धरान÷लोकसेवा आयोगको विज्ञापन समावेशी र आरक्षित कोटासमेत सरकारले हँटाउने निर्णय गरेको भन्दै जनजाति महासंघको आयोजनामा सुनसरीका विभिन्न स्थानमा राँके जुलुस र सिठी जुलुस निकालिएको छ ।
जनजाति पिछडिएको वर्गलाई छुट्याउदै आएको कोटा एकाएक वहुमतको सरकारले हटाउने काम गरेको भन्दै उनीहरु देशव्यापी आनेलनमा उत्रिएका छन् । साउन २ गते र १० गते उनीहरुले देशव्यापी बन्दको आवहान समेत गरेको भए तापनि मुलुकभर बाढी पहिरोको चपेटामा धेरैले जनधन गुमाएको भन्दै हाललाई दुवै दिनको बन्द फिर्ता महासघले जनाएका छ । उनीहरुले आइबार सुनसरीको विभिन्न स्थानमा निकालेको राँके जुलुसमा प्रहरीले हस्तक्षेप समेत गरेको थियो भने सिठी जुलुसमा हस्तक्षेप गरेन । जनजाति महासंघले लोकसेवा विज्ञापन संसोधन हुनुपर्ने भन्दै संयुक्त संघर्ष समिति नै गठन गरेको छ ।

