फाहोर फाल्ने डम्पिङ साइट नहुदा धरानमा समस्या

धरान÷सुनसरीका दुई उपमहानगर इटहरी र धरान दुवै उपहमानगरका डम्पिङ साइड नुहदा सबै फोहोर धरान÷सुनसरीका दुई उपमहानगर इटहरी र धरान दुवै उपहमानगरका डम्पिङ साइड नुहदा सबै फोहोर चारकोशे झाडी भित्र भएर वग्ने सेउती खोलामा फालिने गरेको छ ।  दुवै उपमहानगर पालिकाहरुको डम्पिङ साइड चारकोशे झाडी बनेको छ । इटहरीले व्यवस्थित  डम्पिङ साइड बनाउन सकिरहेको अवस्थामा  धरानले भने निजि क्षेत्रको सहकार्यमा व्यवस्थित डम्पिङ साइड निमार्ण गरेको छ । भेन्चर वेष्ट टु इनर्जी प्रालिको सहकार्यमा धरानले व्यवस्थित  डम्पिङ साइड बनाउदै फोहोर वाट मोहर निकाल्ने भएको छ ।  धरान उपमहानगरपालिकामा फोहोर प्रशोधन गरि बायो ग्यास उत्पादन हुने भएको छ । भेन्चर वेष्ट टु इनर्जी प्रालिले धरान उपमहानगरापलिकाको सहकार्यमा   धरानको फोहार संकलन गरि वाँयो ग्याँस र जैविक मल उत्पादन गर्ने भएको हो । ग्यास र जैविक मल उत्पादनका लागि २४ करोडको लागतमा प्रशोधन केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ ।   धरान–६ स्थित पानवारीमा डेढ वर्ष अघि निमार्ण सुरु गरिएको प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएसंगै बायो ग्याँस र जैविक मल उत्पादन सुरु हुने भएको छ । प्लान्ट निर्माण कन्सलटेन्ट ईन्जिनियर  विवेक अग्रवालले दशै पश्चात लगत्तै बायो ग्यास र जैविक मल उत्पादन सुर गर्ने बताउनुभयो । पानवारीमा १६ का जमिनमा  निर्माण गरिएको प्लान्टबाट बायो ग्यास र मल उत्पादन गर्न लागिएको उहाले बताउनुभयो । प्लान्ट पूर्ण क्षमतामा संचालन गर्दा  दैनिक १२ सय केजी बायो ग्यास र ४ सय केजी जैविक मल उत्पादन हुने अग्रवालले बताउनुभयो । उहाले करिब डेढ महिनासम्म टेष्ट गरेर दैनिक उर्जा उत्पादन गर्न लागिएको जानकारी दिनुभयो । धरानमा सर्बसाधारणले फालेको फोहोर संकलन गरि बायो ग्याँस र जैविक मल उत्पादन गरिने ईन्जिनियर अग्रवालले बताउनुभयो  । प्लान्टको दैनिक ५० टन फोहोर प्रशोधन गर्ने सक्ने क्षमता भएको ंअग्रवालले बताउनुभयो । कम्पनीले केमिकल प्रयोग नगरी उर्जा उत्पादन गर्ने लक्ष्य लिएको र सोही अनुसार प्लान्टको डिजाइन गरिएको कम्पनीका सुपरभाइजर मदनकृष्ण श्रेष्ठले बताउनुभयो । उहाले  केमिकल प्रयोग गर्दा बाताबरण प्रदुर्षन हुने भएकाले विना केमिकल उर्जा उत्पादन गर्न लागिएको बताउनुभयो । उर्जा उत्पादनका लागि प्लान्ट निर्माण  गर्न २४ करोडको लगानीमा निमार्ण हुदै गरेको वताउनुभयो ।   कम्पनीले बायो ग्याँस उत्पादनका लागि दुई बर्ष अगाडी धरान उपमहानगरपालिकासंग सम्झोैता गरि सकेको छ । धरानमा दैनिक १५ टन भन्दा बढी फोहोर उत्पादन हुन्छ । त्यसमा ८० प्रतिशत भन्दा बढी जैविक फोहोर हुने गरेको धरान उपमहानगरपालिका धरान ६  वडा अध्यक्ष भुवनसिंह वस्नेतले वताउनुभयो  । उहाले धरानमै बायो ग्यास र जैविक मल उत्पादन हुने भएपछी नगरवासिलाई ग्यास र मल खरिदमा सहज हुने बताउनुभयो ।  फोहोरबाट उत्पादन भएको ग्यास पाइपलाइनबाट वितरण गर्ने तयारी भैरहेको धरान ६ का वडाअध्यक्ष भुवनसिंह बस्नेतले बताउनुभयो । उहाले पाईप लाईन विस्तार गर्दा लाग्ने खर्च र संम्भाव्यताका विषयमा अध्ययन अघि बढाएको बताउनुभयो । कम्पनीले २० बर्ष सम्म प्लान्ट संचालन गरेपछी धरान उपमहानगरपालिकालाई स्वामित्वसहित हस्तान्तरण गर्ने सम्झौता गरिएको कार्यबाहक मेयर नरेश इवारमले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया