यसपटक भारतको ७१ औं स्वतन्त्रा दिवस १५ अगस्तमा भारतको अभिन्न अंग जम्बु कस्मिरमा समेत एक साथ मनाइने भएको छ ।
भारत सरकारले अगस्त ५ तारेखका दिन आफ्ण्नो अभिन्न अंग रहेको जम्बु कस्मिरबाट धारा ३७० हटाएपछि सम्पूर्ण भारतमा यसको स्वागत गरिएको छ, ठाउँ ठाउँमा स्वागतका जुलुसहरु भएका छन भने अन्य वा बाहिरी विश्वमा यसका सम्बन्धमा धेरैथरि चर्चा परिचर्चा र सम्भावनाहरुप्रति बहस र टिप्पणी हुने गरेका छन् ।
विगत ७१ बर्षदेखि भारत शासित कस्मिरका जनताले भारतीय स्वतन्त्रता दिवस मनाउन पाएका थिएनन् । भारतको खाएर पाकिस्तानको गुन गाउने केही मुठ्ठी भरका उग्र कट्टरपन्थी मुससलमानहरुले ३७० धाराका कारण सम्पूर्ण कस्मिरी जनतामािथ आफनो हैकम चलाएका थिए । ३७० धाराका कारण सम्पर्ण कस्मिरी जनतामाथि आफनो हैकम चलाएका थिए । ३७० धराकै आडमा पाकिस्तनीहरुले कस्मिरलाई मनपरी ढंगले उपयोग गर्दै आएको थियो । केन्दं्र सरकारले जम्बु कस्मिरकालागि आफनो कुल बजेटको १० प्रतिशत विनियोजन गथ्र्यो जसबाट जम्बु कस्मिरको समग्र विकास होस, आम नागरिकका सन्तानले विद्यालयमा पहुँच राख्न सकून, विकासका निर्माणले तिब्रता पाओस, सुशासन र शान्ति कायम होस्, मानव अधिकारको प्रत्याभूति गर्न सकून । तर यी सबै कुराबाट जम्बु कस्मिरका आम नागरिक बञ्चित भए । जम्बु कस्मिरको आय आर्जन पाकिस्तान पुग्थ्यो । पास्तिातानी आतंककारीहरुले जम्बु कस्मिरलाई सेल्टरको रुपमा प्रयोग गर्थे । ३७० धराकै कारण जम्बु कस्मिरमा भारतीय झण्डा नभएर छुट्टै झण्डाको प्रयोग हुन्थ्यो , देशको सर्वोच्च अदालतको कुनै पनि निर्णय त्यहाँ लागू हुँदैनथियो । जम्बु कस्मिरको सम्पूर्ण स्रोत साधनमा तीन परिवारको मात्र वर्चस्व रहेको थियो ।
३७० धारा हँटिसकेपछि अब त्यहाँ केन्द्रीय शासन लागू भएको छ ।
राष्ट्रिय झण्डा फहराएको छ, भारतका हरेक नागरिकले अब जम्बु कस्मिरमा गएर बसोबास गर्न, जग्गा जमिन किन्न, व्यापार व्यवसाय गर्न पाउने भएका छन् । अर्थात् सम्पूर्ण विभेद हँटेको छ । अहिले जम्बु कस्मिरबाट पाकिस्तानीहरु पलायन हुने क्रम बढेको छ । ३७० धारा हँटनासाथ पाकिस्तानको शेयर बजार डाँवाडोल भएको छ, डिजल,पेट्रोलको मूल्य अचाक्ली बढेको छ, बजार अनियन्त्रित भएको छ कुनै प्रकारको नियोजित घट्ना नहोस भनेर केन्द्र सरकारले हजारौ सुरक्षाकर्मी जम्बु कस्मिरमा तैनाथ गरेको छ । अब जम्बु कस्मिरबाट पाकिस्तानले कुनै लाभ नपाउने भएपछि यतिबेला ऊ बहुलाएको छ । अन्तर्राष्ट्रिय मञ्चहरुमा विरोधमा स्वरहरु पु¥याइरहेको छ । तर कसैले पनि उसको याचनाप्रति समर्थन जनाएनन् । भारतले आफ्नो भूभागमा जे पनि गर्न पाउँछ भनेर जवाफ फर्काएपछि पाकिस्तान विश्वमान चित्रबाट एक्लिएको छ ।
कुनै प्रकारको हिंसा कसैले नघटाओस् भनेर भारतले परिस्थिति अनुकूल नभएसम्मका लागि कÏर्यु जारी गरेको छ विद्यालयहरु बन्द गरको छ ।
इन्टरनेट र फोन सेवाहरु अवरुद्ध गरेको छ । यो स्वभाविक पनि थियो । अवस्था अत्यन्तै सामान्यतर्फ उन्मुख छ । चाँडै नै कÏर्यु हँटने, विद्यालयहरु खुल्ने, सञ्चार प्रदायक सेवाहरु सुचारु हुने भारतले जनाइसकेको छ । अब जम्बु कस्मिरबाट कुनै लाभ प्राप्त नहुने भएपछि पाकिस्तानले एकतर्फी रुपमा भारतसँगको कुटनीतिक सम्बन्ध विच्छेद गरेको छ । भारतबाट आफ्ना राजदूत फिर्ता बोलाएको छ, व्यापारमा प्रतिबन्ध लगाएको छ । यसो गर्नु उसको मनसिक विचलनको पराकाष्ट हो ।
केही सञ्चार माध्यमहरुले जम्बु कस्मिरमा गोली चलेको, पाकिस्तानले प्रहार गरेको भन्ने भ्रमपूर्ण सामाचारहरु सम्प्रेषण समेत गरेका छन् । तर यो सबै नियोजित प्रचार मात्र हो । त्यहाँ अमनचयन कायम भएको छ,
सुरक्षाकर्मीहरुले हालम्म फायर खोलेको छैन । केही सञ्चारमाध्यमहरुले श्रीनगरमा कÏर्यु खुकुलो बनाउन साथ १० औं हजार मानिस सडकमा आए भनेर समाचार लेखे तर त्यो गलत र मनगढन्ते भएको प्रहरी अधिकारीहरुले बताएका छन् । स्वस्फूर्त रुपमा जम्बु कस्मिरका सर्वसाधारले कस्मिरका
हरेक पञ्चायतमा भारतीय झण्डा फहराएका छन् । केन्द्र सरकारले समेत ५० हजार शिल्क र खाँदीका झण्डाहरु कस्मिरमा पठाइदिएको छ ।
