उर्दी जारी गरेर संविधान दिवस मनाइयो

नेपालको संविधान जारी भएको चार बष पूरा हुँदैछ । चार बर्षको अवधिमा संविधान दिवस मनाउन राज्यकातर्फबाट उर्दी जारी गर्नु कत्तिको उपयुक्त हो ? सविधानप्रति नेपालीको जन आक्रोस हो या संविधान ठीक ढंगले कार्यान्वयन हुन नसक्नुको परिणाम हो या
सत्तासीनप्रतिको आक्रोश हो यसमा यतिबेला चौतर्फी बहस शुरु भएको छ ।
संविधान एउटा दस्तावेज मात्र हो । गतिशील दस्तावेज, त्यो गतिशील दस्तवेजमा भएका त्रुटीहरु सच्याउन विभिन्न तह, तप्का, वर्ग र समुदायले प्रारम्भदेखि नै राज्य सञ्चालन गर्न े दल, नेतृत्वहरुसँग आग्रह गर्दै आएका हुन । उनीहरुले यसकालागि विभिन्न चरणमा आन्दोलन समेत गरे, राज्यसँग वार्ता समेत गरे तर उपलब्धी शूून्य प्रायः रहयो ।
संविधान गतिशील दस्तावेज भएपनि शासकहरुले सडकबाट उठेका आवाज, बीच बीचमा सडकबादीहरुसँग गरिएका सहमति आदिलाई बेवास्ता गर्दै र मनपरी राज्यका स्रोत साधनको दोहन गर्र्दै गएपछि वर्तमान राज्य व्यवस्थाप्रति नै आम नागरिकको धारणामा परिवर्तन हुन थालेको छ । संसारका कुनैपनि देशले आजसम्म संविधान दिवस मनाउन उर्दी जारी गर्दैनन् । जहाँ स्वस्फूर्त रुपमा आफनो देशको संधिवानप्रति गर्व महसुस गर्छन र धुमधामसँग मनाउँछन् । संविधानसभाबाट नेपालको संविधान बनाएको भनेर सत्ताका भजन मण्डलीहरुले चर्का भाषण गरेपनि यथार्थमा नेपालको वर्तमान संविधान जनताको प्रत्यक्ष सहभागितामा लेखिएको हुदैहोइन । विदेशीको इसारामा उनीहरुकै बटम लाइन अनुसार अँध्यारो कोठामा आठ दश जना बसेर नेपालको संविधान बनाइएको हो । सविधान सभामा निर्वाचति भएर गएका त्यसबेलाका सभासदहरु त केवल थपडी बजाउने र भत्ता बुझ्ने काम मात्र गर्थे ।
वर्तमान संविधानले अपाधीहरुलाई चोख्याएर सत्ताको बागडोर सम्हाल्न पु¥याएको छ भने दलित, आदिवासी, जनजाति, उत्पीडनवर्ग, मुस्लिम, अल्प संख्यकहरुलाई चरम विभेद गरेको छ । जसका कारण चार बर्ष नपुग्दै सडकमा संविधान जलाउने, खारेजीको माग गर्नेहरुको गठजोड मतबुत बन्दै गएको छ । संविधान एउटा साध्य मात्र हो । त्यसलाई पालना गराउने काम सत्तासीनको हो । छलकपड, धृत्याई बाट सत्तामा पुगेकाहरुले संविधानको अवमुल्यन गरेका छन् । मानव तस्कर, हत्या, शरीर बन्धक, फिरौती जस्ता घट्नामा मुछिएका गृहहमन्त्रीका भाइ स–सम्मान छुट्छन् । तर परिवारको पेट पाल्नका लागि सीमावर्ती क्षेत्रबाट दुई तार सयको सामान ल्याएर बेच्नेलाई तस्करको आरोपमा जेल पठाइन्छ । सरकारकै संलग्नतामा अवराधीहरुलाई उन्मुक्ति दिइन्छ । भर्खरैमात्र राष्ट्रपतिले मानपदवीहरु वितरण गरिन् तर स्वाभिमानाीहरुले त्यसलाई लिन अस्विकार गरिदिएका छन् । अवसरवादी र चाटुकारहरुले शरीरलाई तीन ठाउँमा भाँचेर अथवा तीन ठुन्का परेर त्यस्ता बेकामे मानपदवी घाँटीमा झुण्ड्याए ।
कस्ता व्यक्तिलाई मानपद्वी दिने भन्ने सामान्य ज्ञान समेत नभएको पाइयो । भष्ट्राचारको आरोपमा जेल परेकालाई पनि त्यस्ता पदक झुड्याइ दिएको छ । ठग ठेकेदारलाई समेत प्रदान गरिएको छ , बलात्कारीलाई पनि दिइएको छ । मान पदवी वितरणको मापदण्डै उचित भएन । जो सत्तासीनको चाकडी गर्छन् उसले मन पदवी भिरेको पाइयो । जसका कारण सैयौ स्वाभिमानीहरुले त्यस्ता मान पदवीहरु स्वीकारै गरेनन् । संविधानले गरेको विभेद जस्तै भयो मान पदवीहरु पनि । यसपटकको संविधान दिवस सत्तामा बसेका शासकहरु, शासकहरुबाट निर्देशित सुरक्षा निकाय, निर्देशन पालना गर्न बाध्य कर्मचारीहरुबाट आफूहरु असुरक्षित भएको महसुस भएपछि यस्ता
रमितेहरुलाई बल प्रयोग गरी लघारिएको थियो । त्यसरी
लघारिएकाहरुले संविधान प्रति कस्तो सोच बनाए होलान् ? शासकहरुले यसतर्फ कहिल्यै मनन गरेको पाइएन ।

तपाईको प्रतिक्रिया