आशिष शर्मा
आतंककारी उत्पादन र उनीहरुलाई संरक्षण गदै आएको पाकिस्तान यतिबेला संसारका सबै देशको मानचित्रबाट एक्लिएको छ ।
भारतले आफ्नो भूगोल जम्बु कस्मिरबाट अगस्त ५ तारेखका दिन धारा ३ठ० र अनुच्छेद ३५ ए हटाएपछि विक्षिप्त भएको पकिस्तानले यस मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा पु¥याएर वास्तविकता विरुद्ध अन्य देशलाई प्रभावित पार्ने प्रयास गरे पनि कसैबाट साथ सहयोग नपाउँदा भारतसँग आफनो विग्रिएको सम्बन्ध सुधार गर्न झिँनो प्रयास गरिरहेको छ ।
जम्बु कस्मिरबाट धारा ३७० हटाएपछि संसारका सबै देशसँग भारतका विरुद्ध मद्धत माग्दै हिडेको पाकिस्तानले भारतसँगको कुटनीतिक सम्बन्ध, व्यापार सम्झौता एकतर्फी रुपमा भंग गरेको घोषणमात्र गरेन पाकिस्तानका प्रधानमन्त्री इमरान खानले परमाणु हतियार आक्रमण गर्ने धम्की समेत दिए । भरतसँगको सम्बन्ध एकतर्फी विगारेपछि यतिबेला पाकिस्तान संकटको भुँवरीमा फँसेको छ । पाकिस्तानी नागरिकहरुको जनजीवन अत्यन्तै कष्टकर बन्दै गएको छ । दैनिक उपभोग्य सामानहरुको मूल्य १० गुणा सम्म बृद्धि भएको छ । पेट्रोलियम पदार्थको मूल्य दुई गुणा बढेको छ, शेयर बजार डावाडोल भएको छ, अर्थतन्त्र ध्वस्त हुने स्थितिमा पुगेको छ ।
पाकिस्तानी विदेश मन्त्री साह महसुद कुरेशीले भाद्र १४ गते भारतसँगको वार्तालाई पाकिस्तानले नकारकेको छैन भनेर दिएको अभिव्यक्तिले पाकिस्तान कतिसम्म लाचार भएको छ भन्ने प्रमाणित हुन्छ । पाकिस्तानका प्रधानमन्त्रीले अब भारतसँग कुनै प्रकारको वार्ता हुँैदैन भनेर दम्भ देखाउँदै आफ्ना नागरिकलाई कस्मिरको समर्थन र भारतको विरुद्धमा पाकिस्तनका सडकमा उत्रन आवहान गर्दा अधिकांश पाकिस्तानी नागरिकहरु सडकमा आउनै चाहेनन् । बढ्दो महँगी र असुरक्षाका कारण पाकिस्तानी नागरिक इमरान सरकारले लिएको नीतिप्रति असन्तुष्ट मात्र छैनन् आक्रोसित समेत छन् । पाकिस्तानी विदेशी मन्त्री कुरैसीले यदि तेस्रो पक्षले मध्यस्थता गरिदिए पाकिस्तान खुशी हुने थियो । तर मध्यस्थताका लागि तेस्रो कुनै पक्षले रुचि देखाएका छैनन् । पाकिस्तानले आग्रह गरेकै भरमा कुनै तेस्रो पक्ष आउने सुनिश्चितता पनि देखिएको छैन । वार्ताका लागि भारतले कुनै चासो दिएको छैन र दिने संकेत पनि छैन । पाकिस्तान आफै पनि विस्वस्त छैन वार्ताका लागि भारतले कुनै पहल गर्छ भनेर । पाकिस्तानी विदेश मन्त्री कुरैशीले भनेका छन् कस्मिर मामलामा तीन पक्ष छन् । भारत, पाकिस्तान र कस्मिर । कुरैशीको यो भनाई नै विादास्पद छ । ३७० धारा हँटाएको जम्बु कस्मिर नितान्त भारतीय भूभाग हो । यसमा पाकिस्तानको कुनै कनेक्टिभिटी छैन । उक्त भूभासँग पाकिस्तानको कुनै अधिकार छैन । उसले भारत नियन्त्रित जम्बु कस्मिरका सम्बन्धमा जुन अर्घेलाइ देखाएको छ त्यो आफैमा असुहाउदिलो हो ।

कुन हैसियतले पाकिस्तानले जम्बु कस्मिरको सवाललाई उछालेको हो भन्ने कुरामा संसारका अन्य देशहरु पनि आश्चर्यचकित भएका छन् । उसले ३७० धारा हँटेपछि जम्बु कस्मिरमा मानव अधिकार लगायतका कुराको उल्लंघनको सवाल उठाउनु थप हाँस्यास्पद छ । पाकिस्तान आफैभित्र माव अधिकारको उल्लंघन चरमोत्कर्षमा रहेको छ । अनि उसले अरुको भूभागमा मानव अधिकार उल्लंघन देख्नु सुहाउने कुरा हुँदै होइन । कुरैशीले वार्ताका लागि एक पक्षीय शर्त समेत तेस्र्याएका छन जसको औचित्य नै छैन । उनले कस्मिरी नेतृत्वसँग भेटघाट गर्न दिनुपर्ने बताएका छन् । उनको यो अर्को कुटिल चाल बाहेक केही होइन । किन दिने कस्मिरी नेतृत्वसँग तिनलाई भेटघाट गर्न ? कुन हैसियतले भेट गर्न दिने ? यदि भारतले साँच्चै नै भेटघाट गर्न दियो भने अपदस्थ भइसकेकोे नेतृत्वलाई उचालेर थप सकट पैदा गर्ने सोच पाकिस्तानको रहेको प्रष्ट हुन्छ । जबकि जम्बु कस्मिरकै विषयलाई लिएर पाकिस्तानले एकतर्फी रुपमा भारत सँगका सम्बन्धहरु सबै तोडिसकेको छ । पाकिस्तान जम्बु कस्मिर मुद्दालाई उछालेर दक्षिण एसियामै अस्थिरता फैल्याउने नियोजित षड्यन्त्रमा
रहेकोले उसलाई इस्लामिक देशहरुले समेत साथ नदिएको कुरालाई नकार्न सकिदैन । जम्बु कस्मिरको मुद्दालाई लिएर पाकिस्तान कहाँ गएन ?
ससारका शक्तिशाली मुलुकसँग भ्रम फैल्याएर समर्थन जुटाउने कोशिश ग¥यो । इस्लामिक देशका संगठन ओआइसीसँग गुहार माग्यो । जम्बु कस्मिरका झुट कहानी मानव अधिकार संगठनलाई सुनायो । तर उसका ती झुटा कहानीलाई कसैले विश्वास गरेनन् । रुस, फ्रान्स, अमेरिका, बेलायत, युइएई लगायतका देशले कस्मिर मुद्दा द्विपक्षीय हो, ३७० धारा हँटाउने फैसला भारतको आन्तरिक मामिला हो भनेर पन्छिए ।
मालदिप्सले समेत साथ दिएन
जम्बु कस्मिर मामलालाई लिएर झुठको खेतीमा उत्रिएको पाकिस्तानले केही समय अगाडि नेपाललाई आफ्नो धारणा बनाउन आग्रह गरेको थियो । नेपाल सरकार जम्बु कस्मिरको मामलामा पर्ख र हेरको स्थितिमा रहेको भन्दै नेपालका परराष्ट्र मन्त्रीले प्रष्ट पारेपछि पाकिस्तान निराश भएको थियो ।
यद्यपि नेपालका केही सांसदले जम्बु कस्मिर मामलामा बोल्नुपर्ने तर्क गरे पनि उनीहरुका आवाजले कुनै महत्व पाएन । नेपालको सबैभन्दा ठूलो दातृ राष्ट्र भारतलाई जम्बु कस्मिरको मामलामा बोलेर चिढ्याउन चाहँदैन । पछिल्लो पटक पाकिस्तान कस्मिर मामलालार्ई लिएर हरेक देशको चौखटमा पुग्ने क्रम जारी छ । विआरआइका कारण चीनले केही समर्थन गरेझै गरेपनि युएनएससीमा कस्मिर मामलालाई लिएर उसलाई गतिलै झट्का लागे पनि उसले आफनो हरकत छोडेको छैन । मालदिब्सले समेत पाकिस्तानलाई जम्बु कस्मिर मामलामा साथ नदिने घोषणा गरिसकेको छ । पाकिस्तानको आग्रंहमा जम्बु कस्मिरको मुद्दा जब संसदमा उठाइयो त्यही रहनु भएका भारत राज्यसभाका उपसभापति हरिवंशले कस्मिरका बारेमा बोल्नेहरुलाई रोक्दै भने यो भारतको आन्तरिक मामला हो । यसमा अरु कसैलाई बोल्ने अधिकार छैन । यस मुद्दामा मालदिप्सले भारतै साथ दिएको छ । यहाँ स्मरणीय कुरा के छ भने केही दिनपछि दक्षिण एसियाका संसदका सभामुखहरुको चौथो शिखर सम्मेलन मालदिप्समा हुन गइरहेको छ । जसमा भाग लिन भारतीय राज्यसभाका उपाध्यक्ष हरिवंश प्रसाद र लोकसभाका स्पीकर ओम विरला मालदिप्स गएका छन् ।
पाकिस्तानको घिनलाग्दो कार्यप्रति जन आक्रोस
पाकिस्तानले जम्बु कस्मिर मुद्दालाई अनाहकमा उठाएको भन्दै पाकिस्तानप्रति भारतमा मात्र नभएर पाकिस्तानमै पनि यतिबेला इमरान खान सरकारको चौतर्फी विरोध शुरु भएको छ । भारतमा विभिन्न स्थानमा भारतीय नागरिक स्वस्फूर्त रुपमा सडकमा आएर इमरान खानका विरुद्धमा नाजाबारी मात्र गरेका छैनन् । पाकिस्तानको समर्थनमा बोल्ने आजम खानको गृह जिल्ला रामपुरमा इमरान खानको विरोध गर्दे पुत्ला समेत दहन गरेका छन् । भारतीय मुस्लिम महासंघले पाकिस्तानका प्रधानमन्त्रीको पुत्ला दहन गरेपछि मुस्लिमहरु पाकिकस्तानको खिलापमा भएको प्रमणित भएको छ । जम्बु कस्मिर मामलामा इमरान खानले संसारभरिका मुुसलमानहरुलाई धर्मको नाममा समर्थन जुटाउने घिनलाग्दो प्रयास गरेका थिए तर उनको यो प्रयास सफल हुन सकेन ।
तनावमा पाकिस्तान
जम्बु–कस्मिरको पुलवामा भएको आतंककारी हमला पश्चात भारतीय वायु सेनाले वालकोटमा प्रवेश गरेर आतंकवादको खिलाफमा एयर स्ट्राइक गरेर उनीहरुका आधार इलाका बम हानेर ध्वस्त बनाइदिएको थियो ।
भारतीय वायु सेनाले इजरायलमा निर्माण भएको स्पाइस २०००को प्रयोग गरेका थिए । भारतले स्पाइस २००० बम इजरायलबाट ठूलो संख्यामा किनेको र भारतीय एयरफोर्सलाई हस्तान्तरण गर्दैछ । भारत र इजरायल बीचमा ३०० करोड रुपैयामा त्यस्ता बमहरु किन्ने सम्झौता भएको हो । स्पाइस २००० एयर टु ग्राउन्ड गाइडेड बम हो । जुन अत्यन्तै घातक मानिन्छ । स्पाइस २००० बमको स्टैण्ड अफ
रेन्ज ६० किलोमिटर सम्म रहेको छ । यो बमको विशेषता यसलाई प्रहार गरेपछि यसले आपनो दिशा आफै सुनिश्चित गर्छ । जसका कारण दुस्महरु बाँच्ने सम्भावना न्यून रहन्छ ।
