धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको दिल्ली पब्लिक स्कुलमा राष्ट्रिय स्तरको दुई दिने प्रिन्सिपल तथा शिक्षकहरुको भेला सम्पन्न भएको छ ।
अनुशासनका लागि नयाँ चुनौति विषयमा नेपालमै पहिलो पटक भारतको विख्यात Institute of counsellor Training research and consultancy (ICTRC) को सहयोगमा उक्त भेला भएको हो ।
दिल्ली पब्लिक स्कुलको आयोजनामा सम्पन्न उक्त दुई दिने समिट अफ स्कुल प्रिन्सिपल ‘प्रोजेक्ट पारामिड कार्यक्रम अन्तर्गत अनुशासनका लागि नयाँ चुनौति विषयमाथि व्यापक छलफल, अनुभव आदन प्रदान र अन्तरक्रियाहरु भएका थिए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानके अडिटोरिएम हलमा आयोजित कार्यक्रममा प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरुप्रसाद खनाल, अस्पताल निर्दैशक प्रा.डा. गौरीशंकर साह, भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर अभिषेक सिंह, साइक्याट्रिकका डा. दिनेश सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

दिल्ली पब्लिक स्कुलका प्रिन्सिपल पिके शंकरालिंघमले आइसिटीआरसीबाट आउनु भएका पदाधिकारीसँगै उपस्थित सबैमा स्वागत गर्नुभएको थियो । आगन्तुक सम्पूर्ण अतिथिहरुले नेपालमा पहिलो पटक भएको यस प्रकारको कार्यक्रमको सफलताको शुभकामना दिँदै आगामी दिनमा समेत यस्ता कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिनुभएको थियो । उद्घाटन सत्रमा विद्यालयका नृत्य शिक्षक मनिकुमार राईद्वारा तयार पारिएको देश भक्तिपूर्ण गीतमा विद्यार्थीहरुले नृत्यसमेत प्रस्तुत गरेका थिए । पहिलो दिनको कार्यक्रमको प्रमुख तथा आकर्षक वक्ताको रुपमा आइसिटीआरसीका डा. भि. रविन्द्रम, प्रो केशव सिंह रहनु भएको थियो भने आमन्त्रण गरिएका विद्यालयहरुमा काठमाण्डौ, प्रदेश नं. १ बाट सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुम, मोरङ्ग, झापा, प्रदेश नं. २ बाट सप्तरी, जनकपुर, सर्लाही, बीरगञ्ज, प्रदेश नं. ३ बाट चितवन, प्रदेश नं. ४ बाट नवलपरासी लगायत अन्य पदेशका समेत गरी १ सय ८० भन्दा बढी प्रिन्सिपल, विद्यालय सञ्चालक र शिक्षकहरुको उपस्थिति रहेको थियो । सहभागी प्रिन्सिपल, विद्यालयका सञ्चालक एवम् शिक्षकहरुले राखेका जिज्ञासाको आइसिटीआसीका डा. भि रविन्द्रमले अत्यन्तै सरल ढंगले उत्तर दिनु भएको थियो । पहिलो दिनको कार्यक्रम समापनमा सहभागी प्रिन्सिपलहरुलाई दिल्ली पब्लिक स्कुलकी भाइस प्रिन्सिपल श्रीमति सन्ध्या बशिष्ठले टोकन र प्रमाणपत्र प्रदान गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
दोस्रो दिनको कार्यक्रममा दिल्ली पब्लिक स्कुलका शिक्षक शिक्षिकाका बीचमा मात्र भएको थियो । आकर्षक एवम् मनै लोभ्याउने साँस्कृतिक कार्यक्रमबाट प्रारम्भ भएको दोस्रो दिनको कार्यक्रम शिक्षक–शिक्षिकाकालागि अत्यन्तै उपयोगी रहेको थियो । दोस्रो दिनको कार्यक्रममा प्रमुख विषय ‘शिक्षक नै काउन्सिलर हो’ भन्ने थियो ।
यस विषयमा डा. रविन्द्रमले भन्नुभयो विद्यार्थीहरुलाई शारीरिक यातना, मानसिक रुपमा असर पार्ने वाक्यहरु र हकार पकार गर्ने जस्ता कार्यहरु कक्षा कोठामा नगर्ने, विद्यार्थीहरुको मानसिकता बुझेर अनुशासनको दायरामा ल्याउन आवश्यक भएको प्रष्ट पार्नुभएको थियो । आजको बदलिदो परिवेशमा विद्यार्थीहरुलाई सम्झाउने, बुझाउने धेरै उपायहरु
छन् । सो अवसरमा दिल्ली पब्लिक स्कुलका शिक्षक–शिक्षिकाहरुले अनेकौ जिज्ञासाहरु डा. रविन्द्रम समक्ष राख्नु भएको थियो । यसैगरी डा. केशव सिंहले अनुशासन सम्बन्धी दर्विलो मन्तव्य दिनुभएको थियो । उहाँले विद्यालयको शैक्षिक वातावरण, भौतिक सुविधार नयाँ परिवेश अनुसार शिक्षक शिक्षिकाहरुले आफनो सिकाइको तरिकामा नयाँ पन, नया ँसोच ल्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रमको पहिलो र दोस्रो
चरणको सञ्चालन श्याम जी जोन रश्रीमति सुरेका राईले गर्नुभएको थियो भने विद्यालयका प्रिन्सिपल पि.के
शंकरालिंघमले अतिथि वक्ताहरु, विद्यालयका शिक्षक–शिक्षिकाहरुलाई धन्यवाद दिनुभएको थियो । भाइस प्रिन्सिपल श्रीमती सन्ध्या बसिष्ठले उपस्थित सबै अतिथि तथा शिक्षक शिक्षिकाहरुलाई समेत धन्यवाद सहित कार्यक्रम समापन गर्नुभएको थियो ।
