इटहरी÷डिपार्टमेन्ट स्टोरमा पूर्वाञ्चलमै ब्राण्ड मानिएको, आफ्ना ग्राहकहरुका बीचमा अलग्गै पहिचान बनाएको गोरखा डिपार्टमेन्ट स्टोरमा यतिबेला ग्राहकहरुको भीड थामिनसक्नु भएको छ ।
त्यसो त गोरखा डिपार्टमेन्ट स्टोरमा ग्राहकको भीड अघिपछि पनि कम भने थिएन । तर यतिबेला सम्पूर्ण नेपालीहरुको महान राष्ट्रिय पर्व शुभ दशै र शुभ तिहार घर आँगनमा आउन लागेपछि ग्राहकको भीड अत्याधिक बढेको हो । चाडपर्वका लागि अग्रिम जोहो गर्ने नेपालीहरुको एक प्रकारले संस्कार नै बनिसकेको छ । जसका कारण ग्राहकहरु अग्रिम किनमेलमा जुटेका हुन् ।
दैनिक उपभोग्य सामानहरु अर्थात खाद्यान्न,लत्ता कपडा, सर्टिङ्ग सुटिङ्ग, स्वदेशी तथा विदेशी ब्राण्डका जुत्ता चप्पल, स्वदेशी तथा विदेशी ब्राण्डका इलेक्ट्रोनिक्स समानहरु, घर सजावटका विभिन्न प्रकारका सामानहरु, गिÏट आइटम, जापानिज ब्राण्डका मेकअपका सामानहरु लगायतमा यतिबेला ग्राहकहरुको रुची र किनमेल बढी देखिएको स्टोरका प्रवन्ध निर्देशक बलराम आचार्य बताउनुहुन्छ । गोरखा डिपार्टमेन्ट स्टोरका पाँचवटै शाखामा झण्डै ६ लाख ५० हजार प्रकारका सामाग्रीहरु रहेका छन् । एउटै छानामुनी आफ्नो प्रयोजनका लागि चाहिने सम्पर्ण सामानहरु बजार मूल्य भन्दा कम मूल्यमा प्राप्त हुुनु, ग्राहकहरुले मूल्यका लागि बार्गेनिको झन्झट गर्नु नपर्ने अर्थात हरेक सामानको निर्धारित मूल्य कायम हुनु र ग्राहकहरु गोरखा डिपार्टमेन्ट स्टोरबाट आफू ठगिउला भन्ने चिन्ताबाट मुक्त भएकैे कारण यतिबेला मात्र नभएर अघिपछि पनि ग्राहकको उल्लेख्य भीड हुने गरेको स्टोरका म्यानेजर श्रीपसाद गौतमको बुझाई छ ।
म्यानेजर गौतम भन्नुहुन्छ, यसका अलावा उखरमाउलो गर्मीमा एसी सुविधायुुक्त डिपार्टमेन्ट स्टोरमा ग्राहकहरुले सामान खरिद गर्नु, अन्त्यन्तै सफा र रमणीय वातावरणको अवलोकन गर्दै किचेनमा विभिन्न खाद्य परिकारको स्वाद लिन पाउनुले पनि ग्राहकहरुको भीड बढेको गौतम बताउनुहुन्छ । दशै तिहारको शुरुवाती समयदेखि नै ग्राकहरुको भीड बढेको छ । सीमावर्ती भारतीय बजारमा भन्दा कम मूल्यमा गुणस्तरीय खाद्यान्न, ब्राण्डेड लत्ता कपडा लगायतका सामान गोरखा डिपार्टमेन्ट स्टोरका शाखाहरुमा पाएपछि पूर्वका ग्राहकहरुको जोवनी जाने स्वभावमा परिवर्तन आएको छ ।
किचेनको बसाइको मज्जा नै बेग्लै
पूर्वाञ्चलबासीका लागि मात्र हैन नेपालसँग सीमाना जोडिएको भारतीय नागरिकदेखि टाढा–टाढाका भारतीयहरुका लागि समेत गोरखा डिपार्टमेन्ट स्टोर अत्यन्तै विश्वासिलो ब्राण्ड बनिसकेको छ ।
जेष्ठ ६ गतेदेखि गोरखाले आफ्नो चौथो शाखा दमकबाट सञ्चालनमा ल्याएपछि गोरखाका ग्राहकहरुले सहजता महसुस गरेका छन् । दार्जिलिङ्गबाट स–परिवार नेपाल घुम्न आएका दिपेन तामाङ्ग सोमबार झापाको दमकस्थित चौथो तलामा रहेको गोरखा किचनमा भेटिए । वातानुकुलित एसी जडान भएको किचेनमा उनी आÏना स–परिवारका साथ अनेकौ प्रकारका भेराइटीहरुको स्वाद लिइरहेका थिए । उनीमात्र हैन सिक्किमबाट आफन्त भेट्न परिवारसहित आएका रमेश शर्मा समेत एसी र बाहिरी दृश्यको आनन्द लिँदै परिकारहरु खाँदै थिए ।
गोरखा डिपाटमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतम भन्नुहुन्छ, दमकस्थित डिपार्टमेन्ट स्टोरले छोटो अवधिम पूर्र्वीली ग्राहकहरुको मन जित्न सफल भएको छ । किचेनमा मात्र ग्राहकहरुको भीड हुने हैन अन्यत्र अर्थात ग्रोसरी, इलेक्ट्रोनिक्स,लत्ता कपडा, बेकरीमा समेत ग्राहकहरुको विहानैदेखि भीडभाड शुरु हुन्छ । स्टोरको चौथो शाखाको रुपमा दुई महिना अगाडि यसको शुभारम्भ हुँदा हामीले त्यति धेरै अपेक्षा गरेका थिएनौं । दुई चार महिनापछि यसले आफ्नो गति समात्ला भन्ने लागेको थियो । तर त्यस भन्दा अगावै ग्राहकहरुले असिम माया दर्शाउनु भएको छ । उहाँ भन्नुहुन्छ, यदाकदा हामीले ग्राहकलाई अब ढिलो भयो कृषि बाहिरीदिनु हुन्छ कि भनेर आग्रह समेत गर्नुपरेको छ । विहान ८ः३० बजेबाट शुरु हुने डिपार्टमेन्ट स्टेरको दैनिकी बुलुका ८ बजेसम्म चल्छ । म्यानेजर गौतम भन्नुहुन्छ, ग्राहकहरु राति ८ बजेपछि पनि त्यतिकै किनमेल र किचेनमा बस्ने गरेपछि हामीले आग्रह नै गर्नुपर्न अवस्था आउँछ ।
दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा हाल ४ लाख ५० हजार प्रकारका सामान उपलब्ध छन् । दैनिक उपभोग्य सामानदेखि लक्जरियस समानहरु समेत स्टोरम उपलब्ध छन् । स्वदेशी तथा विदेशी ब्राण्डका समानहरु सबै एकै थलोमा पाइने भएपछि ग्राहकले आफूलाई चाहिएको सामान खोज्न चारचौरास भैतारिनु नपर्ने, हरेक बस्तुको फिक्स मूल्य भएकोले बार्गेनिङ्गको झन्झट नहुने कम्प्युटरराइज बिलिङ्ग सिस्टम, अत्यन्तै सफा आदिका कारण ग्राहकहरु गोरखा डिपार्टमेन्ट स्टोरको चौथो शाखामा आकर्षित भएको म्यानेजर गौतमको बुझाइ छ ।
जुत्ता चप्पलमा ग्राहकको भीड
गोरखा डिपार्टमेन्ट स्टोर इटहरीमा दैनिक यतिबेला दैनिक हजारौ ग्राहकहरु कुनै न कुनै समान खरिदका लागि आउने गर्छन् । मोरङ्गको विराटचौकमा समेत ग्राहकको भीड बढेको सञ्चालनको जिम्मेवारी पाउनु भएका धर्मराज आचार्य बताउनुहुन्छ । दैनिक उपभोग्य सामान, इलेक्ट्रोनिक्स ब्राण्डेड सामान, बच्चाहरुको आकर्षक कपडा, जुत्ता चप्पल, रेडिमेट कपडाहरु, फ्रोजन आइटमहरु, फलफूल, आफैले उत्पादन गरेका च्याउ लगायत लाखौ प्रकारका सामानहरुले ग्राहकहरुलाई लोभ्याउने गरेको छ । डिपार्टमेन्ट स्टोरमा पूर्वाञ्चलका मात्र नभएर भारतको विहार, सिक्किम, आसाम, दार्जिलिङ्ग लगायतका स्थानबाट ग्राहकहरु आउने गरेको सञ्चालक बलराम आचार्य बताउनुहुन्छ ।
गोरखाको स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय
गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।



