नेपाल भारत सम्बन्ध विश्वकै पृथक र अनुकरणीय रहेको छ–विजेपी नेता चोथाइवाले

राजधानी÷भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चोथाइवालेले नेपाल भारत सम्बन्ध विश्वमै पृथक र अनुकरणीय रहेको बताउनु भएको छ ।
गत शुक्रबार राजधानीको हिमालय होटलमा नेपाल भारत मैत्री समाज ९ल्भउब(िद्यजबचबत ाचष्भलमकजष्उ क्यअष्भतथ० द्वारा आयाजित नेपाल भारत सम्बन्ध ः वर्तमान अवस्थामा आशा र चुनौति विषयक कार्यक्रमलाई सम्बोधन गर्दा उक्त कुरा बताउनु भएको हो ।
डा. चोथाइवालेले भन्नुभयो भारतले नेपालको आन्तरिक मामलामा कहिल्यै हस्तक्षेप गरेको छैन । न विगतमा हस्तक्षेप गरेको थियो न वर्तमानमा गरेको छ । न भविष्यमा गर्छ । हस्तक्षेपको कुनै रणनीति नै नरहेको उहाँले प्रष्ट पार्नुभयो । नेपाल र भारतबीचको पृथक र अनुकरणीय सम्बन्धलाई लिएर एकथरिले सदैव आशंका व्यक्त गर्छन्, सम्बन्धमा दरार ल्याउने प्रयत्न गर्छन् । तर दुई देशको सम्बन्धमा कसैले आँच ल्याउन सक्दैन ।
उहाँ सत्तारुढ दलका नेता, प्रतिप्रक्षी दलका नेता, विभिन्न क्षेत्रमा प्रतिष्ठा हाँसिल गरेका व्यक्ति उद्योगी, व्यवसायीहरुसँगको भेटघाट पश्चात कार्यक्रममा सहभागी हुनु भएको थियो । भारतीय जनता पार्टीभित्र आफ्नो छुट्टै पहिचान बनाउनु भएका डा. चोथाइबाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अघिल्लो कार्यकालमा धनुषास्थित प्रसिद्ध धार्मिक स्थलको भ्रमणमा आउनु हुँदा दश दिन अगावै जनकपुर आएर प्रदेश सरकार र स्थानीयसँग सहकार्य गरेर बस्नु भएको थियो । पछिल्लो पटक भारीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको चर्चा चलिरहेको छ । यद्यपि भ्रमणको कुनै टुँगो भने लागि सकेको छैन । नेपाल भ्रमण पहिला प्रधानमन्त्री मोदी आउने या राष्ट्रपति
रामनाथ कोविन्द आउने भन्ने टुँगो नलागेकोे बताइएको छ । कस्ले पहिला भ्रमण गर्ने भन्ने कुराको छलफल चलिरहेको भारतीय अधिकारीहरुले बताएका छन् ।


भारतीय प्रधानमन्त्रीका विश्वास पात्र समेत रहनु भएका डा. चोथाइबालेले भन्नुभयो भारत सदैव नेपालको विकास र उन्नतिको पक्षमा रहेको छ । जसका कारण विगतदेखि नै भारत नेपालको विकासमा सहायोगी बन्दै आएको हो । उहाँले अगाडि भन्नुभयो आफना कुनै पनि छिमेकीलाई अस्थिर बनाएर भारत एक्लै अगाडि बढ्न सक्दैन । छिमेकको विकास र समृद्धिसँगै भारत अगाडि बढ्छ । पछिल्ला बर्षहरुमा भारतले तिब्र विकास गरिरहेको छ । जसबाट नेपालले समेत फाइदा लिनुपर्छ, उहाँले भन्नुभयो । समय समयमा केही व्यक्ति वा समूहबाट नेपाल र भारतबीचमा अनर्गल प्रचार हुने गरेको तर्फ संकेत गर्दै डा. चोथाइवालेले भन्नुभयो यथार्थको धरातलबाट बाहिर गएर गरिने त्यस्ता टिका टिप्पण्ीिको कुनै अर्थ
रहँदैन । नेपालले भारतसँगको सम्बन्ध बारेमा स्ष्पट हुन जरुरी छ, नचहिँदो विषयमा टिका टिप्पणी गरेर समय खेर फाल्नुको औचित्य छैन । उहाँको कथन थियो भारतको वर्तमान सरकार अहिलेसम्मकै बलियो र स्थिर सरकार हो । नेपालले वर्तमान भारतीय सरकारबाट धेरै ठूलो फाइदा लिन सक्छ । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्द भन्नुभयो टाढाको छिमेकीहरुलाई समेत निकट ल्याउन सक्ने व्यक्तित्व मोदीले आफ्ना निटकका छिमेकीहरुलाई उच्च प्राथमिकतामा राख्नु भएको छ । उहाँले विगतका प्रधानमन्त्रीहरुको नेपाल भ्रमणको प्रसंग कोट्याउँदै भन्नुभयो नेपालमा १७ बर्षसम्म कुनै भारतीय प्रधानमन्त्रीको भ्रमण भएको थिएन । तर प्रधानमन्त्री मोदीले आफ्नो पहिलो कार्यकालमै नेपालको दुई पटक भ्रमण गर्नुले वर्तमान सरकारको नेपालप्रतिको नीतिलाई स्पष्ट गर्छ । उहाँले सम्बाधेनका क्रममा भन्नुभयो प्रधानमत्री नरेन्द्र मोदीले चीन र रुससँग मात्र होइन जापान र अमेरिकासँग पनि वार्ताबाटै सम्बन्धलाई प्रगाढ र स्थायी बनाउनु भएको छ । आज प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश नीति प्रभावशाली बन्दै गएको प्रष्ट पार्दै सम्बन्ध विस्तारसँगै विकासले गति लिएको छ । उहाँले प्रष्ट भन्नुभयो भारतले नेपाललाई मात्र होइन पाकिस्तान जस्ता छिमेकी देशलाई पनि सँगै लिएर अगाडि बढ्ने नीति अख्तियार गरेकोले चाँडै नै सार्कलाई गतिशील बनाइने प्रष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री डा. रामशरण महतले भन्नुभयो नेपाल र भारतबीचमा अन्य सम्बन्ध जस्तै राजनैतिक सम्बन्ध समेत प्रगाढ रहेको छ । दुई देशबीचको सम्बन्ध अतुलनीय र वहुआयामिक रहेको छ । उहाँले आगामी दिनमा भारतको तीब विकासबाट नेपालले फाइदा लिनुपर्छ भन्दै पछिल्लो पटक नेपाल भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको इपिजी प्रतिवेदन थप अध्ययन गरेर, परिमार्जन गर्नुपर्ने अवस्था आएमा त्यो समेत गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । पछिल्लो समय देखिएको बाढीको समस्यालाई दुई देशबीचको आपसी छलफल र सहकार्यबाट समाधान गर्न सकिने समेत बताउनुभयो ।
यसैगरी नेपालकालागि भारतीय राजदूत मन्जिव सिंह पुुरीले नेपाल र भारतबीचमा जुन सम्बन्ध छ त्यो संसारका अन्य मुुलुकका लागि समेत अनुकरणीय रहेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो दुवै देश बीचको सम्बन्ध जनस्तरबाटै प्रगाढ रहेको छ । कार्यक्रममा पूर्व मन्त्री महेन्द्र यादव लगायतले बोल्नु भएको थियो ।

तपाईको प्रतिक्रिया