बीपीमा पुन : अक्सिजन प्लान्ट सुचारु

धरान÷ ६ महिना अघि देखि संचालन हुन नसकेको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लान्ट पुनः संचालनमा आए पछि अस्पतालको सेवा सुविधामा सहज भएको छ ।
६ महिना अघि मात्रै जडान गरेर सञ्चालनमा ल्याइएको प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्ट बिग्रिएको थियो । प्लान्ट बिग्रिए पछि निजी क्षेत्रको कम्पनीबाट अक्सिजन आपूर्ति गर्नु पर्ने बाध्यता हटेको छ भने बिरामीलाई अक्सिजन उपलब्ध गराउन सहज भएको छ । निजी प्लान्टमा खराबी आएर उत्पादन हुन नसकेपछि प्रतिष्ठानले खनारको दुर्गा अक्सिजन प्लान्टले सिलिन्डर खरिद गरिरहेको थियो । अब आफ्नै प्लान्टबाट प्रतिष्ठानलाई चाहिने ७५ प्रतिशत अक्सिजन उत्पादन गर्ने क्षमता भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरुप्रसाद खनालले जानकारी दिनुभयो ।
गत माघ २४ मा ३ करोड २४ लाख रुपैयाँ लगानीमा नयाँ प्लान्ट जडान गरिएको थियो । १६ सय लिटर प्रतिमिनेट उत्पादन क्षमताको नयाँ प्लान्टबाट अन्तराष्टिूय मापदण्ड अनुसार शुद्ध अक्सिजन उत्पादन हुनेछ । केही समय भित्रै सतप्रतिशत अक्सीजन उत्पादन क्षमता बढाईने पनि प्रतिष्ठानले जनाएको छ ।

तपाईको प्रतिक्रिया