सडकमा घनिभूत उठेका आवाज नजर अन्दाज गर्ने भूल

वर्तमान राज्य प्रणाली, राज्यप्रणाली सञ्चालन गर्ने सरकार, राजनैतिक दल, प्रहरी, प्रशासन न्यायलयकै विरुद्धमा समेत यतिबेला चौतर्फी आवाजहरु उठन थालेका छन् ।
संभघीय गणतत्र स्थापना भएको केही बर्ष पछि देखि नै जन आवाजहरु विस्तारै उठ्न थालेका थिए । विस्तारै यो घनिभूत रुपमा उठन थालेको छ । तर जुन आाजहरुलाई नजर अन्दाज वर्ने भूल शक्तिको आडमा राज्यको स्रोत साधन ोहन गर्नेहरुबाटै हुन थालेको छ ।
नेपाली जनता हिजो सडकमा त्यसै आएका थिएनन् । आजको दुरावस्वथाको परिकल्पना पनि उनीहरुले गरेका थिएनन् । उनीहरुले त स्वच्छ न्याय, स्वच्छ प्रशासन, राज्यका तर्फबाट
रोजगारीको उचित प्रवन्ध, शान्ति सुरक्षाको समुचित प्रवन्ध हुने अपेक्षामा हिजोको राज्य प्रणलीका विरुद्धमा सडकमा आफ्नो उपस्थिति जनाएका थिए तर राज्यले जनअपेक्षा अनुरुपको कुनै काम अगाडि बढाउन नसक्दा फेरि पनि सडकमा आवाजहरु उठ्न थालेको छ र त्यो घनिभूत रुपमा उठने थालेको छ ।
देशका जिम्मेवार व्यक्ति तथा सरकरका प्रवक्ता सडकमा उठेका आवाजलाई गाइजात्रेको संज्ञा दिन्छन्, न्यायका लागि उठेका आवाजलाई सत्ता र नेतृत्व निकटका दलालहरुले राजावादीको भीड भनेर हल्का रुपमा अथ्र्याउने गरेका छन् । यो पछि गएर यिनीहरुका लागि कति घातक हुन्छ भन्ने कुरा कल्पना समेत गरेका छैनन् । भ्रष्टाचारी, बलात्कारी, हत्यारा, माफिया, मानव तस्करी यतिबेला सबै सत्ता निकट भएका छन् । दुई बर्ष वितिसक्दा पनि निर्मला पन्तले न्याय नपाउनु, सत्ता निकटका भ्रष्टाचारीहरुमाथि संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हात हाल्न नसक्नु, मानव तस्करकहरु बालुवाटार सिंहदरबारकै संरक्षणमा रहनु सडकमा आवाजहरु दिनप्रतिदिन घनिभूत हुँदै गएको हो ।
यस्ता अपापराधिक व्यक्तिहरुका विरुद्धम आवाज उठाउने, भण्डाफोर गर्नेलाई राज्यकै स्रोत साधनको प्रयोग गरेर नियतबस फँसाउन खोजि त्यस्ता आवाज बन्द गराउने प्रपञ्च जब राज्य प्रणली सञ्चालकहरुबाट हुन्छ भने यहाँ एक दिन दुर्गति निम्तिने प्रष्ट छ । सञ्चारकर्मी शालिकराम पुडासैनी मृत्यु प्रकरणमा सरकारले देखाएको रवैयाले पछिल्लो पटक सरकार थप नांगिएको छ । सरकार नांगिनु जनताको वर्तमान राज्य प्रणालीप्रति नै मोह भंगको संकेत हो । शालिकराम मृत्यु प्रकरणमा सरकारकै निर्देशनमा रवि लामिछानेलाई जसरी हुन्छ दोषी सावित गर्न प्रहरी, प्रशासन, महान्यायधिवक्ता लागे त्यसको साधारण जनताले समेत विश्वास गर्न सक्ने अवस्था थिएन । जबरजस्ती अपराधी बनाएर रविका आवाज सकार दबाउन चाहन्थ्यो । मृतकको
शरीरमा भएको पिटाइका खतहरु, खुट्टामा करेन्ट लगाएका दागहरु, भिडियो प्रहरीको सुरक्षामा रहनुपर्नेमा त्यसभन्दा अगाडि नै अन्यत्र पुग्नु, त्यसको इडिटिङ्ग भएर सामाजिक सञ्जालमा आउनुले सरकारको नियत प्रष्ट हुन्छ । आफ्ना गल्तिहरु उजागर गर्नेलाई सफाया गर्नु नै सरकारको नियत देखियो । सरकार आफ्ना गल्ति औल्याउनेहरुबाट सुध्रिएर अगाडि बढ्नुपर्ने हो तर अधिनायकवादी शैलीमा म नै राज्य हुँ, मैले जे गरेपनि हुन्छ भन्ने मानसिकताबाट ग्रसित भएकै कारण वर्तमान राज्य प्रणलीप्रति जन आक्रोस बढ्दै गएको हो ।

तपाईको प्रतिक्रिया