्टुबर दोस्रो हप्ता धरानमा जन्मनु भएकी पिंकी प्रसान्त राजगरियाको प्रारम्भिक शिक्षा धरान ३ स्थित मेरिगोल्ड बोर्डिङ्ग स्कुलमा भएको थियो । तीन दाजुकी एक्ली बहिनी, कमजोर पारिवारिक आर्थिक स्थिति, बाबु आमाको अलग बसाइका कारण थप अध्ययनका लागि दाजुसँग काठमाण्डौ जानुभयो । उहाँले पूर्णेबाट ग्रायजुएट गरेपछि पुर्णेकै एक कट्टर मारवाडी परिवारमा उहाँको विवाह भयो । धरकी जेठी बुहारी, २२ जनाको ठूलो परिवार, सानो घर उहाँमा नैरास्यता जाग्नु स्वभाविक थियो । तर आफ्ना बाबा स्व. मनोहरलाल अग्रवाल र आमा चन्द्रकला देवीले दिएको एउटा राम्रो सँस्कारले उहाँलाई एडजस्ट हुन कुनै समस्या भएन । नेपालको प्राकृतिक सुन्दरता, भाइचारा, धार्मिकता, विविध जाति बीचको एकता अनुकरणीय रहेको र दाजु बहिनीबीचको प्रेम जुन छ त्यो संसारमा नरहेको राजगरियाको अनुभव छ ।


आफ्नो क्यारियरको प्रेरणा स्रोत आमालाई मान्नु हुने उहाँ भन्नुहुन्छ मेरी आमाले स्कुलको ढोकासम्म देख्नु भएको थिएन । उहाँकै प्रेरणाले मैले २०१६ मा मिसेस इन्डियामा भाग लिए । त्यसपछि इस्टर्न मिसेस इण्डिया २०१६, मिसेस फिटनेश २०१६ जिते । मिसेस मस्ट पपुलर मिसेस इन्डिया २०१६ जितेपछि मिसेस युनिभर्सबाट आफर आयो । मिसेस इण्डिया जितेर मिसेस युनिभर्समा जाँदा मैले नेपालका बारेमा कुरा गर्न सम्भव थिएन भन्दै राजगरियाले मिसेस एसियामा गएपछि मात्र मिसेर यिुनिभर्समा जाने सोच बनाउनुभयो । सन् २०१७ मा उहाँले मिसेस युनिभर्स विजनेश लेडी जित्दा नेपालको आर्थिक अवस्था, प्राकृतिक सुन्दरता, बुद्ध, पशुपतिनाथ, स्वयम्भू, मुक्तिनाथको व्याकग्राउन्ड लिएर जानु भएको थियो । नेपालकी जीवित देवी कुमारीको फोटो उहाँले मुकुटमा हाल्नु भएको थियो । म नेपाली छोरी हुँ भनेर भन्दा धेरैले नेपाल भारत नै हो भन्दा उहाँले त्यसको प्रतिवाद गर्नुभएको थियो । साउथ अफ्रिकाको डार्बरमा ९८ देशका प्रतिष्पर्धीबीचमा उहाँले नेपाल छुट्टै देश हो भारत छुट्टै देश भन्दै नेपालका बारेमा प्रशंसा गर्नुभएको थियो । उहाँले युनभर्स विजनेश लेडी २०१७ जितेर फर्किएपछि टिवी इण्डष्ट्रिजबाट अफर आए पनि कुनैमा आवद्ध हुनु भएन । उहाँले त्यहाँ गएर पैसा कमाउने उद्देश्य नराखी नेपाल र भारतकालागि केही गर्नुपर्छ भनेर VDIS (वल्लव दाशडाग्रा इन्डियन सोसाइटी स्कुल) को एम्बास्डर भएर काम गर्न थाल्नुभयो । सूचना एनजिओको ब्राण्ड एम्बास्डर, चिंगारी शक्ति फाउन्डेशन भन्ने एनजिओ उहाँ आफै सञ्चालन गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा प्रतिपादित वेटी बचाउ बेटी पढाउमा एडभोकेट, बाल वमनोििवज्ञानको काउन्सिलिङ्ग समेत गर्दैै आउनु भएको छ ।
नेपालको टुरिजमलाई वल्र्ड वाइड प्रमोट गर्न योगदान दिने भन्दै उहाँले वारम्बार दोहो¥याउनु भयो नेपालीहरु बीचको भाइचारा, यहाँको प्राकृतिक सुन्दरता, यहाँको साँस्कृतिक परम्परा, धार्मिक सहिष्णुता संसारमा कही पाइदैन । नेपाललाई विकसित मुलुक बनाउन यी कुराहरुको प्रचार प्रसार आवश्यक छ । उहाँले नेपालको सुन्दरतालाई प्रमोट गर्न सबैमा आग्रह समेत गनुभएको थियो । यसपटक हामीले केही दिनका लागि धरान आउनुु भएकी नेपालीकी छोरी राजगरियासँग साक्षात्कार गरेका छौं । प्रस्तुत छन् साक्षत्कारका सारसंक्षेप :

तपाईले आफनो क्यारियरको डेभलप कसरी गर्नुभयो ? यसको प्रेरणा सोत को हो ?
–मेरी आमा ।
भारतमा बसेर धेरै गर्नुभएको छ । आज संसारले तपाईलाई चिन्छ । नाम र इज्ज्त कमाउनु भएको छ । एउटा कट्टर मारवाडी परिवारकी छोरी, बुहारी कसरी बाहिर आउनुभयो ?
–मेरो प्रररणाको स्रोत नै मेरी आमा
हो । सबैलाई म एउटा कुरा भन्न चाहन्छु मेरी आमाले कहिल्यै पनि स्कुलको ढोका समेत देख्नु भएको थिएन । तर उहाँले मलाई अगाडि बढाउन यतिसम्म गर्न सक्नु हुन्छ भन्ने कसैले विश्वासै गर्न सक्दैन । मेरो बुबा आमाले मलाई पढाएनन मात्र सेकेन्ड सिटिजनसीप बनाउनु भएको छ । मैले मेरा देशका लागि केही गर्नुपर्छ । मैले पहिला २०१६ मा मिसेस इण्डियामा भाग लिएँ । त्यसपछि मिसेस इण्डिया २०१६ जितेँ । यसैगरी अन्य उपाधि जित्दै गएँ ।
तपाई नेपालका बारेमा के भन्न चाहनु हुन्छ ?
–नेपाल अत्यन्तै सुन्दर छ, प्राकृतिक, साँस्कृतिक, सम्पदामा धनी छ । यो विश्व व्यापी भएको छैन । अब यसलाई विश्वव्यापी करण गर्नुपर्छ । म धरानमा, नेपालमा जन्केको हो नेपालको टुरिजमलाई कसरी सहयोग पु¥याउन सकिन्छ त्यसमा काम गर्छु ।
तपाईको समाजमा छोरी चेलीलाई बाहिर निस्कन पनि गाह्रो पर्छ । कसरी संघर्ष गर्नुभयो ?
– मैले धेरै संघर्ष गरे । म दुई वटा छोरीको आमा भएपनि मलाई धेरै दबाब आउथ्यो । मिसेस इन्डियामा गएर के
हुन्छ ? छोरीहरुलाई के शिक्षा दिन्छौं भन्थे । बाहिरका मान्छेले के के भन्थे त्यो छोड्नुस आफ्नैले त्यसो भने । आज म सबैका प्रेरणा भएको छु । म भन्छु केटीहरुलाई बाँधेर  नराख्नुस् ।
पाईले भन्नुभयो मेरो प्रेरणाको स्रोत आमा हो भनेर कुन आमा जन्म दिने कि कर्म दिने ?
–मेरो जन्म दिने आमा ।
आमाले त्यहाँ गएर प्रेरणा  दिनुभयो ?
–होइन । उहाँले भन्नुभयो मिसेस इण्डियाको फर्म फिल गरेपछि तिमी मेरो छोरी हौं रामो काम गर्छौै । अगाडिको जीवन सबैको संघर्षपूर्ण हुन्छ । मैले संघर्ष गरे । संघर्ष गरेपछि सफलता मिल्छ । म कहिलेकाही निराश हुँदा आमाले फोन गरेर भन्नुहुन्थ्यो निराश नुहुनु । अगाडि बढ्दै जानु । मेरो आमाले क ख लेख्न जान्नु हुन्न । तर त्यसरी प्रोत्साहन गर्नु हुन्थ्यो । मेरीे जीवन संघर्र्ष पूर्ण थियो । मेरो आमाले भन्नु हुन्थ्यो संघर्ष गरेपछि नबोल्ने भगवानले पनि दिन बाध्य हुनुपर्छ ।
तपाईर्ले घर परिवारबाट कस्तो सहयोग पाउनु भएको छ ?
–मेरो छोेरीहरुले धेरै सहयोग  गरिरहेका छन् ।
छोरीहरुले हैन, परिवारमा श्रीमान, सासु, ससुरा, सोसाइटी, आफन्तजनबाट ?
–सोसाइटीले संघर्ष गर्दा धेरै धेरै निराश गरे । उनीहरुलाई मेरो कामलाइ ग्रहण गर्न धेरै गाह«ो भएको थियो । धेरै प्रश्न गर्थे । उनीहरु भन्थे के गर्ने तिमी त्यहाँ गएर ? यो ग्लामरको दुनियाँ हो । दाई म तपाईलाई एउटा कुरा भन्छु म साडी, विन्दी लगाएर गएँ तर पनि जितेर आएँ । म भन्छु यो ग्लामरको दुनियाँ होइन । मेरो श्रीमानले मलाई सपोर्ट गर्नु भएको थियो तर एउटा रेक्टिक्सन हुन्छ । श्रीमानले पनि कतिसम्म सर्पोट गर्न सक्छ । एक समय सम्म गर्न सक्छ । त्यहाँ आमा बुबा हुन्छन् । आज म राजस्थानी परिवारमा विश्वास गर्छु । म त्यस घरकी सबै भन्दा ठूलो बुहारी हुँ । म कहिल्यै विर्सन म अग्रवाल समाजलाई प्राथमिकता दिन्छु । तर मेरो सपना पूरा गर्न मौका दिनुस् । म तपाइलाइ प्राउड गर्छु ।
तपाईका लक्ष्यहरु के के छन् त अब ?
–म चाहन्छु हरेक छोरी शिक्षित होऊन हामो देशको । हरेक छोरीलाई उनीहरुका सपना पूरा गर्न म जहिल्यै पनि तयार छु र म जहिल्यै त्यही हुन्छु । म एकभोकेट गर्छु बेटी बचाउ बेटी पढाउ । छोरीलाई बचाए न हामी छोरीलाई पढाउन सक्छौं ।
तपाई यो काम गर्न फन्ड कहाँबाट जुटाउनुहुन्छ ?
–मेरो परिवारको सहयोग छ । म चाइल्ड स्कुलमा काम गर्छु त्यहाँबाट मलाई सहयोग हुन्छ । हाम्रो बम्बइमा डा. पवन सुरेका हुनुहुन्छ । जो चाइल्ड स्पेशिलिष्ट हुनुहुन्छ । उहाँले धेरै सहयोग गर्नुहुन्छ । म कहिलेकाही निराश भएँ भने त्यहाँ जान्छु । म तिमीसंगै छु तिमी अगाडि बढ भन्नुहुन्छ । उहाँ मेरो बुबा जस्र्तै हुनुहुन्छ । त्यति ठूलो अर्गनाइजेशनको ब्राण्ड एम्बास्डर बनाइदिनुभयो ।
तपाइलाई त्यत्रो जिम्मेबारी किन दिएको होला ? तपाईलाई के फिल भइरहेको छ ? तपाई राम्री, इमान्दार देखेर हो कि कुनै खुवी देखेर के हो ?
–मलाई लाग्छ मेरो कडा परिश्रम देखेर होला ।
तपाइ राम्री हुनुहुन्छ, त्यसैले होला हैन ?
–हा….हा….हा..हा.. । होइन होइन । हरेक नारी सुन्दर हुन्छन । म काम गर्दा कहिल्यै पछाडि फर्केर हेर्दिनँ । जबम्म म त्यो लक्ष्यमा पुग्दिन तवसम्म पछाडि फर्किदिन ।
तपाइलाई म राम्री छु भनेर फिल हुन्छ कि हुँदैन ?
–राम्रो मनले हुनुपर्छ । फेसले केही हुँदैन । काम गर्ने दर्विलो लक्ष्य हुनुपर्छ । त्यसपछि सबै कुरा राम्रो हुन्छ ।
तपाइ दुईजना नानीको आमा पनि हुुनुहुन्छ । तपाईले शरीरलाई कसरी मेन्टिनेन्स गरिरहनु भएको छ ?
–म योगा, जिम दैनिक एक घण्टा गर्छु । वाक पनि गर्छु । ममा जिम्मेवारी छ । मिस इन्डिया फिटनेश २०१६ बनेको छु । म फिट त मेरो फेमिली फिट ।
भारत सरकारले तपाईलाई कुनै किसिमको जिम्मेवारी दिएको छ ?
–अहिलेसम्म त्यस्तो छैन ।
तपाइ नेपालकी छोरी पनि हो । नेपालका लागि के गर्छु भन्ने सोच बनाउनु भएको छ ? कुनै च्यारिटी खोल्ने, स्कुलहरु बनाइ दिने, कसैका नानीहरु पढ्न पाएका छैनन् । तपाईले छोडेर गएको ठाउँ अहिले पनि उस्तै छ । केही गर्ने सोच बनाउनु भएको छ ?
–सबैभन्दा पहिला हामीले नेपालमा छोरीहरुको स्थिति सुधार्नु पर्छ ।
कसरी सुधार्ने ?
–शिक्षा महत्वपूर्ण हो । हरेक छोरीलाई अनिवार्य शिक्षा दिनुुपर्छ । त्यसपछि नेपालको सुन्दरता भनेको हेरिटेज हो । यस्तो कही पनि छैन । यहाँ पहाड छ, नदी छ । यसलाई प्रमोट गरेर आर्थिक समृद्धि ल्याउनुपर्छ । जसले हाम्रा छोरीहरुलाई अगाडि बढाउन सक्छौं ।
यसका लागि समय लाग्छ । तत्कालका लागि तपाइका केही सोच छ ?
–तत्कालका लागि त मैले यहाँका शिक्षा सम्बन्धी गतिविधि नियाल्नुपर्छ । मैले यहाँका स्कुहरुको भ्रमण गर्नुपर्छ । त्यहाँ मैले कसरी आर्थिक सहयोग गर्न सक्छु, त्यो कुन माध्यमबाट दिनुपर्छ त्यसको म अध्ययन गर्दैछु ।
तपाइ यहाँ सहयोग गर्न चाहेको फन्ड कसरी र कहाँबाट जुटाउनुहुन्छ ?
–मेरो श्रीमानको मार्केटिङ्ग डिभिजन म आफै सम्हाल्छु ।
अनि त्यो पैसा यहाँ खर्च गर्न सक्नु हुन्छ ?
–किन नसक्नु । त्यो मेरो पैसा हो । म यहाँ जन्मेकी हुँ । नेपाल म जन्मेकोे देश हो । पहिलो प्राथमिता मेरो देश हुन्छ । मेरा यहँ दाजु भाइ छन् । यो मेरो जन्म स्थान हो । भारत मेरो कर्म स्थान हो । पहिला जन्म स्थानलाई सुधार्नुपर्छ । कर्मस्थान त सुधारी हाल्छु ।
त्रजन्म स्थानबाट कर्म स्थानमा गएर यत्तिको प्रगति गर्दा तपाईलाई कस्तो अनुभव भइरहेको छ ?
–मलाई प्राउड लाग्छ । अहिले पनि अग्रवाल समाजमा धेरै रुढीवाद छ । आइमाईहरुलाई बाहिर काम गर्न दिदैनन् । यो नगर भन्छन्, त्यो नगर भन्छन् ।
तपाइ संघर्ष गरेर त्यत्रो ठूलो ठउँमा पुग्नु भएके छ । नेपालका छोरीहरुलाइ के भन्न चाहनुहुन्छ ?
–म एउटा म्यासेज दिन चाहन्छु । एउटा केटी आमा बन्न सक्छे भने उसले संसारमा जे पनि गर्न सक्छे । आफनो क्षमतालाई बाहिर ल्याउनुस्, आफ्नो देशलाई प्रमोट गर्नुस, आफ्नो सोसाइटीलाई प्रमोट गर्नुस्, आफनो मान्छेलाई प्रमोट गर्नुस् ।
अन्तमा केही भन्नु छ ?
–मेरो नेपाल मलाई प्राण भन्दा प्यारो छ । मेरो तर्फबाट तिहार, छठको सबैमा शुभकामना । बस †

 

तपाईको प्रतिक्रिया