धरान÷विदेशमा बस्ने नेपालीहरु पछिल्लो समयमा समाजसेवामा तल्लिन भएको देखिन्छ । उनीहरुले विदेशमा बसेर कमाएको रकमको केही हिस्सा नेपालमा रहेका गरिब, असहाय तथा विरामीहरुलाई सहयोग गर्ने गरेका छन् ।
यसको पछिल्लो उदाहरण धरान १५ डेरा गरी बस्ने लामो समयदेखि क्यान्सरबाट पीडित एक चेलीलाई हङकङमा बस्ने नेपालीहरुले सहयोग जुटाएका छन् ।
धरान १५ श्यामचौकमा डेरा गरी बस्ने ५७ बर्षीया राधिका भुजेललाई देउराली परिवार हकङले घरमै गएर १ लाख ५० नगद सहयोग गरेको हो ।
परिवारका एक सदस्यको कमाईबाट गुजारा चलाउदै आएको यो परिवारलाई परिवार पाल्न धौ धौ भइरहेको बेला परिवारका सदस्यलाई क्यान्सरको उपचार गराउनु पर्दा कति मुस्किल परेको थियो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।
