बीपीमा डेंगु चेक गर्ने किट अभाव

धरान÷ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगु पहिचानका लागि गरिने परीक्षणमा प्रयोग हुने सेरोलाजी किट नहुदा प्रतिष्ठानमा अहिले विरामीहरु समस्यामा परेका छन् ।
किट नभएपछि अहिले प्रतिष्ठानले सिविसीमार्फतमात्र अर्थात प्लेटनेक्स कति छ भन्ने आधारमा मात्र डेंगु छ छैन भन्ने अनुमान प्रतिष्ठानले गर्ने गरेको छ ।
गत वैसाखबाट धरानमा शुरु भएको डेंगु संक्रमण अहिले ३५ सय भन्दा बढीमा संक्रमण देखिएको धरान उपमहानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामबाबु यादवले बताउनुभयो ।
जति डेंगोको विरामी बढे पनि अहिले यसको नियन्त्रणमा खासै प्रभावकारी काम हुन सकको छैन । यसमा उपमहानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख यादवले आर्थिक बर्षको सकिएको र अर्काे आर्थिक बर्ष शुरुवात भएसंगै बजेट अभाव भएको, जनशक्तिको अभाव भएको लगायतका समस्या भएको बताउनुभयो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान उपमहानगरपालिकाले सहकार्य गरेर डेंगु नियन्त्रण गर्न रेस्पोन्स टिम बनाएको भए पनि यो टिम अहिल निस्किृय झै रहको छ ।
तर धरान उपमहानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख यादवले काम धेरैको बताउनु भयो । उहाले हालसम्म ३१ लख भन्दा बढी खर्च भइसकेको बताउदै अहिले पनि उपमहानगरपालकाले लार्भा नष्ट गर्ने, सचेतना फैल्याउने, धरान नगरभरि फगिङ गर्ने कार्यलाई निरन्ता दिदै आएको उहाको भनाई छ ।
धरानमा डेंगु देखिएको पाच महिना वितिसक्दा धरानमा प्रदेश सरकार, संघीय सरकारले धेरै नै चासो देखाएको थियो । तर अहिले त्यो काम सुस्ताएको छ । अहिले डेगु संक्रमण हो या होइन भनेर छुट्याउने किट समेत व्यवस्था गर्न सकेको छैन । प्रतिष्ठानमा दैनिक ४ देखि ५ हजार विरामी उपचारमा आउने गर्छन । यसमा पनि अधिकांशमा भाइरल ज्वरो भएको पाइएका छ । भाइरल ज्वरो डेंगु संक्रमणको संकेत हुन सक्ने प्रवल सम्भावना हुदा समेत धरान उपमहानगरपालिका र प्रतिष्ठानले जाच गर्ने किट समयमा उपलब्ध गराउन भने सकेको छैन । किट सकिएकै कारण अहिले महंगो मूल्य तिरेर निजी क्लिनिकमा चेक गराउन सर्वसाधारण बाध्य छन् । यसतर्फ सम्बन्धित पक्ष कहिले गम्भीर हुने ?

तपाईको प्रतिक्रिया