अस्पताल जस्तो संवेदनशील क्षेत्रमा रहेका क्यान्टिममा कुहिएका तरकारी

धरान÷ अस्पतालजस्तो संवेदेनशिल स्थानमा खोलिएका क्यान्टिनका खानाहरु खन योग्य नहुदा उपचाराम आएका विरामीलाई कस्तो असर गर्छ त्यो सहजै अनुमान गर्न सकिन्छ । यस्तै भएको एसियाकै प्रतिष्ठित अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र खोलिएका क्यान्टिन तथा होटलहरुमा ।
धरान उपमहानगरपालिकाको बजार अनुगमन समितिले गरेको अनुगमनका क्रममा त्यहा खोलिएका क्यान्टिन तथा होटलहरुमा म्याद गुज्रिएका सामान, लेवल नभएका सामाग्री तथा खानामा कुहेका सागसब्जी प्रयोग गरेको पाइएको हो ।
अनुगमनका क्रममा प्रतिष्ठान हाताभित्र रहेको अत्यन्तै संवदेनशील क्षेत्रभित्र मानिएको प्रसुतिगृह छेउमा रहेको अनुगमन गर्ने क्रममा सडेगलेका सामाग्री भेटिए । पवन अग्रवालले सञ्चालन गरेको सो क्यान्टिनमा अनुगमनका क्रममा कुहेको सिंगडा, विस्कुट र फिंगर चिफ भेटिएका थिए भने धरैजस्तो लेवलिङ्ग नगरेका सामाग्री भेटिए । अनुगमनका क्रममा भेटिएका ती सामाग्री सञ्चालक अग्रवालललाई नै नष्ट गर्न लगाइयो ।


विगतदेखि क्यान्टिनको खानामा कम्प्लेन गर्दै आएका विरामीका आफन्त क्यान्टिनमा भएको अनुगमनबाट अत्यन्तै खुशी देखिन्थे । सुत्केरी भएपछि विरामीले यही क्यान्टिनबाट विरामीलाई खाने कुरा लाने गरेका थिए भने
विरामीको कुरुवाले समेत यही क्यान्टिन प्रयोग गर्थे । धनकुटाबाट दिदीलाई डेलिभरी गराउन आएकी दुर्गा श्रेष्ठले पहिलादेखि नै आफूहरुलाई यो क्यान्टिनदेखि शंका लाग्दै आएको भए पनि गुनासो राख्ने ठाउ नै नभएको बेला अनुगमनकर्ताहरुले भटे सचेत गराएकोप्रति सकारात्मक भएको बताउनुभयो । उहाले यहामात्र हैन यस्ता संवेदनशील क्षेत्रमा रहेका क्यान्टिनहरुले मनोमालिन्य ढंगले सञ्चालन गर्ने गरेका छन् यस्तालाई कारबाही नै गर्नुपर्ने बताउनभयो ।
प्रतिष्ठानभित्र रहेका तीनवटा क्यान्टिन र एउटा धर्मशालामा गरेको अनुगमनका क्रममा अधिकांशमा पवन अग्रवालको जस्तै भएको पाइएको थियो । विगतमा पनि यस्तै अवस्था हुदा सञ्चालकले अब आइन्दा यस्तो नहुने प्रतिबद्धता जनाएको भए पनि यस पटक पनि त्यस्तै गल्ति भेटिदा पुन सञ्चालक पवन अग्रवालले गल्ति स्विकार गर्दै आइन्दा यस्तो नदाहोरिने आश्वासन दिनुभयो ।
पटक पटक प्रतिष्ठानभित्र यस्ता गल्ति दोहोरिरहने, अनुगमनकर्ताहरुले सुध्रिन चेतावनी दिने बाहेक अरु
कारबाही हुन सकेको छैन ।
प्रतिष्ठानभित्र खुलेको पवन अग्रवालको क्यान्टिनमात्र हैन विरामीको सुविधालाई ध्यानमा राखेर खोलिएको श्री भगवातप्रसाद श्रेष्ठ स्मृति धर्मशाला तथा खाजा घरले गरको लापारबाही त झन हदै सम्मको पाइएको थियो । विरामीलाई प्रयोग गर्ने खाना तथा तरकारी खान लायकको पाइएको थिएन । खानामा प्रयोग गरिने तरकारी कोपी, आलु, भिन्डी लगायतका सामाग्री कुहिएको अवस्थामा भेटिएका थिए । अर्थात विरामीले प्रयोग गर्ने तरकारी आफै विरामी थियो भन्दा फरक थिएन । यसका साथै त्यहा पनि म्याद गुज्रिएका, लेवलिङ्ग नगरिएका सामाग्रहरु समेत भेटिपछि अनुगमनकर्ताहरुले नष्ट गरिदिएका थिए ।
यस्तै प्रतिष्ठानभित्रै रहेको टेक्सन फुड कर्नरमा गत बर्ष बासी भात भेटिएको थियो । तर यस बर्ष भन त्यस्तो नभए पनि गल्तिचाहि भेटिएको थियो । टेक्सनमा अखाद्य वस्तु हाइडूो प्रयोग गरेको खाना तथा खाजाहरु भएको पाइएको थियो ।
त्यस्तै प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुका लागि लक्षित गरी खोलिएका मेसहरु समेत अन्य कुरा केही नभए पनि म्याद गुज्रिएका पिय पदार्थ धेरै
रहेको पाइएको थियो । अनुगमन कर्ताहरुल गल्र्स होस्टल मेस १ मा ६ सय एमएलका ४ वटा मिरिन्डाका प्रयोग मिति सकिएका पाएका थियो ।
अस्पतालजस्तो संवदेनशील क्षेत्रमा खोलिएका होटल तथा क्यान्टिनहरुमा हदैसम्मको लापारबाही भएको र यसलाई सुधार्न सुझाव दिएको खाद्य प्रविध तथा गुण नियन्त्रण कार्यालय सुनसरीका खाद्य निरिक्षक सिर्जन जोशीले बताउनुभयो ।
अनुगमनको नेतृत्व गरेको धरान उपमहानगरपालिका अनुगमन समितिका संयोजक घनश्याम सिग्देलले प्रतिष्ठान हाताभित्र खोलिएका क्यान्टिनहरु विरामीको हितका लागि पनि कमाउ धन्दामा लागेका पाइएको बताउनुभयो । उहाहरुलाई सुर्धन समितिले चेतावनी दिइसकेको र आगामी दिनमा समेत यस्तै भएको पाइएमा कडा कारबाही गर्ने बताउनुभयो ।
जे भएपनि बर्षेनी गरिएको अनुगमनका क्रममा प्रतिष्ठानभित्र खोलिएका यस्ता क्यान्टिन तथा होटलहरुमा लापारबाही नै भएको पाइने गरेको छ । पछिल्लो पटक धरान उपमहानगरपालिका अनुगमन समिति, इलाका प्रहरी कार्यालय, सुनसरी उद्योग वाणिज्य संघ, इलाका प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा पनि यस्तै पाइएको छ । अनुगमन गर्ने चेतावनी दिन छाडिदिने प्रवृत्तिका कारण व्यवसायीहरुले मनोमालिन्य ढंगले विरामीको हितलाई ध्यान नदिई सञ्चालन गरेको पाइएको छ । अब भने यस्ता क्यान्टिन तथा होटल सञ्चालकलाई यस्तो भेटिएमा कडा भन्दा कडा कारबाही गर्न जरुरी भइसकेको छ । हैन भन यो प्रवृत्ति सधै ने दोहोरिनेमा दुई मत छैन ।

 

तपाईको प्रतिक्रिया