धरान÷गत भदौ १९ गते सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको दिल्ली पब्लिक स्कूल र इटहरी स्थित सुष्मा गोदावरी कलेजमा एकसाथ एकै समयमा भएको बम विस्फोटको घट्नामा संलग्नताको आरोपमा प्रहरीले दुई जनालाई प्रक्राउ गरेको छ ।
प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरको रिजनल इन्भेष्टीगेशन टिम र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टिमले वम विस्फोटको
आरोपमा नेकपा विप्लवका सुनसरी सेक्रेटरी सन्देश भनिने सन्तोष विष्ट र जिल्ला इन्चार्य विश्वास भनिने लक्ष्मण पौडेललाई प्रक्राउ गरेको हो । उनीहरुलाई इटहरी उपमहानगरपालिका वडा नं. १७ वालग्रामबाट आवश्यक कागजात र लेटर प्याडसहित प्रक्राउ गरेको इटहरी प्रहरीले जनाएको छ । हाल उनीहरुका सम्बन्धमा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको समेत प्रदेश प्रहरी कार्यालयको इन्भेन्स्टीगेसन टिमले जनाएको छ । दिल्ली पब्लिकमा भएको विस्फोटबाट स्कुलको गेट भत्किएको थियो भने गोदावरी कलेजको पर्खाल ढलेको थियो ।
