चिन्तित प्रचण्डाउ
प्रचण्डाउलाई हिजो आज दशबर्षे भूतहरुले तर्साउन थाल्या छ कि क्या हो ? बेला न कुबेला बर्बराउन थाल्या छन् । मदन भण्डारीको ६८औं जन्मोत्सवका अवसरमा प्रचण्डाउले बडो चिन्ता व्यक्त गरेर मदन भण्डरीलाई ४१ बर्षको उमेरमा हत्या गरे, हामी ६०–६५ बर्ष पुगिसकेका छौं । हामो नि हत्या हुन सक्छ भनेर उनले चिन्ता व्यक्त गरेको देख्दा घण्टारलाई आश्चर्य लाग्या छ । आफ्नो मृत्यु देखि प्रचण्डाउलाई कत्रो त्रास ? हिजो डङडङी अरुलाई उडाउँदा खित्का छाडेर महान जनयुद्ध भनेर कुम हल्लाई हल्लाई भाषन ठोक्ने प्रचण्डाउ हैन र ? त्यस्ता जब्बड मान्छेलाई आज आएर मृत्युसँग किन लगलग हुनुप¥यो हो ? फेरि प्रचण्डाउलाई सितिमिति कस्ले छुन सक्ने ? सत्ताधाधरी पार्टीको अध्येक्षे । प्रचण्डाउकै सुरक्षेकालागि राज्यले ६० जना सुरक्षेकर्मी दायाँबायाँ खटाएको छ । घरमा सुरक्षे, पार्टीमा सुरक्षे, मर्निङ्गवाक हिड्दा सुरक्षे । जहाँ हिड्यो त्यही सुरक्षे । यमराजले नि प्रचण्डाउलाई छुन आँट गर्दैन । तर नि प्रचण्डाउ किन छटपटिएका होलान् ?
पचाम्ला भन्ठान्या थे
चीनतिर व्यक्तिगत सम्पत्ति थुपार्ने कम्निष्ट हुँदैनन् । नेपालाँ भने व्यक्तिगत सम्पत्ति थुपार्न नसक्ने कम्निष्ट हुन सक्दैनन् । नेपालाँ अहिले झाले माले मण्डले मसालेको सरकार छ । माने खुंखार कम्निष्टको सरकार छ । यिन्ले खाली जग्गा त देख्नै हुँदैन । खाली जग्गा देख्यो कि यिन्लाई माने नेपालका कम्निष्टहरुलाई हडपुँ हडपुँ लाग्दो रै’छ । नेपालका मठ मन्दिर चलाउन, जात्रा पर्व चलाउन सैयौ बर्षदेखि दाताहरुले गुठीलाई दिएको जग्गा हड्प्न प्राधिकरण बनाउन गति छाडेरै लागेको कम्निष्ट सरकार दुई तिहाई जनता सडकमा उत्रिएसी लत्र्याक लुतुक भएर अहिले पछि हँटेको छ । फणा फुलाएर देखापरको सरकारले फणा लुकाएको छ । गुठी जग्गा हडप्ने सपना चकनाचुर भएसी तिनका नन्दीभृंगी,भुतिनी पिचासिनीले डाँको छोडेरभने गुठी समन्तहरुको अवशेष हो, गुठी विद्येयकको विरोधमा गुण्डाहरु परिचिलित भएका छन् । विचराहरुलाई कत्रो औडाहा भा’रैछ । वाल्वाटारको ललिता निवास आफ्ना हुक्के ढोकेहरुलाई बाँडे, त्रिविका हजारौ रोपनी प्लटिङ्ग गरेर सिध्याउँदै छन्, पशुपतिको जग्गामा चर्च बनाउन दिएर माल झारे । धन्न जन्ताले गुठी निल्न द्या छैनन् । गुठीको जग्गा पचम्ला भन्थे जन्ताले तिन्का अपानायु बन्द गर्दिया छन् ।
अब माक्स लगाउनु पर्दैन
भाषन ठोक्न त नेपालका पर्धानमन्तरी खप्रओलाई कस्ले सक्ने ? अस्तिका दिन फेरि उल्काकै भाषन ठोकेछन् । यस भन्दा अगाडि कुनै नेपालीले भातै खानका लागि काम गर्नुपर्दैनन,
सरकारले ओछ्यानमै भात पु¥याइदिन्छ, नेपालमा पश्चिम उत्तरदक्षिण सबैतिररेल चल्छ,पानी नभए पनि सुलुलुलु पानी जहाज चलाउने योजना भएका खप्रओले फेरि एकपटक नेपाली जन्तालाई पेट बाउडियुनज्याल हँसाएका छन् । अस्तिका दिन उन्ले भन्या एक बर्ष अगाडि काठमाण्डौमा सबै माक्स लगाएर हिड्थे । अहिले स्वच्छ र सफा भएकोले कोही माक्र्स लगाउँदैनन् । खप्रओलाई गोकुल वास्कोटा, पद्मा अर्याल जस्ता मन्तरीले फेरि बेकुव बनाइ दिएछन् क्यारे । पहिला काठमाण्डौमा अलिअलि प्रदूषण थियो मान्छेहरु अलिअलि मास्क लगाउँथे । अब त राजधानी भ्रष्टचारले कुहिएर दंग दगदंग्ती गन्हाएको छ । मास्कले कामै गर्दैन विचारा राजधानीबासीहरु त्यही गन्धी मण्डल सहेर माक्स खोलेर हिड्या भनेर खप्रओलाई कस्ले सम्झाइदिने ?
झारे जागीर
नेपालका युवाहरु विदेशमा साह«ै दुःख गर्छन् । विचारहरु त्यहाँ गएर बेल्चा हाल्छन् । उखरमाउलो गर्मीमा फलाम कारखानामा फलाम गाल्छन् । मरुभूमिमा भेडा ऊँट चराउँछन् । त्यस्तो पीडा देख्न नसकेर पर्धानमन्तरी खप्रओले युवा लक्षित घाँसे जागिरको व्यवस्था गर्दिएछन । घाँसे जागिर पाउनका लागि केही शर्तहरु भने अनिवार्य गरिएको छ । त्यसकालागि एमाले वा माउवादी कार्जेकर्ता भएको प्रमाणित हुनुपर्ने, पार्टीको उग्र नारा लगाएर विपक्षीका टाउकोमा प्रहार गर्न सक्ने खुवी भएको हुनुपर्ने, आफ्ना नेताको मलद्वारलाई हरिद्वार देख्ने खुवी भएको हुनपर्ने, अरिंगालले चरित्र हुनुपर्ने यी योग्यता पूरा भएका युवाहरुले रोजगारी पाइन भनेर पीर मान्नै पर्दैन । तुरुन्त उनीहरुलाई पर्धानमन्तरी स्वरोजगार कार्यक्रम अन्तर्गत झारे माने झार उखोल्ने जागिर पक्का । झारे जागिरले युवाहरुको बढ्दो विदेश मोहलाई भंग गरिदिनेमा घण्टाघर ढुक्क देखिएको छ ।
पातकी धान दिवस
असार १५ गते आयो कि घण्टाघरलाई एउटा कुराले सधै झस्काउँछ । २०७२ साल असार १५ गते एमालेका कृषिमन्त्री हरिप्रसाद पराजुलीले रोपाहार महिलासँग राम्रैसँग इलुइलु ग¥या थे । असार १५ गते दही चिउरा खाएर धान दिवस मनाउनु पर्नेमा टन्न घर चुहा धोकेर धान खेतमा पुगेका पराजुलीले रोपाहार महिलालाई धानै देखेछन् । यता गयो महिलाई अँठ्याएको छ उता गयो महिलालाई अँठ्याएको छ । कहिले थुतुुनो स्तनमा घुसारेको छ कहिले के ग¥या छ । हरिको चर्तिकला देखेर दशैभरि जिब्रो नटोक्ने कोही थिएन । हुन त त्यो सबै हर्कत उन्ले गरेकै थिएनन ् । त्यो त सबै घरचुहाको करामत थियो । एकछिन स्थिर भएर सम्हालिन नसक्दा विचराले कृषि मन्तरीबाट हात धुनुपरेको थियो । त्यसैले धान दिवसका दिन दहीचिउरा मात्र खाएको राम्रो । दही चिउरे प्रवृत्तिचाहिँ नराम्रो त्यसै भन्या होइन ।
मुख मन्तरीलाई घर
देशका सातै प्रदेशका मुख मन्त्री साह«ै भाग्यमानी रै’छन् । काम पनि छैन काज पनि छैन खाने बेलामा लाज पनि छैन भनेझै जन्ताले तिरको करबाट धोक्रो मरिउन्जायल खाएका थिए । अब त घर पनि सित्तिमा पाउने रे । त्यो पनि आफ्नो प्रदेशमा नभएर काठमाण्डौमा । खप्रओले आफ्ना मुख मन्त्रीहरुको खुबै ख्याल ग¥या छन् । कहिलेकाहँी काठमाण्डौ जानु प¥यो भने विचराहरुलाई कम्ता टेन्सन हुन्थेन । मुख मन्त्री जस्तो मान्छे जथाभावि बस्नु पनि भएन । इज्जतको ख्याल पनि गर्नै प¥यो । आफ्नै घर भएसी लन्ठै साफ । आफ्नो घर भएसी जता पसारिए पनि भयो । जता् लड्दा पनि भयो । टन्न धोकेर जाँदा पनि भयो, नधोकी जाँदा पनि भयो । कुरा बुझ्छन् हाम्रा खप्रओ वा ।
पूर्व मन्त्रीले उडाइदिए
मधेश आन्देोलनमा सहिद भएकाहरुका परिवारलाई प्रदेश नं. २ सरकारले जीविको पार्जनकालागि एउटा एउटा हलसारो भैसी दिने निर्नय गरेछ । तर भैसीचाहिँ सहिद परिवारले नभएर पूर्व मन्तरी,पूर्व सांसदहरुले चप्काएछन् । मधेश आन्दोलनका बेला सहिद परिवारलाई ५० लाख रुपैया दिन्छौ भनेर मधेशी नेताहरुले उकासेका थिए । पैसा त परै जाओस जाबो एउटा भैसीसमेत पूर्वमन्तरी र पार्टीका नेतादेखि आफन्तको गोठमा पुगेको छ । समाजवादी पार्टीका नेता तथा पूर्व मन्त्री राजलाल यादव, उनका छोरी ज्वाई रमेशकुमार यादवल लगायतले सहिदको नाममा वितरण गरेको भैसी चप्काएका छन् । सहिदको नाममा खानेहरुमा प्रदेशमा मात्र नभएर केन्द्रमा पनि उत्तिकै छन् । रामदेव गौतमले आफ्नो छोरालाई सहिदको कोटामा चीन पढ्न पठाएकै हुन् । कि कसो हौ ?
अन्तेमा
नेप्लिज लाँग्रेसका सभापति स्यालबहादुर अस्तिका दिन काठमाण्डौमा स्याल जस्तै हुइँइँ….हुइँइँ गरेर चिच्याएछन् । हिजो आज उन्को थुतुनोबाट शेरको स्वरै आउँदैन । स्यालको स्वरमात्र अमाउछ रे । प्रचण्डाउले गएर स्यालबहादुरको कानमा के खासखुस गरिदिएका थिए बुढा बुई चढेर धर्धानमन्तरी बन्दा काँग्रेसलाई आर्यघाटे वैधे कहाँ पु¥याए । अब फेरि कम्निष्टकै बुई चढेर पर्धानमन्तरी भए भने काँग्रसलाई चितामै पु¥याउने कुरामा शंकै छैन । देउवाले शनिवाट काँग्रेस नजोगाए अर्को पटक सिला साङलो खोज्नु पर्ने हुन्छ । प्रचण्डाउ र खप्रओको कोप भाजन काँग्रेस बन्दै हुँदैन । नत्र जोरी पारीले पाखुरी फड्कार्लान ।

