बजारमा हरियो सागसब्जीको भाउ खपिनसक्नु महंगो

धरान÷केही समय अगाडि परेको अविरल बर्षाका कारण बजारमा सब्जीको मूल्य आकासिएको छ ।
अविरल परेको बर्षाका कारण पहाडी क्षेत्रमा खसेको पहिरो अझै खुल्न नसक्दा र तराईमा भएको डुबानले बारीमै सब्जी नष्ट भएका कारण बजारमा प्रर्याप्त हरियो सागसब्जी बजारमा नआएकै कारण बजार भाउ ह्वात्तै बढेको हो ।
अविरल वर्षाले तराई क्षेत्र डुबान र पहाडी क्षेत्रका ग्रामीण सडक अबरुद्ध हुँदा हरियो तरकारीको अभाव खट्किन थालेको छ । यसको प्रभाव अहिले पूर्वका शहरहरुमा पर्न थालेको छ । पर्याप्त तरकारी आपूर्ति हुन नसक्दा तरकारीको भाउ आकाशिएको छ । उपभोक्ता महँगो मूल्यमा तरकारी किनेर खान बाध्य छन् । धरान १३ की नरमाया लिम्बु बजारमा सब्जीका भाउ खपिनसक्नु महंगा भएका बताउनुहुन्छ । बजारमा सब्जी किन्न आउनु भएकी उहाले मासुको भाउ भन्दा तरकारीको भाउ बढी भएको बताउनुभयो ।
धरानस्थित कृषि उपज बजार स्थलका अनुसार गोलभेँडाको थोक मूल्य प्रतिकेजी ६० रुपैयाू, सिमी प्रतिकेजी ८० रुपैयाू र काउली प्रतिकेजी ६५ रुपैयाँ छ । वर्षात पछि हरियो तरकारीमा खुद्रामा हरियो खुर्सानीको मूल्य प्रतिकेजी १ सय ६० रुपैयाँ छ । प्रतिकेजी २५(३० मा पाइने हरियो स्कुसको मुन्टा अहिले ५० रुपैयाूसम्म पुगेको छ । तराइमा बाढी आएका कारण तरकारी खेती नष्ट भई अभाव हुूदा तरकारीको भाउ बढेको खुद्रा व्यापारीहरु बताउछन् ।
धरानमा मात्र दैनिक एक सय टन हरियो तरकारीको माग रहेको कृषि उपज बजार स्थलका बजार व्यावस्थापक लक्ष्मण भट्टराई बताउनुहुन्छ् । लगातारको वर्षाले तराईको तरकारी नष्ट भएको र पहाडी क्षेत्रमा पहिरो गएको कारण बाटो अवरुद्ध हुूदा पर्याप्त तरकारी भित्रिन सकेको छैन । धरान आसपासबाट दैनिक ४० देखि ५० टन तरकारी भित्रिने गरेको छ । दैनिक ६० टन तरकारीको अपुग हुूदा भाउ स्वभाविक रुपमा बढेको भट्टराई बताउनुहुन्छ ।
तरकारीका भाउ बढ्नुमा बर्षातको दोष दिएर व्यापारीहरु पन्छिने गरेका छन् । वास्तविकता के हो भनेर अनुगमन गर्ने निकायले खोजी समेत गर्न सकको छैन । जसले गर्दा दैनिक उपभोग गर्न बाध्य तरकारी महंगो मूल्यमा खरिद गरेर खान सर्वसाधारण उपभोक्ता बाध्य छन् । यस तर्फ नियमनकारी निकायको ध्यान जान जरुरी छ ।

तपाईको प्रतिक्रिया