धानमा फौजी कीराको प्रकोप बढेपछि कृषक चिन्तित

धरान÷ धानबालीमा लाग्ने फौजी कीराका कारण यो बर्ष धरानका कृषकहरु चिन्तित बनेका छन् । धान खेतिबाट गुजारा चलाउदै आएका उनीहरु यो बर्ष कीराको प्रकोप बढेसंगै बाला लागिसकेको धान काट्न हतारोमा छन् । धानमा फौजी किराको प्रकोप बढ्दै गए पछि कृषकहरुले समय अगावै धान काट्न थालेका हुन् । बाला लागिसकेका अवश्थामा रहेका धानबाली थप मासिन नदिन कृषकहरुले समय अगावै धान काट्न थालेको कृषहरु बताउछन् ् ।
गत वैशाख देखि देशका विभिन्न क्षेत्रमा फौजी किराको प्रकोप बढ्दै गएको छ । फौजी किराले धानको बालालाई नष्ट गर्ने गरेको छ । सुनसरीको धरान, बराहक्षेत्र, पकली लगायतका स्थानमा फौजिकिराको प्रकोप देखिए पनि धरानका कृषकहरुले भने समय अगावै धान काट्न थालेका छन् । पाकि सकेका धानका बाला किराले तोडिदिन थाले पछि बाँकी रहेका धान जोगाउनकै लागि भए पनि समय अगावै धान काट्नु परेको कृषक सुकबहादुर सम्वाम्फेको भनाई छ ।
धरान स्थित पानवारीमा करिब २० रोपनी क्षेत्रफलमा लगाएको बालि फौजी किराले नष्ट गरेको छ ।
बराहक्षेत्रका किसानहरुले भने विषादी छर्किएर धानबाली जोगाउन खोजिरहेका छन् । धरानको पानवारीमा देखिएको फौजी किरा मिथिम्ना सेप्राटा प्रजातीको रैथाने फौजी किरा रहेको किरा वैज्ञानिकहरुको भनाई छ । मौसम परिवर्तनका कारण रैथाने फौजी किराको प्रकोप बढेको वैज्ञानिक क्षेत्रीय कृषि अनुसन्धान कार्यालय, इटहरीका कीरा वैज्ञानिक किशोर भण्डारी बताउँछन् ।
समय अगावै धान काट्नु परे पछि उत्पादन घट्ने भएकाले कृषकहरु चिन्तित बनेका छन् । राती लुकेर बस्ने राती भए पछि बालामा उक्लिएर काट्ने
गरेको छ । फौजी किराको प्रकोप बढ्दै गए पछि स्थानीय सरकारले पनि चासो देखाउन थालेको छ ।

तपाईको प्रतिक्रिया