पूर्वका बैंकहरु शतर्क

धरान÷पाँच चिनिया नागरिकहरुले बैंकिङ्ग सिस्टम नै ह्याक गरेर राजधानीका विभिन्न बैंकको एटिएमबाट कार्ड स्क्र्याच गरी ३ करोड भन्दा बढी रकम ठगी गरेपछि पूर्वमा रहेका विभिन्न बैंकहरु आफनो एटिएम सिस्टमप्रति सतर्क भएका छन् ।
खास गरेर निजी बैंकहरुले ग्राहकरुलाइ चौविसै घण्टा सुविधा दिने हेतुले शनिवार समेत एटिएम सञ्चालनमा ल्याए पनि हाल उनीहरुले एटिएम प्रयोगकर्ताप्रति कडा नजर मात्र राखेका छैनन् साँझ ६ बजेपछि एटिएम सेवा नै बन्द गर्न थालेका छन । एसविआई, लक्ष्मी, हिमालय, कुमारी, जनता, स्टेन्डर्ड चार्टर, एनआइसी एसिया बैंकहरुले त्यसरी शर्तकता अपनाएका हुन् । एटिएमबाट बैंक प्रणाली ह्याक गरी पैसा लुटने चिनया नागरिकहरुलाइ सहयोग गर्ने तीन जना नेपालीलाई समेत प्रहरीले सोमबार राजानीबाट प्रक्राउ गरेको छ । हाल पूर्वमा समेत चिनियाँ नागरिकहरुको आवातजावत बाक्लो देखिन थालेको र काठमाण्डौको घट्नाले शतर्क गराएको इटहरी स्थित हिमालय बैंकका एक कर्मचारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बताए ।

तपाईको प्रतिक्रिया