झापाको गौरादहस्थित स्कूलचौन उच्च माविको भवन ३ करोड ५७ लाख भारतीय सहयोगमा निर्माण नव निर्मित नयाँ संरचनाले विद्यार्थीहरुको सिकाई अभिवृद्धिमा टेवा पुग्ने राजदूत पुरीको विश्वास

गोरादह(झापा)÷पूर्वाञ्चलमा मात्र सैयौ विद्यालय भवन, कलेज, सडक निर्माण, खानेपानी, गैर नाफामुलुक संघ संस्था तथा अस्पतालहरुलाई एम्बुलेन्स, विद्यालयहरुलाई स्कुल बस प्रदान गर्दै आएको भारतले पछिल्लो पटक झापा जिल्लाको गौरादह नगरपालिका वडा नं. ५ स्थित सुुविधा सम्पन्न स्कूल भवनको निर्माण गरिदिएको छ ।
सोमबार नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरी र नेपालका महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले नव निर्मित स्कूलचौन भवनको एक भव्य समारोहबीच संयुक्त रुपमा समुदघाटन गर्नुभयो ।
राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त स्कुलचौन विद्यालय सन् १९६५ मा प्राथमिक विद्यालयका रुपमा स्थापित भएर सन् २००८ मा उच्च माविका रुपमा सञ्चालन हुँदै आएको थियो । विद्यालयमा हाल उच्च मावि तहका विभिन्न विषयहरुमा पठनपाठन हुँदै आएको छ । विद्यालयमा हाल ११ सय ५० जना विद्यार्थी अध्ययनरत रहेका छन् । जसमध्ये ४० प्रतिशत छात्र र ६० प्रतिशत छात्रा रहेका छन् । पठन पाठनको दृष्टिले गौरादह स्थित रहेको स्कुलचौन उच्च माध्यामिक विद्यालयलाइ झापा जिल्लाकै उत्कृष्ट विद्यालयका रुपमा लिने गरिन्छ ।
निजी विद्यालयको तुलनामा उत्कृष्ट शैक्षिक वातारण भएकै कारण उक्त विद्यालयमा विद्यार्थीको आकर्षण बढे पनि भौतिक पूर्वाधारका कारण सीमित संख्यामा विद्यार्थीहरु भर्ना गर्नुपरेको अवस्थाको अब भने अन्न्त्य भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । भारत सरकारको ३ करोड ५७ लाख रुपैयाँको लगानीमा निर्माण भएको उक्त विद्यालय दुई तलाको रहेको छ । जसमा २५ कक्षा कोठा, प्रयोगशाला, प्रधानाध्यापकको कक्ष, पुस्तकालय, कर्मचारी, शिक्षक शिक्षिका कक्ष, लेखा शाखा, वहुउद्देश्यीय प्रयोजनका लागि एक एक कक्षा कोठा, प्रत्येक तलामा छात्र छात्राका लागि छुट्टाछुट्टै शैचालय रहेको विद्यालयलाई शैक्षिक वातवारण थप शान्त बनाउन कम्पाउन्ड वाल समेत लगाइएको छ ।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे भारतीय राजदूत मन्जिव सिंह पुरीले भन्नुभयो नव निर्मित विद्यालय भवनको नयाँ संरचनाले अध्ययनरत विद्यार्थीहरुको सिकाई अभिवृद्धिमा टेवा पुग्ने विश्वास मैले लिएको छ । भारत सदैव नेपालको समुन्नतिमा सहयोगी रहेको भन्दै राजदूत पुरीले आजको आवश्यकता भनेकै शिक्षा भएकोले विद्यालय भवन निर्माणमा भारतले सहयोग उपलब्ध गराएको प्रष्ट
पार्नुभयो । उहाँले भन्नुभयो भारतले सदैव आफ्ना छिमेकीहरुको विकासमा जोड दिँदै आएको छ । भारतमा आज भइरहको विकासबाट नेपालले समेत फाइदा लिनुपर्ने उहाँको धारणा रहेको थियो ।


यसैगरी महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले विद्यालय निर्माणमा भारतीय सहयोगको मुक्त कण्ठले प्रसंसा गर्नुभएको थियो । जीर्ण र कमजोर भौतिक पूर्वाधारका कारण विद्यार्थीहरुले जुन प्रकारको कष्ट व्यहोर्नु परेको थियो अब भने विदार्थीहरुले त्यसबाट छुट्कारा पाएका छन् । उद्घाटन कार्यक्रमम प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कुमार कार्की, झापा जिल्ला समन्वय समितिका सभापति सोमनाथ पोर्तेल, गौरादह नगरपालिकाका पमुख, उच्च पहरी अधिकारीहरु, स्थानीय राजनैतिक दलका नेता, प्रवुद्ध वर्ग, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया