दिल्ली पब्लिक स्कूल, वि.पि.को.स्वा.वि.प्र. धरान (नेपाल) एक परिचय

हाम्रो विद्यालयले सन् २०१५÷१६ को ब्रिटिश काउन्सिलको पुरस्कार जितेपछि हामी आई.एस्.ए. को पुरस्कारतर्फ अगाडि बढेका छौं र अहिले हामी गर्वका साथ यो सूचना गराउन चाहन्छौं कि हाम्रो विद्यालयले ब्रिटिश काउन्सिल अन्तर्राष्ट्रिय पुरस्कार २०१९–२०२२ पनि जितेको छ । यो हाम्रो लागि एउटा सफल यात्रा थियो । हरेक विद्यार्थीको क्षमतालाई भ्यानमा राखेर १२ वटा प्रोजेक्टको व्यवस्था गरिएको थियो । शिक्षक, शिक्षिका तथा विद्यार्थीहरु सबै जना एकआपसमा मिलेर काम गरिएको थियो । उनीहरुले विभिन्न प्रकारका अनुसन्धानका कामहरु गरेर आÏनो दक्षता पनि प्रस्तुत गरे । हामीले विभिन्न देश जस्तै ःयूक्रेन, पाकिस्तान, भारत ( विशाखापट्टनम्, फरक्का, हैदरावाद, मुम्बाई र नागपुर ) र अन्य देशभित्र र बाहिरका विद्यालयहरुसँग मिलेर काम गरेका थियौं ।
यो मेलमिलापले यस्तो जनाउँछ कि यो संसार साँच्चिकै एउटा (ग्लोबल) गाउँ हो । यी स्थानीय र विश्वव्यापी मुद्दाहरुले विद्यार्थीहरुलाई यी विषयहरुप्रति चिन्तनशील बनाएको छ जसले गर्दा उनीहरु यी समस्याको समाधान खोज्नमा लागेका छन् । यसले विद्यार्थीहरुलाई देशभित्र तथा बाहिरका संस्कृति तथा परम्परालाई चिन्ने मौका दिएको छ । ब्रिटिश काउन्सिलको योजनाले संसारका सपनाहरुसँग नजिक पु¥याएको छ ।


यो योजना पूरा गर्ने कार्यका लागि हाम्रो विद्यालयका प्रिन्सिपल योजनाका प्रमुख पात्रहरु भाइसप्रिन्सिपल, शिक्षक–शिक्षिका तथा कर्मचारीहरु तथा आई.एस्.ए. का संयोजक सबैको निरन्तर सहभागिताको कारणले नै हुनेछ । डि.पि.एस् वि.पि.को.स्वा.वि.प्र. धरानले आयोजना गरेको यो राष्ट्रियस्तरको भेलामा विद्यालयका प्रिन्सिपलहरु,शिक्षक,शिक्षिकाहरु, र अनुसन्धान, काउन्सिलर ट्रेनिंग आदि कार्यक्रमहरु भएको थियो । नयाँ दिल्ली भारत अन्तर्गत रहेको यो कार्यक्रमको नाम प्रोजेक्ट पाराडिम® रहेको छ ।
१.अनुशासनका लागि नयाँ चुनौती विषयमा कार्यक्रम ः २९ अगस्त २०१९ बिहान ८.३० देखि २.०० बजेसम्म
२…सल्लाहकारका रुपमा शिक्षकहरु ३० अगस्त २०१९ बिहान ८.३० देखि १२.३० बजेसम्म
स्थानः वि.पि.को.स्वा.वि.प्र. को अडिटोरियम हल, भी. सी. अफिसको छेउमा ।
अहिलेका विद्यार्थीहरु नयाँ नयाँ सूचना , वार्तालाप तथा मनोरञ्जनसँग घुलमिल भएका छन् । विद्युतीय संचार ( इलेक्ट्रोनिक मिडिया ) जीवनशैलीको नयाँ मानदण्ड तयार गरिरहेको छ । भौतिक संस्कृतिले नराम्रो रुप लिइसकेको छ । यस्ता कुराहरुले अहिलेका नयाँ युवाहरुलाई गहन दबाव एिको छ । संयुक्त परिवार
इतिहास वा उहिलेको कथा जस्तो भएको छ र आमाबुबाहरुले आÏना बच्चाका लागि शायद समय पाउँदैनन् । त्यसकारण सबै भौतिक सुबिधा पाए तापनि , आजका युवाहरुले निराश महशूस गर्छन् र भावनात्मक रुपमा असन्तुलित र विचलित हुन्छन् । यस परिदृश्यमा, स्कूलहरुले बच्चाहरुलाई जटिल आधुनिक जीवनको दबावको नकारात्मक नतिजाबाट बचाउनका लागि धेरै सक्रिय भूमिका खेल्नुपर्ने छ र उनीहरुलाई उनीहरुको पूर्ण क्षमताको अनुभूति गर्न सहयोग पुयाउनुपर्ने छ । यसका लागि विद्यालयले मार्ग निर्देशन र काउन्सिलका सेवाहरुलाई एउटा महत्वपूर्ण विषयका रुपमा लिनुपर्दछ । दुर्भाग्यवस पेशेवर प्रशिक्षक काउन्सिलरहरुका कारण देशका अधिकांश विद्यालयहरुमा एक जना सल्लाहकार पनि छैन । काउन्सिलर नियुक्त गरिएका विद्यालयहरुमा पनि एकलो हातले अथवा एक जनाले मात्र धेरै कार्य हुन सक्दैन । जबसम्म शिक्षकहरु परामर्श कार्यका अभिन्न हिस्सा हुँदैनन् , स्कूलले बढ्दो दबावहरुको सामना गर्न सक्दैन । ज्ञान प्रदान गर्न अब पर्याप्त छैन । हरेक शिक्षकहरुले अब वस्तुतः काउन्सिलरको भूमिका निर्वाह गर्नुपर्दछ । समस्या यो हुन्छ जब सल्लाहकार शब्द एकदमै हल्का रुपमा लिने गरिन्छ र काउन्सिलिंगमा कुनै परिक्षण नलिएका व्यक्तिहरुले आफूलाई परामर्शदाताको रुपमा घोषणा गर्छन् । व्यवसायिक रुपमा परामर्श भनेको एक व्यक्तिलाई सकारात्मक मानसिक स्वास्थ्य प्रदान गर्न सहयोग गर्ने वैज्ञानिक प्रक्रिया हो ।
तसर्थ , यो आवश्यक छ कि प्रत्येक शिक्षकले मार्गदर्शन र परामर्शका सम्पूर्ण क्षेत्रको अवधारणात्मक दृष्टिकोण विकसित गर्नु पर्नेछ ता कि त्यसले विद्यार्थीहरुलाई उनीहरुको पूर्ण क्षमता बुझ्न सहयोग गर्न सकोस् ।

नेपालमै पहिलो पटक अनुशासन : नया“ चुनौति सम्बन्धी सेमिनार

धरान÷धरानस्थित रहेको दिल्ली पब्लिक स्कुलले नेपालमै पहिलो पटक विद्यालय शिक्षामा अनुशासनममा देखिएको चुनौति सम्बन्धमा दुईदिने सेमिनारको आयोजना गर्दैछ ।
विद्यालयका प्रिन्सिपल एवम.् सञ्चालक र शिक्षकहरुको देशैभरिबाट सहभागिता रहने सेमिनार अनुशासन चुनौैतिपूर्ण बन्दै गएको र त्यसलाई कसरी विद्यार्थीहरु बीचमा समन्वय गरेर लैजाने भन्ने सम्बन्धमा भारतको विख्यात Institute of counsellor training research and Consultancy (ICTRC) परियोजनाबाट आउनु भएका विज्ञहरुले सहभागिहरु बीचमा छलफल र समाधानका उपायहरु अवलम्बन गरिने बताइएको छ । यो परियोजनाले विगत २७ बर्षदेखि भारतका विभिन्न स्थानहरुमा वृहत सेमनारहरु सञ्चालन गरिसकेको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञानप्रतिष्ठानको अडिटोरियम हलमा हुने कार्यक्रममा अगस्त २९ अर्थात भाद्र १२ गते प्रिन्सिपल र भाद्र १३ गते अर्थात अगस्त ३० मा शिक्षकहरुका बीचमा वृहत छलफल, अन्तरक्रिया गने भएको हो । कायक्रममा सहभागी हुनेहरुले भाद ८ गते सम्ममा आफनो सहभागिताका लागि दिल्ली पब्लिक स्कुलमा सम्पर्क गरिसकेको स्कुलका प्रिन्सिपल पिके शंकरालिंघमले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया