हर्क साम्पाङ्गद्वारा स्वतन्त्र उमेद्वारी घोषणा

धरान÷आगामी मंसिर १४ गते हुने धरान उपमहानगर पालिकाको प्रमुख पदको निर्वाचनमा युवा जुझारु व्यक्ति हर्क साम्पाङ्ग राईले स्वतन्त्र उमेद्वारी घोषणा गर्नुभएको छ ।
राईले हिजो मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त घोषणा गर्नुभएको हो । उहाँले एक अपिल मार्फत सुशासनको प्रत्याभूति, परिपूर्ति, सेवा–सुविधा, सुधार, विकास निर्माण सम्बन्धी दीर्घकालीन योजना र चलनको अन्त्य सम्बन्धी आफ्ना भावि योजनाहरु सार्वजनिक गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, विगतमा आफूले मतदान गर्दै आएपनि यसपटक मत माग्ने निर्णयमा पुग्नुको प्रमुख
कारणमा हामीले भोट दिएर, जिताएर पठाएका पार्टीहरुले निर्वाचनताका विकास र समृद्धिको नारा उछाले पनि भ्रष्टाचार गर्ने, करको भार थोपर्ने, वस्ती भत्काउने, करोडौको गाडीमा राजसी प्रवृत्ति देखाउने भन्दा अर्को गर्न नसकेका कारण आफूले यी यावत कुराको अन्त्यका लागि उमेदवारी दिन लागेको हुँ । नागरिकले संविधानले व्यवस्था गरेका अधिकार पाउन आन्दोलन गर्नुपरेको, नगरपालिका अगाडि कालो झण्डा मात्र देखाएर नहुने, ठूलो दलबाट चुनिएर गएकाहरुले नागरिकको समस्यामा वास्ता नगर्ने गरेको,, धरानमा जनमुखि नेताको अभाव भएको समेत उहाँले बताउनुभयो ।
आफ्नो विजय सुनिश्चित गर्न सम्पूर्ण धराबासीमा आग्रह गर्दै उहाँले विगतमा समेत आफूले सत्यको पक्षमा बोल्दै आन्दोलन गर्दे हिडेको बताउदै यदि आफू निर्वाचित भएमा १ करोडको गाडीमा खुट्टा समेत नटेक्ने र टेकेमा खुट्टा भाँचिदिन पनि नगरबासीलाई आग्रह गर्नुभयो ।
त्र

तपाईको प्रतिक्रिया