विर्तामोड÷झापाको विर्तामोड नगरपालिका वडा नं. ७, ८ र ९ वडाको संयुक्त कार्यालयमा सोमबार विहान ५ बजे शक्तिशाली वन विस्फोट भएको छ ।
विगत केही समय यता पूर्वाञ्चलमा आगजनी र विस्फोटनका घटनाहरुमा बृद्धि भएको छ । एनसेलका टावरमा विस्फोट, आगजानी, स्थानीय निकायहरुमा विस्फोट लगायतका घट्नाले सुरक्षाकर्मीको टाउको दुुखाई भएको छ । विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा भएको वम विस्फोटनबाट कार्यालय भवनमा क्षति पुग्नुका साथै कागजपत्र र अन्य फर्निचरका सामनहरु समेत नष्ट भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता एवम् डिएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार विस्फोटले कार्यालय भवन र कागजात, कुर्सी टेवलहरु नष्ट भएका छन् । विहानको समयमा विस्फोट भएका कारण मनवीय क्षति भने नभएको श्रेष्ठको कथन छ । विफोटको जिम्मा प्रतिबन्धित नेकपा चन्दले लिएको छ ।
