अक्सर सबैकी आदरण्ीय दिदी विष्णुमाया राई (याख्खा) अब हाम्रा माझ रहनु भएन । समाजसेवामा उहाँले पु¥याउनु भएको योगदानबाट शायद कोही अपरिचित नहोला । धरानेहरुमात्र नभएर निःस्वार्थ समाजसेवामा समर्पित नेपालका जोकोही पनि उहाँको निःस्वार्थ कर्मबाट भलिभाँति परिचित छन् ।
जीवन पर्यन्त आफूलाई समाजसेवामा समर्पित गुर्न हुने विष्णुमाया याख्खा राईको जन्म वि.सं. २००६ साल भाद्र ३ गते भारतको देहरादुन स्थित केलमेन्ट छाउनीमा भएको थियो । त्यसताका उहाँका पिता धनकृष्ण राई भारतीय सेनामा कार्यरत हुनुहुन्थ्यो । परिवारकीे जेठी छोरीका रुपमा जन्मनु भएकी राईको जीवन संघर्षको परिचायक नै थियो । संखुसासभा निवासी दृटिश सेनामा कार्यरत नेत्रप्रसाद राइ र्
(याख्खा)सँग वि.सं. २०२३ सालमा वैवाहिक जीवन शुरु गर्दा उहाँ केवल १६ बर्षको मात्र हुनुहुन्थ्यो । सामान्य शिक्षा देहरादुनकै विद्यालयबाट हाँसिल गर्नुभएकी राईले धरानलाई कर्मथलो बनाएर जीवनका चार दशक आफूलाई समाजसेवामा समर्पित गर्नुभयो ।
समाजसेवा, पारिवारिक उत्तरदायित्व निर्वाहको संघर्ष र राजनीतिमा समेत एकसाथ आफूलाई उभ्याउनु त्यसै पनि कठिन कार्य थियो । वर्बराउने ओठहरु भन्दा सेवा गर्ने हातहरु ठूलो हुन्छ भन्ने वाणीबाट प्रभावित रार्ई विचारमा प्रजातन्त्रवादी र व्यवहारमा उदारवादी हुनुहुन्थ्यो । संयोग नै मान्नुपर्छ उहाँको धर्तीमा आगमन र प्रस्थान एउटै महिना र एउटै गते परेको छ । यदाकदा मात्र संयोगले केही मानिसलाई त्यस प्रकारको संयोग प्राप्त हुन्छ । नेपाली काँग्रेस धरानकी सक्रिय कार्यकर्ता, समाजसेवामा आजीवन समर्पित, अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ दन्कालीको पूर्व अध्यक्ष, किराँत याख्खा छुम्माकी केन्द्रीय सदस्य, लायन्स बर्ष २०१९–२०२० कि एम्बास्डर अफ गभर्नर, अत्यन्तै मिलनसार, दर्जनौ सामाजिक संघ सस्थामा आवद्ध, विगत २१ बर्षदेखि धरानबाट नियमित प्रकाशित भइरहेको धरान साप्ताहिकको प्रमुख सल्लाहकार समेत रहनु भएकी राईले समाजलाई दिनु भएको योगदान सदैव अविस्मरणीय रहने छ । उहाँको अभाव धरानेहरुलाई सदैव खट्की रहने छ ।

वि.सं. २०४१ सालमा पहिलो पटक लायन्स क्लब अफ दन्तकालीको साधारण सदस्य भएर क्लबमा प्रवेश गर्नुभएकी
राईमा सेवाको भावना र उत्तरदायित्व वहनको बोध भएपछि वि.सं. २०४८ देखि २०५० सालसम्म दुई बर्ष अध्यक्ष हुनुभयो । बालबालिका, असहाय, बृद्ध, रोगीहरुको सेवा गर्दा आत्म सन्तुष्टि प्राप्त हुने कुरा उहाँले आफ्ना निकटतम आफन्त, सहयोगीहरुलाई बताउने गर्नुहुन्न्थ्यो । वृटिश सेनामा कार्यरत आफ्ना श्रीमानसँग बेलायत, हङकङ, ब्रुनाई, सिगापुर, बैकक जाँदा पनि उहाँले समाज सेवाको भावनालाई किहल्यै विर्सनु भएन । समाजमा भएका विकृति, विसंगति, हेपाहा प्रवृत्ति र समाजसेवाका नाममा डलरको खेती गर्ने हेतुले खोलिएका आडम्बरी
संघ संस्थाका समाजसेवीहरुप्रति उहाँ सदैव एक्लो वृहस्पतिका रुपमा उभिनु हुन्थ्यो ।
उहाँसँगको जीवनको उत्तरार्धको भेटमा उहाँले भन्नुभएको थियो म स्व. मदर टेरेसाबाट प्रभावित भएर समाजसेवामा लागेकी हुँ । राजनीतमा उहाँ बीपी कोइराला, गणेशमान सिंह लगायतबाट प्रभावित भएर उहाँहरुकै पदचाप पछ्याएर निरन्तर लागिरहनु
भयो । बाल्यकालदेखि नै उहाँ गरिब र असहायका दिनचर्यालाइ देखेर भावुक बन्नु हुन्न्थ्त्यो । तर रुढीगत त्यसबेलाको सामाजिक मान्यता, पारिवारिक परिधिबाट चाहेर पनि उहाँ बाहिर आउन सक्ने अवस्था थिएन । भारतको देहरादुन जस्तो आधुनिक समाजमा जन्मि हुर्के पनि संखुवासभा जिल्लाको लिलिङ्ग फाफुक गाविसका नेत्रप्रसाद राईसँग विवाह भएपछि उहो पतिकै कर्मथलो पुग्नुभयो । पहाडको उकाली, ओराली, घास दाउरासँगै दिनचर्या वितेको उहाँलाई पत्तै भएन । श्रीमानको विदेश पलयानले उहाँलाई निरास बनाएन । उहाँले संघर्षका पहाडहरु छिचोल्दै जानु भयो । पतिको सेवाबाट निवृत्तिभरण नहुन्ज्याल उहाँले पहाडी जीवनलाई आफ्नो कर्मथलो बनाउनुभयो । मानिसमा जब इच्छा शक्ति प्रवल हुन्छ, मनमा एउटा अठोट लिन्छ, समाजप्रतिको आफ्नो उत्तरदायित्व वहन गर्छ त्यसबेला मात्र उसले समाजलाई केही दिन्छ भनेर यस पंक्तिकारलाई उहाँ बारम्बार सुनाउनुहुन्थ्यो । नारीबादी चिन्तन भएकी राईले लाहुरेका श्रीमति, छोराछोरी तथा लाहुरेका परिवार समाजसेवामा हुँदैनन भन्ने एउटा मान्यतालाई तोडिदिनु भएको थियो ।
समाजेवाको पर्याय नै मानिनु हुने राईको यही २०७६ भदौ ३ गते मंगलबार भएको निधनले समाजसेवाको एउटा नक्षत्र अस्ताएको सबैले महसुस गरेका छन् । उहाँका श्रीमान, तीन सुपुत्र रहनु भएको छ ।
